अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार १८:४७:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/478422490egg-chitwan_qbekwn8pX1.jpeg)
नारायण अधिकारी / रासस
३० भदौ, चितवन । विगत दुई वर्ष यता फुल अण्डाको मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । सङ्घले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रु २७० तोकेको थियो । तर, हाल कृषकको फार्मबाट रु २२५ हाराहारीमा बिक्री भएको छ । खपत बढ्न नसक्नु र उत्पादन बढी नै भएकाले कृषकले मूल्य नपाएको केसीको भनाइ थियो ।
दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको बताए । दानाको मूल्य र मजदुरको पारिश्रमिक बढेको तर अण्डाको मूल्य नबढेपछि कृषक मर्कामा परेका हुन् ।
पूर्वी चितवनमा कुखुरा पाल्दै आएका सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओली एउटा अण्डा उत्पादन गर्न रु १० भन्दा बढी खर्च हुने भए पनि अहिले कृषकले रु सात हाराहारी मात्र पाउन सकेको बताउछन् । एउटै अण्डामा रु तीनभन्दा बढी नोक्सान बेहोर्नु परेका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उनले गुनासो गरे।
केही महीनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु १२० सम्म झरेको भन्दै उनले त्यतिबेलादेखि निरन्तर रुपमा कृषकले नोक्सान बेहोर्दै आएको बताए । देशमा आत्मनिर्भर बनेको यस पेशाबाट कृषक विस्थापित हुनबाट रोक्न सरकारलाई गुहारेको ओलीले बताए । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, कृषिमन्त्री, अर्थमन्त्री, सांसदलगायत सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराउने काम सङ्घले गरिरहेको उनले बताए ।
पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले व्यवसायीबीचको आन्तरिक समस्याका कारण मूल्यमा वृद्धि हुन नसकेको बताए । यसअघिको सङ्घको केन्द्रीय समितिलाई अविश्वास गर्दै बीचमा नै विशेष अधिवेशन गरेपछि पुरानो र नयाँ समितिको बीचमा समन्वय हुन सकेको छैन । यसकै कारण पनि मूल्यमा समस्या आएको भनाइ भट्टराईको छ ।
सप्लायर्सबीचको तालमेलको अभावमा पनि समस्या देखिएको भन्दै उहाँले व्यवसायी र सप्लायर्सका बीचमा बृहत् भेला गरेर समस्याको निकास निकाल्नुपर्ने सुझाव दिए । कुखुरा व्यवसायी मदन पोख्रेल उत्पादन बढी भएको तर खपत गर्न नसकेका कारण कृषकले मूल्य नपाएको बताउछन् । साना किसानको खोर खाली हुन थालेको र ठूलाले एक बैंकबाट अर्कोमा ऋण सारेर रकम बढाउँदै पेशा धान्ने काम मात्र गरिरहेको पोख्रेलको भनाइ थियो ।
सङ्घका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल व्यवसायीबीचमा एकापसमा लडाइँ गर्दा आफँै सिद्धिने भएकाले मिलेर जानुको विकल्प नभएको बताउछन् ।
व्यवसायीबीचमा समन्वयकै कमीले तालमेल नमिल्दा अण्डाले मूल्य पाउन नसकेको उनको भनाइ छ । देशमा आत्मनिर्भर यस पेशालाई बचाई राख्नका लागि राज्यले पनि सहयोग गर्नुपर्ने उनले बताए । पोल्ट्री क्षेत्रमा लगानी भएको रु एक अर्बभन्दा बढीमध्येको आधा हिस्सा अण्डा उत्पादनमा लगानी भएको उनी बताउछन् ।
अण्डा उत्पादन गर्ने कृषकले मूल्य नपाए पनि किनेर खाने उपभोक्ताले भने प्रतिगोटा रु १५ हाराहारी तिर्न बाध्य छन् । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच तह पार गर्नुपर्ने भएकाले विचौलियाले लाभ लिए पनि कृषक र उपभोक्ता दुवै ठगिएका छन् ।
हाल नेपालमा सात हजारभन्दा बढीले कुखुरा पालेको अनुमान छ । उनीहरुका फार्ममा दुई लाखभन्दा बढी मजदुरले काम गर्ने कँडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार