खत्रीको हत्यामा संलग्न भएको आरोपमा नवलपुर प्रहरीद्धारा ४ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २६, २०७६ शुक्रबार २:१२:३२
मिना कंडेल
२६ भदौ, नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोट १५ मनकामना टोलमा वस्ने ६८ बर्षीय भुमादेवी खत्रीको हत्यामा संलग्न चार जनालाई नवलपुर प्रहरीले बिहिबार सार्वजनिक गरेको छ । नवलपुर प्रहरीले गैडाकोटमा गहना लुट्ने क्रममा हत्या भएको २४ घण्टामा नै ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
उनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले खोटाङको खिचापोखरी घर भई हाल गैंडाकोट १५ बेल्डियामा बस्दै आएका ३६ बर्षीय अर्जुन खड्कालाई पक्राउ गरेसँगै अन्य ३ जनालाई पनि पक्राउ गरेको हो । प्रहरीले गएराति खड्काकी श्रीमती ३५ बर्षीया मिना खड्का, तनहुँ रिसिङ घर भई हाल गैडाकोट १५ बुद्धचोक बस्ने ४५ बर्षका बसन्तकुमार बराल, बरालकी श्रीमती ३८ बर्षका कमला बराललाई नियन्त्रणमा लिएको नवलपुर प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेलले नेपालबहसलाई बताए । आर्थिक प्रलोभनमा परि निजको हत्या भएको हुन सक्ने घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरी प्रमुख पोख्रेलले बताए । उनीहरुको साथबाट सिक्रि, लकेट र रिङ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
उनको शव भान्छा कोठाको भाडा माझ्ने स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको कान, टाउको र अनुहारमा चोट लागेको छ । धारियो हतियार प्रहार नगरेको भएपनि उनलाई गहना लुट्ने क्रममा कुटपिट गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको तीन छोरा जापान र अष्ट्रेलियामा बस्दै आएका र उनी घर एक्लै बस्दै आएकि थिइन । उनीहरूलाई कर्तव्य र डाँका मुद्धामा नवलपर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार