सुदूर पश्चिममा ३७ पुल लथालिंग, ढिलासुस्तीको असर प्रदेश सरकारमा !
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार १५:६:८
३० भदौ, काठमाडौं । आज सोमबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक-फरक विषयका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।
अन्नपूर्ण पोष्ट् दैनिकमा सुदूर पश्चिममा ३७ पुल लथालिंग शीर्षकमा मुख्य समाचार छापिएको छ । समाचारमा उल्लेख भए अनुसार सुदूरपश्चिमका नौ जिल्लामा तीन अर्ब रुपैयाँ लागतका पुल अलपत्र रहेका छन् । ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।
सम्झौता अनुसार समयमा काम नसक्ने अनि म्याद थप्ने प्रवृति बढेकाले विकट क्षेत्रमा विकास निर्माण पछि धकेलिएको छ । सुदूरका अधिकांश पुल निर्माणमा बढी म्याद थपिएको छ ।
पत्रिकामा मोहना नदीमा निर्माणाधीन राजघाट पुलका ठेकेदारसँग दुइर्पटक थपिएको म्याद असारमा सकिएको छ । साढे ८ करोड लागतमा बनिरहेको ५५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका २ साइली कटान नालामा निर्माण भइरहेको पुलको पनि म्याद सकिएको छ । सुदूरपश्चिमका सबे जिल्लाका पुलको यस्तै अवस्था रहेको विश्लेषण समाचारमा गरिएको छ ।
कानुन निर्माणमा प्रदेश सुस्त शीर्षकमा कान्तिपुर दैनिकमा मा प्रमुख समाचार छ । समाचारमा उल्लेख भए अनुसार प्रदेश सरकारले गठन भएको डेढ वर्ष बितिसक्दासमेत आवश्यक कानुनको पूर्णता दिन सकिरहेका छैनन् । संघीय सरकारले कानुन निर्माणमा गरेको ढिलासुस्तीको असर प्रदेश सरकारमा परेको छ ।
संघीय कानुन निर्माण नहुँदै कानुन बनाउँदा बाझिने भएकाले प्रदेश सरकारले ढिलासुस्ती गरेका हुन् । प्रदेश १ ले ३५, प्रदेश २ ले १७, प्रदेश ३ ले ४५, गण्डकी प्रदेशले २९, प्रदेश ५ ले ४८, कर्णाली प्रदेशले २२ र सुदूरपश्चिम प्रदेशले ३१ कानुन निर्माण बनाएको समाचारमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार