नदेज्दा कप फुटबलमा नेपाल बन्याे उपविजेता
नेपालबहस संवाददाता
भदौ २७, २०७६ शुक्रबार १५:११:३३
२७ भदौ, काठमाडौं । नदेज्दा कप फुटबलमा नेपाली महिला टोली उपविजेता बनेकाे छ । किर्गिस्तानमा हिजो भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो ।
मध्यान्तर अघिको खेलमा उज्वेकिस्तानले १–० गालेको अग्रता लिएको थियो । उज्वेकिस्तानले खेलको ३९औँ मिनेटमा पहिलो गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप दुई गोल गरेको हो । उज्वेकिस्तानले खेलको ५४औँ तथा ६४औँ मिनेटमा गोल गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले खेलको ६७औँ तथा ९०औँ मिनेटमा गोल गरेकी थिइन् । उक्त प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता बनिन् । उनले प्रतियोगिता भर सात गोल गरिन् । उनले पहिलो खेलमा किर्गिस्तानसँग ह्याट्रिकसहित चार गोल, दोस्रो खेलमा ताजकिस्तानविरुद्ध एक तथा आजको फाइनल खेलमा दुई गोल गरेकी थिइन् ।
नेपालले खेलकूदमा राम्रो प्रगति गर्न सक्छः उपाध्यक्ष सिंह
एशियाली कुस्ती सङ्घका उपाध्यक्ष ब्रीजभूषण शरण सिंहले नेपाली युवाले खेलकूदमा राम्रो प्रगति गर्न सक्ने बताएका छन् । नेपाल कुस्ती सङ्घ र भारतीय कुस्ती सङ्घले पोखरामा संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीबारे जानकारी लिन आएका उपाध्यक्ष सिंहले कुस्तीको विकासका लागि खेलाडी उत्पादन र पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
भारतको लोकसभा सदस्य, भारतीय कुस्ती सङ्घ र सार्क कुस्ती सङ्घका समेत अध्यक्ष रहेका सिंहले भारतको कुस्तीबाट नेपालले फाइदा लिन सक्ने बताए । नेपालमा कुस्ती खेलका लागि भारतले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । “अब साग नहुने हो कि भन्ने आशङ्का कुनै पनि राष्ट्रले गर्न हुँदैन”, सिंहले भने ।
नेपाल कुस्ती सङ्घका अध्यक्ष राज मोहम्मद अन्सारीले सागको तयारी भइरहेको बताए । उनले कुस्ती खेल आयोजना स्थल पोखरा हुन सक्ने भन्दै त्यसको तयारीस्वरुप असोजको पहिलो हप्ता नेपाल तथा भारतबीच मैत्रीपूर्ण कुस्ती खेल आयोजना गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार