सामुदायिक वनको सहयोगमा विद्यालय सञ्चालन
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १७:१८:४९
२४ भदौ, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिका खालाढिकमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई यहाँको एक सामुदायिक वनले सञ्चालन गरेको छ । शिक्षा क्षेत्रलाई अहिले समुदायस्तरबाट निकै महत्वका साथ लिने गरिएको छ । सामुदायिक वनले शिक्षा क्षेत्रमा शिक्षक र भौतिक पूर्वाधारमा लगानी गर्दै आएको छ ।
फुर्केसल्ला सामुदायिक वनले पाँच जना शिक्षकको तलबमा सहयोग गरेको छ । सामुदायिक वनले शिक्षकलाई तलब सहयोग गरेपछि विद्यालय सञ्चालन गर्न ठूलो सहयोग भएको विद्यालयका प्रधानाध्यापक वासुदेव यादवले बताए । सामुदायिक वनले मासिक रु ८५ हजार शिक्षकको तलबमा सहयोग गरेको छ, जसमा रु १५ हजार तलबमा तीन शिक्षक र रु २० हजार तलबमा अन्य दुई शिक्षकलाई सहयोग पाइएको उनले जानकारी दिए ।
प्रावि दरबन्दी रहेको सो विद्यालयमा प्रावि शिक्षक चार र एक जना राहत दरबन्दी छ । शिक्षा विकास समन्वय एकाइले भने एक जना माध्यमिक शिक्षक सहयोग गरेको र अन्य शिक्षकको सामुदायिक वन उपभोक्ता समितिले सहयोग गरेको विद्यालयले जनाएको छ । सामुदायिक वनउपभोक्ता समितिका अध्यक्ष पूर्णसिंह बोहराले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकताका साथ लगानी गरिएको बताए । उनले सामुदायिक वनले शिक्षामा गरेको लगानीले गाउँमै माध्यमिक विद्यालय सञ्चालन भएर सजिलो भएको बताए ।
फुकेसल्लाबाहेक जुम्लाका धेरै सामुदायिक वनले शिक्षा क्षेत्रमा लगानी गर्दै आएका छन् । यहाँको गाडापानी सामुदायिक वनले रु ७० हजार बराबरको काठ विद्यालयमा निःशुल्क भवन बनाउन सहयोग गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष गोकर्ण चौलागाईंले जानकारी दिएका छन् । उनका अनुसार यहाँका सामुुदायिक वनले प्रायगरी शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएका छन् ।
आम्दानी बढ्दो
यहाँका केही सामुदायिक वनको आम्दानी भने बढिरहेको छ । जिल्लाका २०१ सामुदायिक वन उपभोक्ता समितिमध्ये चार वटा सामुदायिक वनको आम्दानी निकै राम्रो भएको अध्यक्ष चौलागाईंले जानकारी दिए । उनका अनुसार यहाँका चार वटा वन फुर्केसल्ला, तल्फी पातारासी, लम्तेलीे, बागजाले र भलेनी सामुदायिक वनले वार्षिक रु पाँचदेखि रु २५ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार