ब्याडमिन्टन : प्रिन्सको विजयी शुरुआत, दिपेश र रत्नजित सेमिफाइनलमा
नेपालबहस संवाददाता
भदौ २७, २०७६ शुक्रबार १४:५८:३७
२७ भदौ, काठमाडौं । नेपालका जुनियर ब्याडमिन्टन च्याम्पियन प्रिन्स दाहालले संयुक्त अरब इमिरेटस् (युएई)को दुबईमा शुरु भएको ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज’मा विजयी शुरुआत गरेका छन् ।
ब्वाइज एकलमा प्रिन्सले युएईका खेलाडी भरुणकार्थिक बराथी मोहनलाई २–० सोझो सेटमा पराजित गरे । उनले उक्त खेल २१–८ र २१–१५ अङ्कले जिते । यसअघि मिक्स डबल्समा समेत प्रिन्स र सानिया चन्दको जोडीले युएईका नवहान नाजिव र कारोलिन कोल्कुहोउनको जोडीलाई २–० सेटले पराजित गरेको थियो । प्रिन्स र सानियाको जोडीले उक्त खेल २१–१४ र २१–१७ अङ्कले जितेको हो ।
दिपेश र रत्नजित सेमिफाइनलमा
एपीएफका दिपेश धामी र नेपाली सेनाका रत्नजित तामाङ सुनसरीको इटहरीमा जारी योनेक्स सनराईज नवौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
इटहरी रङ्गशालास्थित कभर्ड हलमा हिजो भएको क्वाटरफाइनलमा दिपेशले रुकेश महर्जनलाई २१–१६ र २१–१६ अङ्कले तथा रत्नजितले पुलिसका सुनिल जोशीलाई २१–१० र २१–१३ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।
यस्तै सेनाका नवीन श्रेष्ठले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११ र २१–१५ अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाए । यस्तै भोजपुरका विकास श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, १८–२१ र २१–११ अङ्कले हराउँदै अन्तिम चारमा स्थान बनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार