विश्वविद्यालयमा दलीय भागवण्डा रोक्न पूर्व शिक्षामन्त्रीहरुको जोड
नेपालबहस संवाददाता
भदौ २६, २०७६ शुक्रबार २:४९:५९
२६ भदौ,काठमाडौं । राजनीतिक भागवण्डाको आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ती नगर्न पूर्व शिक्षामन्त्रीहरुले जोड दिएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले ‘विश्वविद्यालय र दलीय भागवण्डा’ विषयमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रममा बोल्दै पूर्व शिक्षामन्त्रीहरुले प्राज्ञिक थलोमा राजनीतिक भागवण्डाको संस्कार अन्त्य गरिनुपर्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित सो बहसमा पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले दलीय भागवण्डाको आधारमा पदाधिकारी नियुक्त गर्ने परम्पराले शिक्षा क्षेत्र तहननहस भएको बताउँदै यो परम्पराको अन्त्य अपरिहार्य भइसकेको जिकिर गरे ।
केसीले दलीय भागवण्डाको परम्परा बसाल्नमा आफ्नो दल नेपाली कांग्रेसको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफू शिक्षामन्त्री हुँदा यसको विरुद्ध आवाज उठाउँदा पनि रोक्न नसकेको अनुभव सुनाए । ‘म मन्त्री हुँदा आफ्नै पार्टी समर्थित शिक्षक संघ बन्द गराउन आवाज उठाएँ । तर यो कुरालाई पार्टीभित्र संस्थागत गर्न सकिनँ’, केसीले भने । उनले दलीय भागवण्डाको संस्कृती रोक्न ठूलै दबाब सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसमा विद्यार्थी संगठनहरुलाई एकजुट भएर लाग्न आग्रह गरे ।
‘विश्वविद्यालयहरुमा राजनीतिक भागवण्डाको अन्त्य गर्न विद्यार्थी संगठनहरु सडकमै ओर्लिन पनि तयार हुनुपर्छ, परेको खण्डमा म पनि सडकमा आउन तयार छु’, केसीले भने । उनले राजनीतिक आस्था जे जस्तो भएपनि विश्वविद्यालयको नेतृत्वमा पुगिसकेपछि दलीय आस्थालाई बिर्सन सक्नुपर्ने पनि बताए ।
अर्का पूर्व शिक्षामन्त्री एवं नेकपाका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले विश्वविद्यालयहरुमा हुने पदाधिकारी नियुक्ती गर्दा दलीय भागवण्डा रोक्न आफूले चाहेर पनि नसकेको बताए । तर यो परम्पराको अन्त्य गर्न यतिबेला सुनौलो अवसर रहेको बताउँदै यसका लागि निरन्रतर दबाब र पहल गर्नुपर्ने बताए । ‘म मन्त्री हुँदा काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तीमा दललाई हावी हुन दिइनँ, त्यसको लागि मैले आफ्नो दलभित्र ठूलै दबाब झेल्नुपर्यो’, उनले भने ।
शर्माले विश्वविद्यालयमा पदाधिकारी नियुक्तीका लागि प्राज्ञिक व्यक्तित्वहरुको रोष्टर तयार पार्नुपर्ने र त्यही रोष्टरका आधारमा योग्यता, क्षमता र अनुभवको आधारमा क्रमैसँग नियुक्त गर्नुपर्ने सुझाव दिए । ‘रोष्टरबाट योग्य उम्मेदवार छान्ने प्रणाली बसाल्नुपर्छ’, उनले भने ।
अर्थ–राजनीतिक विश्लेषक एवं पूर्व सांसद् हरि रोकाले विश्वविद्यालयहरुको अवस्था जर्जर हुनुको पछाडि विद्यार्थी संगठनहरुको पनि हात रहेको बताउँदै यसलाई अब विद्यार्थी संगठनहरुले नै रोक्नुपर्ने बताए । शिक्षाको महत्व दर्शाउँदै रोकाले नेपालमा सरकारी शिक्षालय ध्वस्त बनाएर निजी शिक्षालयलाई पोस्ने नीति अंगीकार गरिनु दुर्भाग्यपूर्ण भएको बताए ।
नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले शिक्षा क्षेत्र सुधारमा शिक्षा कानुनमै सुधार गर्नुपर्ने आवश्यकता औल्याए । उनले २०२८ को शिक्षा ऐन प्रतिस्थापन गरी नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । विश्वविद्यालहरुमा पदाधिकारी नियुक्तीका लागि व्यक्ति छनोट गर्न स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न काफ्लेले सरकारलाई सुझाव दिए ।
नेविसंघका पूर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले दलीय भागवण्डा रोक्ने मुद्दालाई अभियानको रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । त्यस्तै नेविसंघ नेता नवराज त्रिपाठीले विश्वविद्यालयमा दल र दलको झन्डा चिनेको मान्छे नभई शिक्षा बुझेको प्राज्ञिक व्यक्तित्वलाई नेतृत्व सुम्पनुपर्ने बताए । नेपालको शिक्षा अनुसन्धानमुलक हुन नसक्नु र विश्वविद्यालयहरुमा बेथिती बढ्नुको मुख्य कारण नै दलीय भागण्डा भएको भन्दै यसको अन्त्य नै अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रम नेविसंघ त्रिवि सभापति हरि आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार