यिनै हुन् ओली सरकारका ३० गलत क्रियाकलाप

नेपालबहस संवाददाता
भदौ २५, २०७६ बिहिबार ४:५९:४५

२५ भदाै, काठमाडाैं । १. प्रधानमन्त्रीको मातहतमा तानिएका विभागहरू— राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, उच्च अदालत र जिल्ला अदालतका सरकारी वकिलहरूलाई महान्यायाधिवक्ताको कार्यालयबाट कार्य सम्पादन हुन्छ । यसले राज्यको नियन्त्रण र सन्तुलनको व्यवस्था खल्बलिँदै छ । प्रधानमन्त्रीलाई जङ्गबहादुर हुने इच्छा लाग्ला, तर संविधानले कसैलाई पनि निरंकुश हुन दिँदैन । निरंकुशताको लामो र कठोर अनुभवले गर्दा यो वर्तमान संविधान ल्याइएको हो ।
२. संविधानमै व्यवस्था भएको प्रतिनिधिसभाका सभामुख र उपसभामुख एउटै पार्टीबाट हुन नहुने संवैधानिक प्रावधानलाई मिचेको ।
३. गएको आर्थिक वर्ष (०७५/७६) मा लक्ष्यभन्दा धेरैै कम राजश्व उठाएको, वर्तमान सरकारप्रति व्यवसायी र आमनागरिकले अविश्वास जताएको रुपमा देखियो ।
४. चिकित्सा शिक्षामा सुधारको माग राखी १६ पटकसम्म सत्याग्रह गरेका डा. गोविन्द के.सीका साथ सरकारले गरेको सहमतिअनुरुप विधेयक नल्याई मेडिकल माफियाको हित र स्वार्थ रक्षा हुने किसिमले विधेयक तर्जुमा गरेको । केदारभक्त माथेमा समितिले दिएको प्रतिवेदन र सुझावलाई लत्याएको ।
५. कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरेका अपराधी पत्ता लगाई निजलाई आजसम्म पक्राउ नगरेको ।
६. प्रदेश र स्थानीय तहमा शक्ति विकेन्द्रीकरण गर्ने प्रक्रिया चलाउनुको सट्टा शक्ति केन्द्रीकरण गर्न खोजेको । प्रादेशिक सरकारको बजेट प्रदेश–सरकारले नै बनाउने स्वायत्ततामाथि आँच पु¥याउने किसिमले केन्द्रीय सरकारको अर्थमन्त्रालयबाट अधिकारी खटाएर बजेट तर्जुमामा केन्द्रको हस्तक्षेप गरेको ।
७. व्यक्तिलाई पदको भाग पुर्याउनकै लागि मन्त्रालय फुटाउने काम भएको छ । कृषि, भूमि व्यवस्थापन तथा सुधार मन्त्रालयलाई पूmटाएर भूमि व्यवस्थापन छुट्टै मन्त्रालय बनाएर २१ पु¥याउन लागिएको छ । ओलीजी यसअघि प्र.म. हुँदा शहरी विकास मन्त्रालय फुटाएर खानेपानी तथा सरसफाई मन्त्रालय र कृषि मन्त्रालय फुटाएर पशुपंक्षी मन्त्रालय बनाइयो । माधव नेपालका पालामा जलस्रोत मन्त्रालय फुटाएर ऊर्जा र सिंचाई मन्त्रालयहरू बनाइयो ।
८. प्रधानमन्त्री केपी ओली देशबाहिर गएका बेला कुनै मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री नतोकेको, उल्टै सिंगापुरमा बसेर सिंहदरबार हाँक्ने धृष्टता देखाउँदै प्रम ओलीले उतैबाट गैरकानुनी रुपमा क्याबिनेट मिटिंग चलाएर देशको सार्वभौमसत्ता र लोकतन्त्रका काईदा कानुनलाई ठाडै मिचेको । उल्टै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले क्याबिनेट बैठक भएकै होइन भनी संसदलाई ढाँटेको ।
९. प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा बेल्चाले मकै गोड्ने, गाई धपाउने, मालीले गोडीसकेको फूलबारी गोडीटोपलेको जस्ता काम देखाएर राज्यको ढुकुटीबाट साढेदुई अर्ब रुपैयाँ हजम गरेको ।
१०. मेलम्ची खानेपानी आयोजनाको काम ९५ प्रतिशत सम्पन्न भईसकेको अवस्थामा इटलियन ठेकेदारसँग करोडौँ रकम मागेर भड्काई पठाएर मेलम्ची आयोजनामा अनिश्चितता लादेको ।
११. नेपाल वायुसेवा निगमका लागि किनिएका एक जोडा वाईडबडी एयरबस जेटमा रू. ४ अर्ब ३५ करोड ५६ लाख घोटालालाई कारवाही अघि बढाउन नचाहेको ।
१२. बुढीगण्डकी आयोजनाको निर्माण ठेक्का बिना प्रतिष्पर्धा चिनियाँ कम्पनीलाई दिएको ।
१३. प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयलाई सञ्चार ब्यवस्थाको अत्याधुनिकीकरण गर्ने नाममा १२ अर्ब रुपैयाँ हिनामिना गरेको ।
१४. मिडिया काउन्सिल,मानवअधिकार आयोग, सामाजिक सञ्जाल नियमनको नाममा लोकतान्त्रिक स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयक ल्याएको ।
१५. २०६१ सालमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गर्न थालेपछि दरबारको खर्च रु २२ करोडबाट बढाएर ६५ करोड पु¥याएको नियत बिर्साउँदै राष्ट्रिय बजेटको १५ प्रतिशतभन्दा बढी प्रम कार्यालयतर्फ १ अर्ब ४५ करोड माथि एकत्रित गरेको ।
१६. ‘ट्याक्स हेभेन’ (सम्पत्तीको आयस्रोत देखाउन नपर्ने) मुलकका रुपमा चिनिएका देशबाट सन्देहास्पद रुपमा भित्रिएको र स्वीस बैंकमा रहेको बचत रकमबारे पटकपटक सार्वजनिक रुपमा कुरा उठ्दा पनि छानविन गर्न वास्ता नगरेको ।
१७. ३३ किलो सूनको छानविनलाई बीचैमा “सून कहाँ छ अत्तोपत्तो छैन, केको छानविन गरिराख्या” भन्दै छानविन रोकाउने र कारवाही तुहाउने नियत देखाएको ।
१८. ने.क.पा.का सम्पूर्ण केन्द्रीय निकाय (केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी) का बैठकहरू प्र.म.को सरकारी निवासमै हुनेगरेका छन् ।
१९. मन्त्री, सचिव र मातहतका कर्मचारीबीच कार्यसम्पादन सम्झौता चलाएर अर्कातिर सचिव, सहसचिव र अन्य कर्मचारीहरुलाई छिटोछिटो सरुवा गरी कर्मचारी संयन्त्रभित्र अस्थिरता उत्पन्न गरेको ।
२०. सरकारी मातहतको दूरसञ्चार संस्थानका इन्टरनेट लगायतका सेवाहरूमा १३ प्रतिशत महसुल बृद्धि गरिएको छ । फेसबुक, ट्विटर सञ्चालनकर्तासँग सञ्चालनकर्ता नेपालीको विवरण माग र नियन्त्रणको प्रयास ।
२१. बजारमा कृत्रिम रुपले महँगी १५ देखि ४० प्रतिशतसम्म बढेको छ । बजेट प्रस्तुत गरेको भोलीपल्टैदेखि मूल्यबृद्धि भएकोप्रति बेवास्ता ।
२२. राज्यकोषबाट आर्थिक सहायता बाँड्ने काम अनियन्त्रित गतिमा भइरहेको छ । अहिलेसम्म अर्बौँ रुपैयाँ बाँडेको पाइएको छ । भित्री वा अपारदर्शी तरिकाले अरु धेरै रकम बाँडिएको हुनसक्छ ।
२३. मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक संसदमा पेश गर्न ढिलासुस्ती र उदासिनता अपनाएको ।
२४. माइतीघर मण्डला, बानेश्वर लगायत देशका धेरै सार्वजनिक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको ।
२५. क्यानाडामा भएको अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनमा सहभागी हुन जाँदा एयरपोर्ट पुगेर बोर्डिङ् पास लिईसकेका संस्कृत विश्वविद्यालयका उपकूलपति कुलप्रसाद कोइरालालाई अपहरणको शैलीमा ल्याएर प्लेन छुटाइदिने नियतले प्रमको सरकारी निवासमा बन्दी बनाएको । वीर अस्पतालका एक डाक्टरलाई जबरजस्ती गृह मन्त्रालयमा बोलाएर सशस्त्र द्वन्द्वका घाइते र अपाङ्गहरू भनी प्रमाणित गरिदिन दबाब दिएको ।
२६. त्रिभुवन विश्वविद्यालयको सिनेटमा एक प्राध्यापकको विदा स्वीकृतिबारे आपूmलाई मन नपरेको एजेन्डा भएको थाहा पाएर अन्तिम क्षणमा बिमारीको बहाना बनाई त्रिविका कुलपति रहेका प्रधानमन्त्री ओली अनुपस्थित भएको ।
२७. जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द के.सी.लाई जबरजस्ती काठमाडौँ ल्याउन अस्पतालभित्रै सरकारले दमनचक्र र हिंसा मच्चाएको ।
२८. ने.वि. संघ, तरुण दल आदि विपक्षी पार्टीका संघसंस्थाले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक बल प्रयोग गरी दमनचक्र चलाएको ।
२९. प्रधानमन्त्री ओहोदाको गरिमा र उच्चतालाई शोभा नदिने अनेकौँ अभिव्यक्ति दिँदै हिँडेको । प्रधानमन्त्रीको नातेदार वा निकटतम व्यक्ति भनिएका दुर्गा प्रसाईले बाँग्लादेशमा चिकित्साशास्त्र पढ्न गएका छोरीचेलीको चरित्र हत्या गर्दा पनि कारवाही गर्न चासो नदेखाएर उन्मुक्ति दिएको ।
३०. २०१७ सालमा राजा महेन्द्रले चलाएको देशघाती कदमको गलत ब्याख्या गर्दै “दुईतिहाई बहुमतलाई दरबारमा बुझाएर सुन्दरीजलमा आरामसँग बसेको” भन्नेजस्ता लान्छनापूर्ण अभिव्यक्ति दिएर महेन्द्रका कदमको आरती गरेको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिदाइरहेको सरकार र संसदलाई प्रेमप्रसादले छाडेका प्रश्न !
माघ ११, २०७९ बुधबार
यस्ता छन् प्रधानन्यायाधीश जबरामाथि लागेका २१ आरोप
फागुन १, २०७८ आइतबार
भारतपरस्त देउवाकाे नेतृत्व भएपनि नेपाल–चीन सबल सम्बन्ध
साउन ७, २०७८ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
माओवादीले आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने
फागुन ९, २०८१ शुक्रबार
समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?
फागुन ९, २०८१ शुक्रबार
सेन्ट मेरिज र सेन्ट जेभियर्स स्कुलविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ
फागुन ९, २०८१ शुक्रबार
बिक्कीको ‘छावा’ले हप्तामै कमायो २ सय करोड, सो क्लबमा छिर्ने ४६ औं फिल्म
फागुन ९, २०८१ शुक्रबार
जीडीपीको अनुपातमा ४५ प्रतिशतले बढेर २६ खर्ब ११ अर्ब नाघ्यो सार्वजनिक ऋण
फागुन ९, २०८१ शुक्रबार
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता
फागुन ९, २०८१ शुक्रबार
माओवादीले आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने
फागुन ९, २०८१ शुक्रबार
समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?
फागुन ९, २०८१ शुक्रबार
सेन्ट मेरिज र सेन्ट जेभियर्स स्कुलविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ
फागुन ९, २०८१ शुक्रबार
बिक्कीको ‘छावा’ले हप्तामै कमायो २ सय करोड, सो क्लबमा छिर्ने ४६ औं फिल्म
फागुन ९, २०८१ शुक्रबार
जीडीपीको अनुपातमा ४५ प्रतिशतले बढेर २६ खर्ब ११ अर्ब नाघ्यो सार्वजनिक ऋण
फागुन ९, २०८१ शुक्रबार
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता
फागुन ९, २०८१ शुक्रबार
माओवादीले आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने
फागुन ९, २०८१ शुक्रबार
समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?
फागुन ९, २०८१ शुक्रबार
सेन्ट मेरिज र सेन्ट जेभियर्स स्कुलविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ
फागुन ९, २०८१ शुक्रबार
बिक्कीको ‘छावा’ले हप्तामै कमायो २ सय करोड, सो क्लबमा छिर्ने ४६ औं फिल्म
फागुन ९, २०८१ शुक्रबार