छाङ्छाङ्दी शिव मन्दिरमा गरिएको ‘महाआरती’ मा साँढे ६७ लाख बचत
नेपालबहस संवाददाता
भदौ २९, २०७६ सोमबार ०:५७:१७
२९ भदौ,स्याङ्जा । गण्डकी प्रदेशकै प्रसिद्ध छाङ्छाङ्दी छाँयाक्षेत्र मन्दिरमा गत श्रावण महिनामा सञ्चालित ‘शिव– महाआरती’ मा ६७ लाख ५५ हजार ६ सय २२ रुपैयाँ बचत भएको छ । छाङ्छाङ्दी छायाँक्षेत्र सेवा समिति भीरकोट नगरपालिका–४ स्याङ्जाले आयोजना गरेको ‘शिव–महाआरती’ को मन्दिर प्राङगणमा आज आयव्याय सार्वजनिक गरिएको हो ।
श्रावण महिनाको १ देखि ३२ गतेसम्म सञ्चालित सत्संग तथा शिव–महाआरतीमा ९१ लाख ९ सय ३६ आम्दानी थियो । २३ लाख ४५ हजार ३ सय १४ रुपैँया खर्च गरी ६७ लाख ५५ हजार बचत गर्न सफल भएको छायाँक्षेत्र सेवा समितिले जनाएको छ ।
आम्दानीतर्फ भजन कृतनबाट २ लाख ३ सय ९५, दान पेटिकाबाट १ लाख ६ हजार ३० रुपैयाँ, पार्किङ व्यवस्थापनमा ६ हजार ६ सय, स्टल बिक्रीबाट ६७ हजार ५ सय ५०, चामल बिक्रीबाट १८ हजार ५ सय ६०, आजिवन सदस्यबाट ५८ लाख २६ हजार २ सय ५३, कलश सहयोग ४ लाख १६ हजार ९ सय ८८, आरती तथा सहयोग रसिदबाट २३ लाख ७८ हजार ५ सय ६० गरी ९१ लाख ९ सय ३६ रुपैयाँ संकलन भएको समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिए ।
समितिका अध्यक्ष श्रेष्ठका अनुसार बचत रकमले मन्दिरमा १०८ धारा निर्माण, पार्क निर्माण, अन्य भौतिक निर्माण, नवग्रह निर्माण, सिटी हल निर्माण, प्रवेशद्धारदेखि भित्रको सडक फराकिलो पार्ने योजना रहेको छ ।
गण्डकी प्रदेश सरकारले ४० लाख सहयोग गर्ने र भीरकोट नगरपालिकाको २० लाख सहयोग रकमले सबै योजना पुरा गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठको बताए । उनका अनुसार मन्दिरलाई बृहत धार्मिक स्थलका रुपमा विकसित गरिने भएको छ ।
मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिए अनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा छाङ्छाङ्दी आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिभूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेको स्थानको नाम नै छाङ्छाङ्दी रहेको किम्वदन्ति छ ।
छाङ्छाङ्दी शिव मन्दिरमा गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एक सय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिन्छ । प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वरुप देख्न सकिन्छ । यहाँ विशेष गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, मातातीर्थ औँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
सिद्धार्थ राजमार्गसँग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार