पर्यटकीय महत्व बाेकेका डोटीका प्रमुख तीन सडक पिच गर्ने तयारी
नेपालबहस संवाददाता
भदौ २७, २०७६ शनिबार २:१६:४७
२७ भदौ, डोटी । जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ । सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी–धिर्कामाण्डौं सडक कालोपत्र गर्ने भएको हो । जिल्लाको भाग्यरेखासमेत मानिएको उक्त सडक कालोपत्र गर्नका लागि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । पर्यटकीय महत्व बाेकेका ती सडक २ वर्ष भित्र काम सक्ने लक्ष्य रहेकाे छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटरका लागि रु ४० करोड, सिलगढी, मेल्लेक हुँदै बझाङ जोड्ने ७ दशमलव ५ किलोमिटर सडकका लागि रु १५ करोड ९७ लाख १२ हजार ५४२ तथा राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौ जोड्ने ९ दशमलव ५ किलोमिटर सडकको कालोपत्र गर्नका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ मा ठेक्का कबुल गरिएको उनले जानकारी दिए ।
प्रमुख खत्रीका अनुसार ती तीनवटै सडक विसं २०७८ असार ३० गतेसम्म कालोपत्रको काम सक्ने गरी सम्झौता गरिएको छ । जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडकअन्तर्गत ३२ दशमलव ६ किलोमिटरका लागि कूल रु ७८ करोड ८८ लाख ६२ हजार ३७ को लागतमा सडक कालोपत्रको काम शुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले उद्घाटन गरेको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक बिस्तारको काम हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रको काम शुरु भएको हो । मुख्य राजमार्ग मात्र कालोपत्र रहेको डोटी जिल्लामा पहिलो पटक र एकैपटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।
सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्र÷पिएस जेभी र राजपुर फलेडी धिर्कामाण्डौं सडक केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । खप्तडको प्रवेशद्वारका रुपमा रहेको झिग्रानासम्म पक्की सडक हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक खप्तड भित्र्याउन सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
क्रिकेट खेलाडीलाई जनही १÷१ लाखले सम्मान
मंसिर ७, २०८१ शुक्रबार
होटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार