हिन्दूत्वको मुद्धामा नेकपाको राेइलो
इन्द्र रिजाल
भदौ २४, २०७६ मंगलबार २०:०:५९
२४ भदौ, काठमाडौं । धर्म निरपेक्षताको विषयले अहिले देशमा नयाँ उफान खडा गरिदिएको छ । देशको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस भित्र उठेको यो मुद्धाले राष्ट्रिय राजनीति तरंगित बन्न थालेको छ । यसले सबैभन्दा बढी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतालाई पोलेको छ ।
नेपाली कांग्रेसले यो विषयमा औपचारिक रुपमै छलफल थाल्ने अवस्था आयो भने मुलुकी राजनीतिले नयाँ कोर्ष लिने निश्चित छ । धर्म निरपेक्षताका नाममा कम्युनिष्ट सत्ताधारीले गैरहिन्दूहरुलाई बढी महत्व दिएको अवस्था छ । यसबाट अधिकांश नेपालीको मन भाँच्चिएको छ । विभिन्न राजनीतिक दलका केही शीर्ष भनिएका नेताको लहड र सनकका भरमा बिनाआधार संविधानमा घोषणा गरिएको धर्मनिरपेक्षताको विषय अब भने बहसको विषय बन्न थालेको छ । कांग्रेसले यसको औपचारिक सुरुआत ग¥यो भने यो मुद्धाले राष्ट्रिय अन्तराष्ट्रिय चर्चा पाउने छ । साथै नेपालको राजनीति नै यही मुद्धाको वरिपरि घुम्ने अवस्था छ ।
जनताको विश्वास आफूहरुप्रति कमजोर हुन थालेको ओलीलाई थाहा छ । त्यसैले जनतामा नयाँ खाले मुद्धाले जागरण ल्यायो भने आफ्नो सरकार नै धरापमा पर्ने ठहर उनको हुनसक्छ । जनताबाट अनुमोदन नगराई बलात् लादिएको धर्मनिरपेक्षता ईशाइकरण गर्ने माध्यमका रुपमा आएको वा ल्याइएको हो ।
दुई तिहाई समर्थन प्राप्त खड्गप्रसाद ओली सरकार कतै कांग्रेसले यो मुद्धाको अगुवाई ग¥यो भने आगामी निर्वाचनमा पत्तासाफ हुने बुझाईमा छ । धर्मनिरपेक्षताको विषय नेपालीजनको आत्माले स्वीकार्न सकेको छैन । त्यसैले यसबाट अन्यत्रै ध्यान मोड्न अनेक तर्क-कुतर्क गर्न थालिएको छ ।
नेकपाका नेताहरु भन्न थालेका छन् :– कांग्रेसमा यो मुद्धाले प्रवेश पायो भने देशमा प्रतिगमन हुने निश्चित छ । राजतन्त्रको भूत पनि यही मुद्धासँगै जाग्ने लंगडो तर्क उसको देखिन्छ । जनताको विश्वास आफूहरुप्रति कमजोर हुन थालेको ओलीलाई थाहा छ । त्यसैले जनतामा नयाँ खाले मुद्धाले जागरण ल्यायो भने आफ्नो सरकार नै धरापमा पर्ने ठहर उनको हुनसक्छ । जनताबाट अनुमोदन नगराई बलात् लादिएको धर्मनिरपेक्षता ईशाइकरण गर्ने माध्यमका रुपमा आएको वा ल्याइएको हो ।
त्यसको अगुवाई स्वयं प्रधानमन्त्री ओलीले गरेका छन् । होलीवाइन प्रकरणबाट नेपाली जनताले ओलीको सक्कली अनुहार देखेका छन् । पार्टीका अधिकांश नेताले सार्वजनिक रुपमा नै ओलीको हर्कत र होटलबासको चर्को आलोचना गरेका थिए । सोही प्रकरणका कारण नेकपा भित्र उत्पन्न तनाव केही समयका लागि बाहिर नदेखिए पनि भुसको आगो झैं सल्किरहेको छ । त्यसैले कांग्रेसले यो मुद्धामा राष्ट्रिय बहस चलायो भने उनको सत्ता धरापमा पर्ने नै हो ।
हिन्दूहरुमाथिको थिचोमिचो अत्यधिक भएपछि आजको अवस्था आउनु नै थियो । त्यसका लागि नेपाली जनता एउटा भरपर्दाे शक्तिको आड खोजिरहेका छन् । त्यही आड अहिले नेपाली कांग्रेस बन्ने तरखर गर्दै छ । नेपाली कांग्रेसले मात्रै यो मुद्धालाई तार्किक निष्किर्षमा पु¥याउन सक्छ ।
८१ प्रतिशत हिन्दू धर्म मान्ने जनताको भावना अहिले कुण्ठित छ । हिन्दू धर्मप्रति आस्थावान नेपाली अहिले सबैभन्दा उत्पीडित र प्रताडित छन् । ओमकार परिवारसमेत जोड्ने हो भने नेपालमा ९० प्रतिशत जनता सनातनी छन् । तिनको चाडपर्व र संस्कृति आज ओझेलमा छ । बरु गैर हिन्दू त्यसमा पनि ईशाइहरुका लागि भने यो भूमि सबैभन्दा उर्वर बनेको छ । स्वयं कार्यकारी प्रमुख नै त्यसको नेतृत्वकर्ता भएपछि देशले यो अवस्था भोग्नु स्वभाविक थियो । ९० प्रतिशत ओमकार परिवार भित्रको मत लिएर सत्तामा आसिन कार्यकारी प्रमुखले बिरामी शरीर लिएर होटलमा नै बास बसेर ईशाइकरणको बीज होलीवाईन घुटुक्क पारेपछि उनी बिरुद्ध नागरिक स्तरबाट नै विरोध सुनिएको छ ।
तर सबै कुराको एउटा हद हुन्छ नै । सगरमाथा चढिसकेपछि थप उँचाईमा जाने कुरा हुँदैन । निश्चित रुपमा तल झर्नै पर्छ । अहिले ठीक त्यही अवस्था छ नेपालमा । हिन्दूहरुमाथिको थिचोमिचो अत्यधिक भएपछि आजको अवस्था आउनु नै थियो । त्यसका लागि नेपाली जनता एउटा भरपर्दाे शक्तिको आड खोजिरहेका छन् । त्यही आड अहिले नेपाली कांग्रेस बन्ने तरखर गर्दै छ । नेपाली कांग्रेसले मात्रै यो मुद्धालाई तार्किक निष्किर्षमा पु¥याउन सक्छ ।
कांग्रेसले यो मुद्धाको नेतृत्व ग¥यो भने नयाँ राजनीतिक ध्रुवीकरण हुने र राजतन्त्रसमेत बहसको केन्द्रमा आउनसक्ने उसको बुझाइ छ । त्यसैले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेला–बेला देश प्रतिगमतर्फ अग्रसर हुन लागेको रोइलो गर्ने गर्छन् ।
गत पुस महिनामा सम्पन्न महासमिति बैठकले यो मुद्धामा ठोस कदम चाल्न नेतृत्वलाई घच्घच्याइ दिएको छ । महासमितिका आधा भन्दा बढी सदस्यले धर्म निरपेक्षताबारे पार्टीले पुनर्विचार गर्नुपर्ने भन्दै हस्ताक्षर नै गरिएको छ । यही गतिमा यो अभियान अघि बढ्यो भने आगामी चौधाैं महाधिवेशमा यो मुद्धाले औपचारिक रुपमै प्रवेश पाउने छ र देश एउटा नयाँ दिशामा प्रवेश गर्ने छ । यद्यपि यो मुद्धा कमल थापा नेतृत्वको राप्रपाले लामो समयदेखि उठाउँदै आएको छ । तर जनतामा राप्रपाप्रति विश्वास र भरोशा देखिएन । त्यसैले कांग्रेस भित्र यो विषयले अनौपचारिक रुपमै प्रवेश पायाे भने भन्ने त्रासले सत्तासिनहरुको सातो उडेको हो ।
कांग्रेसले यो मुद्धाको नेतृत्व ग¥यो भने नयाँ राजनीतिक ध्रुवीकरण हुने र राजतन्त्रसमेत बहसको केन्द्रमा आउनसक्ने उसको बुझाइ छ । त्यसैले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेला–बेला देश प्रतिगमतर्फ अग्रसर हुन लागेको रोइलो गर्ने गर्छन् ।
अहिले सत्तामा रजगज गरिरहेका कम्रेडहरु कांग्रेसको राजनीतिक अजेण्डा नभएकाले धर्म निरपेक्षताको विषय ल्याउन खोजेको आरोप लगाउँछन् । निश्चय नै ९० प्रतिशत जनताको आस्थाको मुद्धामा कम्युनिष्ट सरकार संवेदनशिल देखिएन, त्यसैले यो मुद्धामा कुनै न कुनै शक्तिले आवाज उठाउनै पर्ने थियो । त्यसको अगुवाई कांग्रेसले गर्नु पथ्र्याे, गर्नुपर्छ ।
वास्तवमा हिन्दू धर्म र राजतन्त्र आफैंमा अलग विषय र मुद्धा हुन् । धर्मसँगै राजतन्त्रको मुद्धाले प्रवेश पाउने भन्ने नेकपा निकट नेताको बुझाई एकांकी र जडसूत्रवादी छ । नेपाली जनताको रोजाई गणतन्त्र नेपाल हो । तर त्यसभित्र राजतन्त्रको भूत देख्छन् कम्रेडहरु । २०६२/६३ को जनआन्दोलनमा नेपाली जनताले सडकमै गणतन्त्र मागेको हो । धर्म निरपेक्षताको विषय नेपाली जनताको रुची र प्राथमिकतामा कहिल्यै थिएन र छैन ।
नेताहरुको व्यक्तिगत स्वार्थका लागि धर्म निरपेक्षता र संघीयतालाई संविधानमा जबर्जस्ती घुसाइएको हो । त्यसैले यो मुद्धा धेरैको चासोमा परेको हो । अहिले सत्तामा रजगज गरिरहेका कम्रेडहरु कांग्रेसको राजनीतिक अजेण्डा नभएकाले धर्म निरपेक्षताको विषय ल्याउन खोजेको आरोप लगाउँछन् । निश्चय नै ९० प्रतिशत जनताको आस्थाको मुद्धामा कम्युनिष्ट सरकार संवेदनशिल देखिएन, त्यसैले यो मुद्धामा कुनै न कुनै शक्तिले आवाज उठाउनै पर्ने थियो । त्यसको अगुवाई कांग्रेसले गर्नु पथ्र्याे, गर्नुपर्छ ।
छिमेकी भारतमा भारतीय जनता पार्टीको दोस्रो कार्यकालको सरकार बनेकाले कांग्रेस हौसिएर यो मुद्धामा प्रवेश गर्न खोजेको बुझाइ कतिपय कम्रेडमा रहेको छ । तर नेपाली कांग्रेस भित्र यो मुद्धा विगत देखिनै चलिराखेकाे छ । गत पुस महिनामा नै महासमिति वैठकबाट प्रवेश भइसकेको र तात्विक निष्कर्षमा पुग्न मात्र बाँकी रहेको यथार्थ नबुझ्नेहरुका लागि नयाँ लाग्ला । यति मात्र होइन, नेकपाका केही नेताको तर्क कांग्रेसमा फेरि पनि शेरबहादुर देउवा नै नेतृत्वमा आउने अवस्था भएकाले यो मुद्धा उठाइएको भन्ने पनि छ । कांग्रेसको आन्तरिक राजनीतिमा खेल्ने उद्देश्यले यस्ता फितलो तर्क गरिएको हुनसक्छ ।
तर धर्म निरपेक्षताको विषय अहिले मात्र उठेको पक्कै होइन । विगतदेखि नै महामन्त्री डा. शशांक कोइरालाले यो मुद्धा उठाउँदै आएका हुन् । साथै समय अनुसार राजनीतिक दल पनि चलेनन् भने असान्दर्भिक हुने निश्चित छ । अहिले मुलुकले हिन्दूत्वको रक्षाकवच खोजेको छ । त्यसका लागि नेपाली कांग्रेस उपयुक्त शक्ति हो भन्ने जनभावनाको कदर गर्न सक्नुपर्छ । त्यसैले दुई तिहाईको शक्तिका साथ सत्तामा आएको नेकपा र यसका नेताहरुले यस्तो रुञ्चे तर्क गर्नु भन्दा जनभावनाको कदर हुने गरी काम गर्दा राम्रो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार