सन्दर्भ बाल दिवस : के बाल स्वास्थ्यको हिसाबमा हामी पूर्ण छौँ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार ६:४५:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/Happy-Childrens-Day_hhQafvUXCj.jpg)
डा. नितेश घिमिरे
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषामा स्वास्थ्य भनेको शारीरिक, मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु भनेर उल्लेख गरेको छ । हाम्रो देशको संविधानमा पनि स्वास्थ्य भनेको जनताको मौलिक हक र राज्यको दायित्व भनेर उल्लेख गरेको छ ।
सन्दर्भ : बाल दिवस अनि बाल स्वास्थ्य
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । देशैभरि विभिन्न कार्यक्रम गरेर, नाराहरु लगाएर यो दिवस हामी भब्यसंग नै मनाउँछौं । ठुला–ठुला सभाहरु हुन्छन अनि मंचहरु तातिन्नछन ।
तर के यी सभाहरुले साँच्चिकै बालबालिकाको अधिकार, स्वतन्त्रता, संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा, वातावरण, जागरूकता बढाउने र आय सृजन जस्ता कार्यहरूमा टेवा पुराएको छ त ? सबै कुराको उत्तर म दिन सक्दिन होला तर स्वास्थ्यको सवालमा चिकित्सकको नाताले केहि कुरा मापन भने अवस्य गर्न सक्दछु ।
झण्डै आधाआधी जनसङ्ख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । तर पनि हामीले बालदिवसलाई बेसी औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं ्र बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं भन्ने विषयको चिन्ता कसलाई ?
देशको ढुकढुकीमा रहेको बालबालिकाको उपचार गर्ने एक मात्र ठूलो सरकारी अस्पताल कान्ति बाल अस्पतालको अवस्था विजोग छ । सायद स्वास्थ्य मन्त्रालयको नेतृत्वमा बस्नेहरु निजी अस्पतालको प्रभावमा नपरेको भए कान्तिले सरकारी बजेट पाउँथ्यो, जनशक्ति थपिन्थ्यो र यो अस्पतालको अवस्था राम्रो हुन्थ्यो । कान्ति बाल अस्पताल राम्रो बनेको भए नेपालभरका गरिब परिवारका बालबालिकाले सेवा पाउँथे । अनि आज बालदिवसमा छाती फुलाएर गद गद हुदै नारा लगाँउदा जनताका तालि पनि बाज्ने मौका पाँउथ्यो ।
कान्ति भद्रगोल कन्तबिजोग बन्दा निजीलाई फाइदा हुन्छ । कान्तिको आईसीयू नचल्दा निजीको आईसीयू भरिभराउ हुन्छ । नत्र, ५२ बेडको आईसीयू ३० बेडमा झरिसक्दा स्वास्थ्य मन्त्रालय टुलुटुलु हेरेर बस्ने थिएन होला । यो अस्पतालमा सरकारी लगानी वृद्धी र जनशक्ति आपूर्ति अनिवार्य छ । कान्ति अस्पतालको पहिलेको कान्ति फर्काउन अब छुट्टै स्वायत्त संरचना बनाएर भिजन भएका असल मानिसहरु ल्याउनुपर्छ । कान्तिलाई ‘रिसर्च सेन्टर’ को रुपमा अघि बढाउनुपर्छ । त्यसरी अगाडि बढाउने हो भने कान्तिले सात वटा प्रदेशमा बाल अस्पताल बनाउँछ । त्यो अवस्थामा एकातिर केन्द्रमा बिरामीको चाप घट्छ भने अर्कोतिर गरिब अभिभावकहरुलाई राहत पुग्छ ।
त्यो कुनै गाह्रो काम होइन तर तितो सत्य यो होकी यहाँ पैसा कमाउने होड बाजी नै चलेको छ। लुटतन्त्र मचिएको हाम्रो स्वास्थ्य पद्धतीमा यति चाँडो सुधार आउने अवस्था छैन । निजी अस्पतालहरुलाई मज्जाले मौका दिइरहेको सरकारले सरकारी अस्पतालहरुको विकासमा लगानी गरेको देख्न पाएका छैनौँ ।
तर पनि हामी निरास हुन पर्ने अवस्था भने छैन । सहिद गंगालाल अस्पताललाई उचाइमा पुराएर महाराजगंज शिक्षण अस्पताल समेत सम्हालेका प्रो. डा. भगवान कोइराला अहिले बाल अस्पताल खोल्ने अभियानमा जोडिएका छन् । हेपाली हाइटमा निकै व्यवस्थित तरिकाले संसारकै नमुना बाल अस्पताल निर्माण गर्ने उनको लक्ष छ । आसा गरौँ उनको प्रणालि र त्यहाँ पाइने सुविधाले नेपाली जनतालाई राहत पक्कै दिन्छ। निजीकरण गारेर लुठतन्त्र नमचियोस् त्यो अस्पतालमा ।
यदि निजको स्वास्थ्यको कुरा गर्ने हो भने विगत १०–१५ वर्षको तुलानामा बाल स्वास्थ्यमा पक्कै सुधार आएको छ । त्यसको लागि यु.नि.से.फ नेपाल लगाएत बाल स्वास्थ्यको क्षत्रमा काम गर्ने सम्पूण निकायलाई धन्यवाद ज्ञ्यापन गर्नै पर्छ। “हरेक अभिभावकको चाहना आफ्नो छोराछोरी पछि गएर हँसिलो र स्वस्थ रहोस भन्ने नै हुन्छ। पहिलो १,००० दिनमा बालबालिकाले कस्तो खाना खान्छ, कसरी खेल्छ र उसले कस्तो हेरचाह पाउँछ भन्ने कुरा नै उसको जीवनको जग हो।“, यो भनाईको साथ यु.नि.से.फ नेपाल निम्न वर्गको घर आँगनमा प्रवेश गरेको छ । तर पनि संघ संस्थाहरु धेरै सहरिकरण हुने र आफ्नो फण्ड जम्मा गर्ने तर गाँउमा चेपाङको बच्चाले खोप समेत नपाउने अवस्था प्रचलित नै छ ।
त्यसैले जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन, ठुला-ठुला नाराहरुले सार्थकता पाउन सक्दैन ।। यदि अलिकति मात्रै निकाएमा भएका असल मानिसहरुले नेत्त्त्रित्वो लिने हो भने नेपाल स्वास्थ्य क्षेत्रमा संसारकै नमुना देश बन्न केहि वर्ष मात्रै लाग्नेछ। डा. सन्दुक रुइत, डा. भगवान कोइराला, स्व. डा. उपेन्द्र देवकोटा, डा. बैध्य बासकोटा, डा. भोला रिजालका पाइलामा चलिरहेका हामिलाई असल नेत्त्रित्वको मात्र खाँचो छ । हरेक वर्ष कम्तिमा एक अर्ब नाफा गर्ने नेपाली वैंकहरुले CSR( Corporate Social Responsibility) स्वरुप देशका प्रख्यात सरकारी अस्पताललाई केहि रकम लगानि गर्दिने हो भने मात्रै पनि आज बाल स्वास्थ्य कसैलाइ टाउको दुखाईको विषय बन्ने थिएन ।
यसका लागि केन्द्रदेखी स्थानिय तह सम्मका यस क्षेत्रमा क्रियाशिल बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू, सरकारका विभिन्न निकायहरू,मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ ।
बाल दिवसको शुभकामना ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनीका विद्यार्थी सङ्ख्या कम भएका ७ विद्यालयको कक्षा घटुवा
असार २४, २०८१ सोमबार
विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
असार २१, २०८१ शुक्रबार
एसईई पुरक परीक्षाको तालिका सर्वाजनिक
असार १८, २०८१ मंगलबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
नेपाली पात्रो गुगल प्ले स्टोरमा १ करोड डाउनलोड, दैनिक १० लाख प्रयोगकर्ता
असार २४, २०८१ सोमबार
वन्यजन्तुलाई पानी खान जङ्गलमै पोखरी
असार २४, २०८१ सोमबार
चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक
असार २४, २०८१ सोमबार
अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी
असार २४, २०८१ सोमबार
प्रजनन प्रक्रियामा रहेका सर्प
असार २४, २०८१ सोमबार