निर्यातको दोस्रो नम्बरमा रहेको अलैँची बारीमा रोग पस्यो : किसान निराश, सरकार उदासिन
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १४:३१:१
२४ भदौ, इलाम । कृषिमा क्रान्ती गरेर निर्यात बढाउने सरकारी लक्ष कागजमा त छ तर अलैँचीको पकेट क्षेत्र मानिएको इलाममाका बारीमा लगाइएको अलैँची बालीलाई कसरी जोगाउने र उत्पादन बढाउने भन्ने कुरामा सरकारी पक्ष मौन रहेको देखिन्छ । इलाम जस्तै नेपालमा अलैँची उत्पादनको राम्रो सम्भावना भएको ठाउँहरु धेरै छन् तर त्यसको पहिचान, खोतिपाती, उत्पादन, रोगको उपचार लगायतका कुरामा सरकारी पक्षको ध्यान नपुग्दा किसानहरु चिन्तित छन् ।
इलाममा राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् ।
केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ जात र नयाँ ठाउँमा अलैँची रोपे पनि पुनः रोगले आक्रमण गर्न थालेपछि अब अलैँचीको विकल्पमा के खेती गर्ने भन्ने अन्यौलमा किसान छन् । किसानका अनुसार गत वर्षभन्दा यस वर्ष आधाभन्दा अलैँची कम फलेको छ ।
गत वर्षसम्म राम्रो आम्दानी दिएको अलैँची यस वर्ष ह्वात्तै घटेपछि अलैँचीको लागतसमेत लिन गाह्रो भएको रोङ गाउँपालिकास्थित तम्बाङका किसान गणेश राई बताउँछन् । “जुर्जुरे, फिर्के, डढुवा नामक रोगका कारण अलैँची मर्न थालेको छ”, उहाँले भने, “गत वर्ष १० मन (एक मन बराबर ४० किलो) भएको दुई मन मात्र भयो, साह्रै घटेको छ ।”
उनका अनुसार जुर्जुरेका कारण अलैँचीमा बढी समस्या देखिएको छ । “अलैँचीको फलमै जुर्जुरेले आक्रमण गरेको छ, विशेष गरी अलैँचीको गानोमै आक्रमण गरेपछि एकै वर्षमा सखाप भएको हो”, राईले भने, “अर्को वर्ष त छुरी लगाउने पनि बोट हुँदैन होला ।” मकै र आलु बाली नै मासेर खेतबारीमै ठूलै रकम खर्चेर अलैँची लगाएका किसान मासिएपछि खेतीको विकल्प खोज्न थालेका छन् ।
किसानको एक्लो प्रयास र उचित अलैँचीसम्बन्धी ज्ञानसमेत नभएकाले अलैँचीबाट घाटा ब्यहोर्नुपरेको कृषक गोविन्द पौडेलको भनाइ छ । “सम्बन्धित संस्थाबाट पनि अलैँचीसम्बन्धी प्रशिक्षण नदिनाले र किसानको एक्लो प्रयासले मात्र अलैँची लगाउनु पर्दा मासिने गरेको छ”, उनले भने, “अलैँचीसम्बन्धी उन्नत प्रविधि पनि किसानले नजानेकाले समस्या भोग्नुपरेको हो ।” पौडेलले यस वर्ष अलैँची ह्वात्तै घटेको बताए । गत वर्ष ११ मन अलैँची भएकामा यस वर्ष दुई मन मात्र भएको छ ।
जिल्लाका सबै क्षेत्रमा अलैँचीमा रोग देखा परेको छ । कतिपय ठाउँमा पुरानै जुर्जुरे, स्याङ्लेजस्ता रोगले अलैँची मासिँदै छ भने कतिपय ठाउँमा भने अलैँचीको गानो कुइने समस्याले सताएको छ । अलैँची रोपाइँमा नै समस्या भएकाले राम्रो उत्पादन दिन नसकेको र कम समयमै मासिने गरेको कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । उनका अनुसार पछिल्लो समय बारीमा अलैँची लगाउने गरेको र पानी बढी हुने हुनाले अलैँची मासिने गरेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा अलैँची दोस्रो स्थानमा छ । नेपालबाट वर्षेनी रु. साढे चार अर्बको अलैँची विदेश निर्यात भइरहेको केन्द्रको तथ्याङ्क छ । केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६७७ किलो अलैँची निकासी भएको छ । यसबाट रु चार अर्ब ५० करोड ६३ लाख ४६ हजार आम्दानी भएको छ । कृषि मन्त्रालयका अनुसार देशको १७ हजार दुई हेक्टरमा अलैँचीखेती भइरहेकामा १२ हजार आठ हेक्टरबाट उत्पादन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार