प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार १४:२:६
३० भदौ, जिरी । दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ ।
बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गरे ।
कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८० सम्ममा बालमैत्री प्रदेश र २०७८ सम्ममा बाल विवाहमुक्त प्रदेश बनाउने चुनौती पूर्ण लक्ष्य लिइएको बताए। बाल अधिकार संविधानले सुनिश्चित गरेकाले बाल अधिकारका लागि सबै लाग्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा भीमेश्वर नगर प्रमुख भरतबहादुर केसीले बालमैत्री घोषणासँगै बालमैत्री अभियान शुरु भएको बताए। बालबालिकाका लागि नगरले विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको र नगरको दुई विद्यालय निर्माणाधीन अवस्थामा रहेकाले त्यसको पनि छिट्टै निर्माण गरिने केसीले बताए ।
नगरपालिकाले सेवा प्रवाहसम्बन्धी बाल बचाउका १० वटा, बाल संरक्षणका पाँच वटा, बाल विकाससम्बन्धी छ वटा र बाल सहभागितासम्बन्धी १२ वटा सूचक र १६ वटा चरण पूरा गरी नगरलाई बालमैत्री नगर घोषणा गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार