‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन, कुटपिटमा संम्लग्न चार युवा पक्राउ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १५:१३:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/police-logo_zosviI5UvT.jpg)
२४ भदौ, दमौली । इलाका प्रहरी कार्यालय भीमाद र बेलचौताराले ‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन गरेको छ । क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव बेचबिखन, घरेलु हिंसा, लागुऔषधलगायतका विषयमा सचेतना जगाउने उद्देश्यले प्रहरीले सो अभियान सञ्चालन गरेको हो ।
विद्यालय र क्याम्पस तहमा अध्ययनरत विद्यार्थी बढी मात्रामा लागुऔषध दुव्यर्सनीमा फस्न सक्ने भएकाले विद्यालयमै पुगेर सचेतना कक्षा शुरु गरिएको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । भीमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसबाट शुरु गरिएको अभियानअन्तर्गत वडा नं ८ को मङ्गलोदय माध्यमिक विद्यालय, वडा नं १ को सिद्धार्थ माध्यमिक विद्यालय, वडा नं २ को बालविकास माध्यमिक विद्यालय, वडा नं १ को हिमालयन माध्यमिक विद्यालय र वडा नं ५ को दीपक माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रहरी नायब निरीक्षक रेग्मीका अनुसार उक्त अभियानअन्तर्गत विद्यार्थीलाई मानव बेचबिखन, घरेलु हिंसा, लैङ्गिक हिंसा, ट्राफिक सचेतना, लागुऔषध तथा साइबर क्राइमका बारेमा सचेतना प्रदान गरिएको छ । विद्यालय तहका बालबालिकादेखि नै यस प्रकारको सचेतना जगाउन सकिए सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने रेग्मीले जानकारी दिए ।
यसैगरी शुक्लागण्डकी नगरपालिकाका सरस्वती माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, राजपुर माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, खैरेनीटार माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए । प्रहरीले विद्यार्थीलाई महिला तथा बालबालिकामाथि हुने यौनजन्य अपराध, साइबर अपराध, ट्राफिक सचेतना, लागुऔषध दुव्र्यसनी तथा अपराध न्यूनीकरणमा विद्यार्थीको भूमिका लगायतका विषयमा सचेतना प्रदान गर्ने गरेको गिरीले बताए ।
कुटपिटमा संलग्न पक्राउ
साथीलाई बोत्तल प्रहार गरी घाइते बनाएको अभियोगमा इलाका प्रहरी कार्यालय बेलचौताराले चार युवालाई सोमबार पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेस्थित एक होटलमा मनोज कार्कीलाई बियरको बोत्तलले हानी घाइते बनाएको अभियोगमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका वीरबहादुर थापा, सुमन खड्का, सुमित थापा र लोकबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए । आइतबार राति भएको झगडामा टाउको र दाहिने हातमा चोट लागेका कार्कीलाई पोखरामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार