घोराही चेम्बरमा बज्राचार्य, १९ सदस्यीय कार्यसमिति गठन
नेपालबहस संवाददाता
भदौ २२, २०७६ आइतबार २१:४९:३७
२२ भदौ, घोराही । हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन भएकाी छिन् । चेम्बरको विधिवत रूपमा सम्पन्न प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो ।
घोराही चेम्बर अफ कमर्शका अध्यक्ष मञ्जु बज्राचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले एशियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भाबना रहेकोले उत्पादनमा वृद्धि लगायत सम्बद्र्धनका लागि अघि बढ्नुपर्ने बताए ।
बरिष्ठ उपाध्यक्ष मल्लले दाङ कृषिको दृष्बिाट अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागि मुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तरदेशिय निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए ।
यहाँ उत्पादित ९० प्रतिशत अण्डा अन्यन्त्र निर्यात हुनु प्रशसनिय रहेको उनले जनाए । उनले अब अण्डाको उत्पादनलाई बढावा दिँदै आयात शुन्य बिन्दुमा झार्न दाङमा कुखुरा फर्ममा अझै बढावा हुनुपर्ने बताए । धार्मिक तथा सांस्कृतिक रुपले निकै आकर्षक रहेको दाङमा धार्मिक पर्यटनको विकास गर्न आवश्यक पूर्वाधार सहित विकाश गर्न सकिने पर्याप्त संभावनालाई व्यवहारीक रुपमा नै उतार्नुपर्ने बताए । साना तथा मझौला उद्योगको विकास, महिला उद्यमी तथा व्यापारीलाई प्राथमिकता दिन घोराही चेम्बर अफ कमर्श दु्रत रुपमा अघि बढ्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष मल्ले जोड दिए ।
दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएकोमा खुसी व्यक्त गर्दै उनले पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाएर जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएकोमा खुसी व्यक्त गर्दै वैदेशिक निर्यातमा दाङका सिमेन्ट एक हुनुपर्नेमा बताए । उनले व्यावसायिक एकता नै चेम्बरको प्राथमिकता रहेको भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयोजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, जनमोर्चाका नगर अध्यक्ष हरि खरेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ओविन्द्रबहादुर महरा, तुलसीपुर चेम्बरका अध्यक्ष टोपबहादुर घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय उपस्थित थिए ।
त्यस्तै, विपी विचार समाजका सचिव रूपलाल बस्नेत, घोराही खानेपानी तथा सरसपरफाई उपभोक्ता संस्थाका उपाध्यक्ष भरत पाण्डे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका उपाध्यक्ष काशीराम केसी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष गुरूप्रसाद कँडेल, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत, घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदिप मज्गैया, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरी, त्रिभुवननगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी, दाङ महिला जेसीजकी अध्यक्ष रेखा शर्मा, लायन्स क्लब घोराही सिटीका अध्यक्ष भरतराज देवकोटा, शीशा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी लगायतको उपस्थिती थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार