शेयर बजारमा कमाउने भन्दा गुमाउने धेरै, आज पनि दोहोरो अंकको गिरावट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार २२:४८:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/nepse-newsk_g4Nkn2OToD.jpg)
२९ भदौ, काठमाडैं । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात् १.४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोवार रकम समेतमा त्यसको प्रभाव देखिएको छ । कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो ।
स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १९.६९, होटल २४.२४, विकास बैंक १५.२९, जलविद्युत् १६.७४, वित्त ४.८९, निर्जीवन बीमा ५८.२५, उत्पादन २७.९३, अन्य ४.९४, लघुवित्त १९.४६, जीवन बीमा ६६.०८ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।
कारोवारका आधारमा नेपाल इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ८२ लाख ५२ हजार ३६८ कारोवार भएको हो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ७४ लाख ५१ हजार ८०४, सानिमा बैंक रु एक करोड १५ लाख दुई हजार २१४, लक्ष्मी बैंक रु ९९ लाख ३९ हजार, शिवम् सिमेन्ट रु ९३ लाख ६८ हजार ८५६, मेगा बैंक रु ९० लाख २० हजार ६८४ र रसुवागढी जलविद्युत् कम्पनीको रु ८८ लाख १२ हजार ९१० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
घटेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ३.५१ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंक ३.२३, नविल इक्विटी फन्ड २, नेशनल लाइफ इन्सुरेन्स १.८६, एभरेष्ट इन्सुरेन्स १.७९ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १.४५ प्रतिशतले कमाए ।
यस्तै बढी गुमाउनेमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । सो संस्थाका शेयरधनीले ८.३८ प्रतिशतले गुमाउँदा हिमालउन ऊर्जा विकास कम्पनी ६.०८, हिमालयन जनरल इन्सुरेन्स ५.५३, दिव्यश्वरी हाइड्रोपार ५.४५, स्ट्यान्डर्ड चार्टड बैंक ५.२७, र आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२० प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, ४ अर्बभन्दा बढीको शेयर किनबेच
असार २४, २०८१ सोमबार
कारोबारको पहिलो दिन नेप्से दोहोरो अङ्कले बढ्यो
असार २३, २०८१ आइतबार
नेप्से आज दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च
असार २०, २०८१ बिहिबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
लालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
जेठ २८ यता बाढी र पहिरामा परी ७४ जनाको मृत्युः ८८ घाइते, १६१ घर डुबानमा
असार २४, २०८१ सोमबार
श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
असार २४, २०८१ सोमबार
नेपाली पात्रो गुगल प्ले स्टोरमा १ करोड डाउनलोड, दैनिक १० लाख प्रयोगकर्ता
असार २४, २०८१ सोमबार
वन्यजन्तुलाई पानी खान जङ्गलमै पोखरी
असार २४, २०८१ सोमबार