वीरेन्द्रनगरका अधिकांश क्षेत्रमा खानेपानी वितरण ठप्प
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार २०:४४:४६
२९ भदौ, सुर्खेत । अविरल वर्षाले खानेपानीका संरचनामा क्षति पु¥याएपछि वीरेन्द्रनगरका अधिकांश क्षेत्रमा तीनदेखि पानी वितरण पूर्णरुपमा ठप्प भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
“वर्षापछिको पहिरोले खानेपानीका अधिकांश संरचनामा क्षति पु¥याएको हुँदा खानेपानीका मुख्य स्रोत झुप्रा मुहान, खरी–बोरी खोला, इत्राम र खोर्के मुहानबाट इत्राम र अन्य संकलन केन्द्रमा पानी नझरेपछि समस्या आएको हो ।
वर्षाले एकै पटक सबै स्रोतमा क्षति पुगेकाले वितरण ठप्प हुन पुगेको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, “तीन दिनदेखि प्लान्टमा एक थोपा पानी संकलन नभएकोले वितरण गर्न नसकिएको हो ।”
देवकोटाका अनुसार खरीबोरी खोलाबाट आएको पाइपलाइन दोबिल्ला नजिक पहिरोले क्षति पु¥याएको छ । वर्षाका कारण झुप्राको लाइनबाट अत्याधिक धमिलो र लेदो पानी मात्रै आएकाले संकलन केन्दमा हालिएको छैन् ।
वर्षाले झुप्राको इन्टेकसमेतमा क्षति पुगेको, इत्राम र खोर्के खोलाको स्रोतमा पनि भल पसेका कारण संकलन केन्द्रसम्म पानी ल्याउन सकिएको छैन् । बुलबुले स्रोतमा भने ट्रान्समिटर जलेर बिग्रिएपछि पानी वितरण प्रभावित भएको संस्थाले जनाएको छ ।
पहिरोले पाइपलाइन र अन्य संरचनामा ठूलो क्षति पु¥याएकाले मर्मत भइरहेको संस्थाका इन्जिनियर बालाराम तिवारीले जानकारी दिए । संरचनामा क्षति पुगेलगत्तै मर्मत टोली फिल्डमा खटिएको बताइएको छ ।
आइतबार साँझसम्म वीरेन्द्रनगरका केही भागमा पानी वितरण गर्ने लक्ष्यका साथ मर्मत काम भइरहेको र सबै क्षेत्रका उपभोक्ताको धारामा सोमबार बेलुकासम्म पानी आउने इन्जिनियर तिवारीले बताए ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा हाल १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले सुख्खा खडेरी र वर्षातमा पानी वितरणमा समस्या झेल्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार