बीपी कोइरालाको उत्तराधिकारी को हो ?
इन्द्र रिजाल
भदौ २४, २०७६ बुधबार ०:११:३९
सुशील प्रधानमन्त्री हुँदा ‘संसारको सबभन्दा गरिब प्रधानमन्त्री’ को रेकर्ड नै राखेका थिए
नेपाली कांग्रेसको राजनीतिमा बीपी कोइरालाको बंश र अंशको पहिचान बोकेर अगाडि आएका तीन पात्र हुन्–डा. शशांक, डा. शेखर र सुजाता कोइराला । यिनीहरू आफूभित्रको बेमेल र मनोमालिन्य छोपेर बेलाबखत भेट गर्छन्, सामुहिक तस्बीर खिचाउँछन् र संयुक्त वक्तब्य पनि जारी गर्छन् । कांग्रेसको नेतृत्व हाम्रो परिवारमा फर्काउनुपर्छ भन्ने सवालमा बीपीपुत्र शशांक, गिरिजापुत्री सुजाता र नोनापुत्र डा. डा. शेखर एकमत देखिन्छन् । तर नेतृत्व कोइराला परिवारभित्र आउने अवस्थामा त्यो पाउन यिनीहरू आपसमा लड्न पनि पछि हट्दैनन् ।
पछिल्लो कालखण्डमा गिरिजाप्रसाद कोईराला र सुशील कोइराला बितेपनि संयोग र घटनावश कोइराला थरधारी कांग्रेसीहरू धेरै नै छन्— अशोक कोइराला, डा. शशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला, प्रकाश कोइराला, प्रकाश पुत्र सिद्धार्थ इत्यादि । सिद्धार्थ कोइराला मनिषा कोईरालाका भाई हुन् । बामपन्थी राजनीतिमा लागेका कमल कोइराला पनि बीपीकै भतिजा भएको हुनाले उनलाई पनि बीपी कोइरालाका उत्तराधिकारीको उम्मेदवार मान्न सकिएला । तर गुण, चरित्र, वैचारिक उच्चता, सांस्कृतिक तह आदि सबै विचार गर्दा फेरि पनि यो प्रश्न अनुत्तरित भएर घुम्छ— बीपीको उत्तराधिकारी भन्न सुहाउने त्यस्तो कुन कोइराला राजनीतिज्ञ हुन् जसमाथि लोकतान्त्रिक आन्दोलनका लागि आशा–अपेक्षा गर्न सकियोस् ।
बिराटनगरको कोइराला निवासको जग्गा बेचेर आनन्द लिईरहेका छन् बीपीको नाम भँजाएर राजनीति गर्ने कोइरालाहरू । बीपी यी कोइरालालाई हेर्दै भन्नुहुन्थ्यो, “यी फाइब स्टार भए । राजनीतिमा यिनीहरूको काम छैन ।”
मातृका, गिरिजा, नोना पनि अहिले यो संसारमा छैनन् । बीपीकी भाईबुहारी नोना कोइरालालाई एकपटक यही प्रश्न राख्दा उनले भनेकी थिइन्, “हामीले बीपीलाई मायामात्र ग¥यौँ, उहाँले छोडेर जानुभएका देनलाई हिफाजत गर्न सकेनौँ, न त उहाँको उत्तराधिकारीका रुपमा पत्याउने व्यक्तित्व नै तयार पार्न सक्यौँ । गिरिजाबाबुले गर्दै हुनुहुन्छ । त्यसपछि के हुने को हुने केही थाहा छैन मलाई त……।”
प्रकाश कोइराला बीपीको छोरा हुन् । उनले राजनीति गर्लान् र बीपीको बिँडो थाम्लान् भन्ने एकताका मानिसहरूलाई लागेको थियो । तर प्रकाशप्रति मानिसहरू त्यो बेला नराम्रोसँग झस्के, जुनबेला २०४६ सालको जनआन्दोलनको तयारी चलिरहेको थियो । बीपी पुत्र प्रकाश भने बाबुको मेलमिलाप नीतिको अपब्याख्या गर्दै ‘किङ्सँग रिकन्सिलिएसन गर्ने भनेर बीपीले भन्नुभएको हुनाले पञ्चायतबिरुद्धको अहिलेको आन्दोलन पनि किङ्को बिरूद्धमा छ’ भन्दै तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले उपलब्ध गराएको रातो रंगको सरकारी गाडी चढेर हिँड्ने गरेका थिए ।
त्यो बेला उनका कान्छा भाई डा. शशांक भन्ने गर्थे ‘प्रकाश नाताले दाजु हुन्, त्यो बाहेक उनीसँग हाम्रो कुनै कुरा मिल्दैन । हामी उनलाई विश्वास गर्दैनौँ ।’ एकताका गिरिजापुत्री सुजाता राजदरबारको घनिष्ठ हुन दरबारको जंगलमा बाटो देखाइदिने गाइड मानेर प्रकाशको खुब खातिरदारी गर्थिन् ।
शैलजाको मृत्यु पनि रहस्यमय भएको लाग्दैछ । दिल्लीका डाक्टरले गलत औषधि दिएको कुरा बैंककका डाक्टरहरूले भनेपछि सबै स्तब्ध र रुष्ट भएका थिए । उनी पनि बीपीकी उत्तराधिकारी हुनबाट पाखा लगाइएकी थिइन् । सुजातालाई अगाडि बढाउँदा कोइराला परिवारका अरुले ठूलो मूल्य चुकाउनु प¥यो । बीपीको आचरणको अंश बोक्ने अलिकति पनि स्वभाव सुजातामा हुँदो हो त कुनै विवाद थिएन, तर……।
प्रकाशले बीपीको छोरा भएर त्यसबेला फेरि झस्काए, जुनबेला (२०६१ माघ १९ पछिको अवस्थामा) राजाको प्रत्यक्ष शासनमा उनी वातावरण,विज्ञान तथा प्रविधि मन्त्री हुन पुगे । त्यसकारण उनी पार्टीको केन्द्रीय कार्य समितिबाट निष्काशित हुनुप¥यो । उनी राष्ट्रिय मेलमिलापको अपब्याख्या गरेर फेरि कांग्रेसले लिएको लाइनबिरूद्ध लागे । ‘राष्ट्रवादी कांग्रेस’ स्थापना गरेर राजाले गराएको स्थानीय निकायको निर्वाचनमा आफ्नो पार्टीका मान्छेलाई जिताउन हिन्दी सिनेमाकी नायिका छोरी मनीषा कोइरालालाई पनि चुनाबमा हिँडाए, तर हात लाग्यो शून्य ।
बिराटनगरको कोइराला निवासको जग्गा बेचेर आनन्द लिईरहेका छन् बीपीको नाम भँजाएर राजनीति गर्ने कोइरालाहरू । बीपी यी कोइरालालाई हेर्दै भन्नुहुन्थ्यो, “यी फाइब स्टार भए । राजनीतिमा यिनीहरूको काम छैन ।” जननायक बीपी कोइराला, गिरिजाप्रसाद आदि र पार्टीका पूर्वसभापति सुशील कोइरालाका आमाहरू दिदी र बैनी हुन्, बीपीकी आमा दिब्या जेठी, सुशीलकी आमा कुमुदिनीदेवी साहिँली । तर गिरिजा–सुशीलले बीपीको व्यक्तित्वको छेउटुप्पो कुनै भेउ पाउन सकेनन्, न त उनले बीपीका विचारको एक शतांस भाग नै ग्रहण गर्न सके ।
गिरिजाप्रसाद वा सुशील हुन् वा बीपीपुत्रहरू प्रकाश वा शशांक, कसैले पनि बीपीका विचारहरू आफ्ना अभिव्यक्तिमा मिलाएर बोल्न सकेको पाइन्न । न त उनीहरू बीपीको सान्निध्यका रोचक र सान्दर्भिक विषय प्रस्तुत गर्न नै सक्छन् । बीपीले छोडेका कतिपय पाण्डुलिपीहरू कोइरालाले नै हराइदिए । बीपीको एउटा गहकिलो डायरी कोइराला निवासबाटै गायब भयो ।
“तिम्रो सानोबुबा हाम्रो घरमा बस्ने, तिमीलाई पाखा पारेर सुजातालाई अगाडि बढाउने, खोई त नैतिकता ? के कोइराला परिवारभित्र आपसमा इमानदारी र नैतिकता नै चाहिँदैन ?” यस्ता कुराले तोड परेका शशांक बढी रक्सी सेवन गरेर लिभर खराब भएपछि बैंककमा महिनौँसम्म उपचार गराउनु परेको थियो ।
विचरा सुशील मान्छे त इमानदार थिए । उनी प्रधानमन्त्री हुँदा “संसारको सबभन्दा गरिब प्रधानमन्त्री”को रेकर्ड नै राखे तर निर्णायक क्षमतामा इन्तु न चिन्तुका थिए । बीपी सुन्दरीजल जेलमा बन्दी हुँदा सुशील काठमाडौंमा जागिर खोज्दै थिए भन्ने कुरा बीपीले आफ्नो ‘जेल जर्नल’ मै लेख्नुभएको छ, “…..सुशील कुनै सर्भिसको निम्ति कोशिश गर्दैछन्, यदि उनले भनेजस्तो पाए भने सुशीलालाई काठमाडौं बस्न सजिलो पर्छ । एम्बेसीतिर जागिर खोजेको छ रे । इन्टरभ्यु पनि सब भैसक्यो । उनलाई परिचयपत्र recommendation (सिफारिस पत्र) दिनेमध्ये कुमारमणि (आचार्य दीक्षित, बीपी प्रम हुँदाका पीए) र रमेशनाथ पाण्डे) भएछन्……” (जेल जर्नल, २०६६ को संस्करण पृ. १९१) । कांग्रेसको केन्द्रीय सदस्य नबनाएको झोँक बोकेका गोविन्दराज जोशीले यो कुरालाई पत्रपत्रिकामा प्रपोगण्डाको मसाला बनाए भनेर सुशील काठमाडौं एयरपोर्टमा जोशीसँग निकै जंगिएछन् ।
गिरिजाप्रसाद कोइरालाले बीपी पुत्रहरूलाई राजनीतिबाट अलिकति पाखा लगाएर छोरी सुजातालाई काखा राख्ने हुँदा शशांक पनि ओझेलमा परेका थिए । त्यही तोडले उनी बढी मदिरामग्न भइदिए । अर्कातिर थाइल्याण्ड माइती भएकी डा. सुपात्राले पनि शशांकलाई रातदिन गिजोल्न थालिन्, “तिम्रो सानोबुबा हाम्रो घरमा बस्ने, तिमीलाई पाखा पारेर सुजातालाई अगाडि बढाउने, खोई त नैतिकता ? के कोइराला परिवारभित्र आपसमा इमानदारी र नैतिकता नै चाहिँदैन ?” यस्ता कुराले तोड परेका शशांक बढी रक्सी सेवन गरेर लिभर खराब भएपछि बैंककमा महिनौँसम्म उपचार गराउनु परेको थियो ।
नोना कोइरालाका छोरा डा. शेखरलाई पाखा लगाएर गिरिजाप्रसादले सुजातालाई अगाडि बढाउने हुँदा त्यही पीरले शक परेर नोनाको अपर्भmट प्राण गयो । २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सदस्यमा शेखरलाई पन्छाएर सुजातालाई लिएपछि त्यो अवस्था आयो ।
शैलजाको मृत्यु पनि रहस्यमय भएको लाग्दैछ । दिल्लीका डाक्टरले गलत औषधि दिएको कुरा बैंककका डाक्टरहरूले भनेपछि सबै स्तब्ध र रुष्ट भएका थिए । उनी पनि बीपीकी उत्तराधिकारी हुनबाट पाखा लगाइएकी थिइन् । सुजातालाई अगाडि बढाउँदा कोइराला परिवारका अरुले ठूलो मूल्य चुकाउनु प¥यो । बीपीको आचरणको अंश बोक्ने अलिकति पनि स्वभाव सुजातामा हुँदो हो त कुनै विवाद थिएन, तर……।
डा. शेखरले केही गर्छन् कि भन्ने झिनो आशा त हो, तर अहिले उनी अरूभन्दा अझ पाखा पारिएका छन् । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसको मूल मान्यता शक्ति पृथकीकरणको सिद्धान्तमा खलल पुग्छ भन्ने उनको विचार कतिपय कोइरालालाई मन परेको छैन होला । जे होस्, एकताका बीपी पुत्र शशांकले प्रेस अन्तर्वार्ता दिँदै भनेका थिए, ‘आजकाल त कोइराला परिवारको सदस्य हूँ भन्न पनि लाजलाग्दो भइसक्यो…….।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार