तत्काल अप्रिय कदम नचाल्न राष्ट्रपतिको सुझावपछि ओली ब्याक
नेपालबहस संवाददाता
भदौ २७, २०७६ शनिबार ०:४६:४५
२७ भदौ,काठमाडौं । धेरैले अनुमान गरेका थिए नेकपा अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली सिंगापुरबाट फर्के लगत्तै केही गर्नेवाला छन् । खासगरी पार्टी भित्रको आन्तरिक राजनीतिलाई प्रभावित हुने गरी उनले कदम चाल्ने अनुमान गरिएको थियो । उनी त्यसका लागि तयार पनि थिए ।
त्यसैका लागि उनले बामदेव गौतमलाई सिंगापुर नै बोलाएका हुन् । तर स्वदेश फर्के लगत्तै उनको रणनीति फेरिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नै तत्काल अप्रिय निर्णय नगर्न सुझाएपछि ओली पछि हटेको स्रोतको दावी छ । कुनैपनि बेला ओलीले भाँडभैलो मच्चाउने संभावना छ – माधवकुमार नेपाल निकट एक जना पोलिटव्यूरो सदस्यले नेपालबहससँग भने ।अहिलेको मौनता आँधी आउनु अघिको सन्नाटा हुनसक्ने उनको ठम्याई छ । कतिपय राजनीतिक विश्लेषकको आंकलन पनि यस्तै पाइन्छ ।
विश्लेषक केसी पनि अहिले महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता ह्वात्तै बढेको र यसले नेकपाको आन्तरिक राजनीतिमा प्रभाव सिर्जना गरेको संकेत गर्छन् ।
ओली अहिले पनि पूर्ण रुपमा स्वस्थ भैनसकेकाले सुनामी आउनु अघिको शान्ति हुन सक्छ – राजनीतिक विश्लेषक सुरेन्द्र केसीको भनाई छ । ओलीको स्वभाव गोमन सर्पको जस्तो छ , दुश्मनलाई कुनैपनि हालतमा छाड्नेवाला छैनन् केसी भन्छन् – अहिले अस्वस्थ्यता र अरु कुनै कारणले ओली मौन बसेको हुनसक्छ । विश्लेषक केसी पनि अहिले महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता ह्वात्तै बढेको र यसले नेकपाको आन्तरिक राजनीतिमा प्रभाव सिर्जना गरेको संकेत गर्छन् ।
त्यसका लागि पार्टी महासचिव विष्णु पौडेलमार्फत वातावरण तयार गरिएको हो ती नेताले भने । राष्ट्रपतिले महासचिव पौडेलमार्फत बामदेवलाई हरियो घाँस देखाएको हामीले थाहा पाईसकेका हौं , उनले भने तर बामदेवले फेरि पनि ओलीबाट धोका पाउने निश्चित छ ।
हुन पनि प्रधानमन्त्री ओलीलाई सुरक्षित बनाउन र समस्याबाट पार लगाउन उनले गर्न हुने नहुने सबै काम गर्न थालेको आरोप लाग्ने गरेको छ । पार्टी भित्र गुटबन्दी बढाउन राष्ट्रपति जस्तो सम्मानित पद नांगो भएर मैदानमा उत्रनु गलत भएको आरोप नेपाल पक्षले लगाउने गरेको छ । खासगरी प्रधानमन्त्री ओलीसँग बामदेव गौतमको निकटताको सूत्राधार राष्ट्रपति नै रहेको नेपाल पक्षले भन्ने गरेका छन् ।
बामदेवलाई खुशी पारेर आन्तरिक राजनीतिमा ओली पक्षलाई बलियो बनाउने खेल राष्ट्रपतिबाटै खेलिएको जगजाहेर छ –आफ्नो नाम सार्वजनिक गर्न नचाहने एकजना नेकपा नेताले नेपालबहसलाई भने । त्यसका लागि पार्टी महासचिव विष्णु पौडेलमार्फत वातावरण तयार गरिएको हो ती नेताले भने । राष्ट्रपतिले महासचिव पौडेलमार्फत बामदेवलाई हरियो घाँस देखाएको हामीले थाहा पाईसकेका हौं , उनले भने तर बामदेवले फेरि पनि ओलीबाट धोका पाउने निश्चित छ ।
हुनपनि त्यतिबेला बामदेवलाई ओलीको पक्षमा ल्याउन राष्ट्रपतिले सक्रिय भूमिका खेलेको सञ्चारमाध्यमहरुले सार्वजनिक गरिसकेका थिए । त्यसबारे शितलनिवासले कुनै खण्डन गरेको छैन । राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तिले यसरी खुल्लम खुला सक्रिय राजनीति गर्नु लज्जाको विषय हो – राजनीतिक विश्लेषक केसी भन्छन् । उनका अनुसार , अहिले ओलीले माधव नेपाललाई एक्ल्याउन सबै हतियारको प्रयोग गरेका छन् ।
ओली र नेपालबीच सम्बन्ध बिग्रिएपछि पार्टी भित्र ठूलै रडाको मच्चिने आंकलन गरिएको थियो । तर राष्ट्रपति विद्यादेवीले हाललाई कुनै अप्रिय कदम नचाल्न ओलीलाई सुझाएको स्रोत बताउँछ । ओली भने सिंगापुरबाट नेपाललाई एक्ल्याउने गरी पार्टी तथा सरकारमा व्यापक फेरबदल गर्ने तयारीमा थिए ।
सबैलाई कुनै न कुनै पदको लालच दिएर ओली फेरि आन्तरिक समीकरणमा बलियो बनेको अवस्था छ । बामदेवलाई विधानमै नभएको उपाध्यक्षसहित संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गराइसकेका छन् । यस्तै राष्ट्रपतिकै प्रभाव प्रयोग गरेर पुष्पकमल दाहाल प्रचण्डलाई समेत हरियो घाँस देखाइएको नेपाल निकट एकजना पोलिटव्यूरो सदस्यले भने ।
राष्ट्रपतिकै अघिल्तिर ओलीले प्रचण्डलाई स्वास्थ्यले साथ नदिए प्रधानमन्त्री पद सुम्पने नत्र अध्यक्षको कार्यकारी पद हस्तान्तरण गर्ने वचन दिएको ती नेताको दावी छ । यस्तै पूर्व प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता झलनाथ खनाललाई पनि आगामी राष्ट्रपतिको घाँस देखाइएको छ । ती नेताका अनुसार, राष्ट्रपति विद्यादेवीकै सक्रियतामा झलनाथलाई पनि ओली विरोधी गुटबाट बाहिर निकालिएको छ ।
झलनाथलाई तत्कालै पार्टी भित्र तेस्रो वरियता प्रदान गर्ने र आगामी राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको छ । त्यसैले झलनाथ अहिले ओली बिरुद्ध देखिएका छैनन् । राष्ट्रपति विद्यादेवीको चाहना नै नेता नेपाललाई एक्लो पारेर ओलीलाई पार्टी र सरकार दुबै मोर्चामा बलियो बनाउनु स्पष्ट भएको राजनीतिक विश्लेषक केसीले बताएका छन् ।
ओली र नेपालबीच सम्बन्ध बिग्रिएपछि पार्टी भित्र ठूलै रडाको मच्चिने आंकलन गरिएको थियो । तर राष्ट्रपति विद्यादेवीले हाललाई कुनै अप्रिय कदम नचाल्न ओलीलाई सुझाएको स्रोत बताउँछ । ओली भने सिंगापुरबाट नेपाललाई एक्ल्याउने गरी पार्टी तथा सरकारमा व्यापक फेरबदल गर्ने तयारीमा थिए ।
नेपाल पक्ष पनि अहिले पर्ख र हेरको अवस्थामा देखिएको छ । ओलीले आफूलाई एक्ल्याउन खोजेपनि कार्यकर्ता तहमा आफ्नो पकड बलियो रहेको ठम्याई नेपाल पक्षको रहेको छ । अस्ति मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा नेपाल पक्षको गोप्य भेला भएको थियो । भेलामा सहभागी नेताहरुले ओलीको आगामी कदम हेरेर मात्र प्रतिक्रिया दिनुपर्ने रणनीति तयार गरेका छन् ।
ओलीले अप्रिय कदम नचालेसम्म पार्टी नेतृत्व र सरकारको सावर्जनिक रुपमा आलोचना नगर्ने सहमति वैठकमा भएको नेपाल निकट एक पोलिटव्यूरो सदस्यले बताए । त्यसैले सत्तारुढ नेकपा भित्रको अहिलेको मौनता आँधी आउनु अघिको शान्ति हुन सक्ने आंकलन गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार