प्रहरी बुलेटिन : कहाँ-के भयो ? [थाहा पाउनुस]

नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार १९:४३:१३

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३-०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै भक्तपुरमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका-२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्थित गोपालको भट्टी पसल राति अबेरसम्म संचालन गरेको फेला पारी महानगरीय प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले पसल बन्द गराउन खोज्दा उक्त नगद दिई प्रलोभनमा पार्न खोजेकोले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै अपराध महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका-३ का बा.४ ख ८२ नम्बरको बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त चोकमा बालिका फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखाकी ११ वर्षीया बालिका फेला पारी अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगी छाडेको खुल्न आएपछि राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उता, बर्दिया, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ पाठक चोक बस्ने ७६ वर्षीय भक्तबहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाई(फकाई सोही ठाउँस्थित सहमती सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै कैलालीको गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट आइतबार साँझ ३ थान भरुवा बन्दुक बरामद भएको छ । ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित ४र५ व्यक्तिहरुले देख्नासाथ उक्त बन्दुक फाली फरार भए पश्चात उक्त बन्दुक बरामद भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
इता काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ कपन तेन्जिङ चोक डेरा गरी बस्ने काभ्रे भोषले गाउँपालिका(३ का ४२ वर्षीय हरिबहादुर तामाङको कोठाबाट आइतबार साँझ कोही नभएको अवस्थामा करिब ४ तोला सुनका विभिन्न गहना र नगद १ लाख २६ हजार रुपैयाँ समेत गरी करिब ४ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एता कपिलवस्तुको बाणगंगा नगरपालिका-११ ओदारीस्थित तौलिहवा-पिपरा सडकमा लु.१२ प ५१२४ नम्बरको मोटरसाइकलले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका कपिलवस्तु नगरपालिका-१० नगवा बस्ने साइकलयात्री ७० वर्षीय बनारसी बिश्वकर्माको क्रिमशन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रहरीले बुलेटिनका अनुसार गुल्मी, कालीगण्डकी गाउँपालिका-२ अर्बेनी मानधारा बस्ने खिमानन्द न्यौपानेको कच्ची घरमा आइतबार दिउँसो बिजुलीको तार अचानक सर्ट भई आगलागी हुँदा घर, ५ तोला सुन र नगद ३ लाख ७० हजार रुपैयाँ समेत जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
र संखुवासभा, सिलिचुङ गाउँपालिका-३ खुम्मुवा बस्ने जितबहादुर राईको फुसको छानो भएको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर, चाँदी ३ तोला र नगद ९ हजार रुपैयाँ जलेर करिब ५ लाख २२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार