भारतका केन्द्रीय मन्त्रीले १०० दिने प्रगति विवरण प्रस्तुत गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार २१:४२:८
![](https://nepalbahas.prixacdn.net/media/albums/india-map_z7fXVqZl0w.jpg)
२२ भदौ , नयाँ दिल्ली । भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी जनताका माझमा गएर केन्द्रीय १७ मन्त्रीले प्रगति विवरण प्रस्तुत गर्ने भएका हुन् ।
उनीहरुले छोटो समयमा गरेका ऐतिहासिक काम र निर्णयहरुलाई पुरस्कृत पनि गरिने अधिकारीहरुले जनाएका छन् । यही सेप्टेम्बर ९ र १० तारिखका दिन भारतका केन्द्रीय मन्त्रीहरुले कार्यभार सम्हालेको सय दिन पुग्न लागेको हो । सय दिन पुगेको दिन सबै मन्त्रीहरुले जम्मु, शिमला, चण्डीगढ, मुम्बई, राँची लगायतका देशका धेरै ठाउँमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।
उनीहरुमध्ये सोमबार सडक यातायात तथा राजमार्ग मन्त्री नीतिन गड्करीले मुम्बईमा पत्रकार सम्मेलन गर्नुहुने भएको छ भने कोलकातामा महिला, बालबालिका विकास मन्त्री स्मृति इरानीले पत्रकार सम्मेलनको आयोजना गर्नुहुने भएको छ । त्यसैगरी अरु १५ जना मन्त्रीले पनि छुट्टा छुट्टै पत्रकार सम्मेलन मार्फत् आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने भएका छन् । सरकारले बनाएको योजना अनुसार मन्त्रीहरु निर्मला सीतारामले चेन्नेइमा, रामविलास पासवानले पटना, रविशंकर प्रसादले अहमदावाद, हरसिम्रत कौर बादलले चण्डीगढ, थवरचन्द गहलोटले रायपुर, अर्जुन मुन्डाले राँचीमा पत्रकार सम्मेलन गर्ने तय भएको छ ।
त्यसैगरी मुख्तर अब्बास नक्वीले अलाहबाद, प्रल्हाद जोशीले गोआ, गजेन्द्र सिंह शेखवातले जयपुर, रमेश पोख्रियाल निशांकले देहरादुन, जितेन्द्र सिंहले जम्मु, राजकुमार सिंहले हैदरावाद, मनसुख एल माण्डव्यले भुवनेश्वर, अनुराग ठाकुरले शिमला र नरेन्द्र सिंह टोमरले ग्वालिअरमा कार्यक्रम आयोजना गर्नुहुने जनाइएको छ ।
उनीहरुले आफ्नो मन्त्रालयले गरेको कामहरुसँगै काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याउनेगरी संविधानको धारा ३७० खारेज गरेका जस्ता राष्ट्रिय सुरक्षा, राष्ट्रियताका विषयमा सरकारका कामहरुको प्रचार गर्ने भएका छन् ।
प्रधानमन्त्री मोदी गत मे २३ तारिखमा सार्वजनिक भएको आम निर्वाचनको नतिजा अनुसार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वा्चित हुनुभएको थियो भने उहाँले मे ३० का दिन सपथग्रहण गर्नुभएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
फागुन ६, २०८१ मंगलबार