मुस्लिम र हिन्दू समुदायले आज मोहर्रम पर्व मनाउँदै
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १६:४५:१९
२४ भदौ, कपिलबस्तु । मुस्लिम र हिन्दू समुदायले आज सामूहिकरुपमा मोहर्रम पर्व मनाउँदैछन् । मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महीनाको आज १० तारिखका दिन यो पर्व धुमधामका साथ मनाइँदै छ ।मुस्लिमको पर्व भए पनि सदियौँदेखि यहाँका हिन्दूले समेत सँगसँगै मनाउने एकमात्र पर्व नै मोहर्रम भएकाले यो पर्व दुवै सम्प्रदायबीच धार्मिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको अगुवाको बुझाइ छ ।
मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ । धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्ध कायम गर्न हिन्दू समुदायले समेत मोहर्रमका अवसरमा शुभकामना आदानप्रदान गरी मनाउने गरेका हुन् ।
यता मुस्लिम धर्मावलम्बी र हिन्दू धर्मावलम्बीले आज उत्साह साथ मनाउने मोहर्रमका लागि जिल्लामा कागजको मूर्ति तहजियाको बिक्री बढेको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले मनाउने चाड भए पनि पछिल्लो समय हरेक समुदायले घरघरमा ताहजिया राखी चाड मनाउने गरेका छन् । आजभन्दा एक हजार ४५० वर्ष अघि एजिदोनोले गरेको आक्रमणमा परी मारिएका इस्लामिक गुरु हजरते इमामे हुसैनको सम्झनामा तहजिया राखेर यो चाड मनाइने गरेको छ । हुसैनको प्रतीकस्वरुप घरघरमा तहाजियाको पूजा गर्ने चलन रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकापुस्ताको भरमा ‘मारुनी नाच’
कात्तिक २३, २०८१ शुक्रबार
किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण
कात्तिक २३, २०८१ शुक्रबार
भक्तपुरमा तराईको झल्को दिने छठ पर्व सम्पन्न
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
कारागारबाट सुरुङ खनी फरार भएका यादव १२ वर्षपछि पक्राउ
कात्तिक २४, २०८१ शनिबार
अमेरिकी डलर र युरोको भाउ बढ्यो
कात्तिक २४, २०८१ शनिबार
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
कात्तिक २४, २०८१ शनिबार
पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षाको सम्भावना
कात्तिक २४, २०८१ शनिबार
यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्व खेल्ने
कात्तिक २४, २०८१ शनिबार
सरकारलाई थप कमजोर बनाउने कि गतिशील र प्रभावकारी ?
कात्तिक २४, २०८१ शनिबार