सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा सुनकोशी गाउँपालिकाको खाल्टेमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार २२:२०:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/branchless-banking_F7M6y9HfZI.jpg)
३० भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका, खाल्टेमा भाद्र २७ गतेबाट १०१ ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी र्कितिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।
उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सोहि अवसरमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंकले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने तयारी गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन
असार ४, २०८१ मंगलबार
वित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार
लालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
जेठ २८ यता बाढी र पहिराेमा परी ७४ जनाको मृत्युः ८८ घाइते, १६१ घर डुबानमा
असार २४, २०८१ सोमबार
श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
असार २४, २०८१ सोमबार
नेपाली पात्रो गुगल प्ले स्टोरमा १ करोड डाउनलोड, दैनिक १० लाख प्रयोगकर्ता
असार २४, २०८१ सोमबार