कश्मीरको जनजीवन सामान्य अवस्थामा फर्काउन सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ मंगलबार १:५०:९
३० भदौ, एजेन्सी । भारतको सर्वोच्च अदालतले केन्द्र सरकारलाई सकेसम्म चाँडो भारत प्रशासित कश्मीरको जनजीवन सामान्य अवस्थामा फर्काउन आदेश दिएको छ। आदेश दिएसंगै अदालतले राष्ट्रिय सुरक्षालाई पनि ध्यानमा राख्नुपर्ने बताएको छ।
कश्मीर उपत्यकामा दैनिक जीवनलाई नै असर गर्ने गरि गत ६ सातादेखि विभिन्न बन्देजहरू लगाइएको विरूद्ध दायर भएका रिटहरूलाई सम्बोधन गर्दै अदालतले यस्तो आदेश दिएको हो।
अदालतले सरकारलाई जमू-कश्मीरका एकजना पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहलाई नजरबन्दमा राखिएको बारे परेको रिटमा प्रश्नको जवाफ दिन पनि आदेश दिएको छ।
अगस्ट ५ मा भारतले जम्मू-कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको व्यवस्था उल्ट्याइदिएपछि कश्मीर उपत्यकामा सुरक्षा कडा पारिनुका साथै सञ्चार सेवाहरू बन्द गराइएको छ।
सर्वोच्च अदालतले विपक्षी कांग्रेसका नेता गुलाम नबी आजादलाई श्रीनगर, बारामुला, अनन्तनाग तथा जम्मू जाने अनुमति दिएको छ। तर उनलाई त्यहाँ जनसभा वा सार्वजनिक भाषण भने नगर्न भनिएको छ। प्रधानन्यायाधीश रञ्जन गोगोइले आवश्यक परेको खण्डमा उनी स्वयं जम्मू-कश्मीर जान सक्ने बताएका छन्।
अदालतले देशको हितका निम्ति स्कूल, अस्पताल तथा सार्वजनिक यातायात सामान्य सञ्चालन हुनुपर्छ भनेको छ। सो मामिलामा अर्को सुनुवाइ सेप्टेम्बर ३० मा हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
माघ ८, २०८१ मंगलबार
तालिबान सरकारले दुई अमेरिकी रिहा गर्दै
माघ ८, २०८१ मंगलबार
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल
माघ ८, २०८१ मंगलबार
जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती
माघ ८, २०८१ मंगलबार
निकुञ्ज हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
माघ ८, २०८१ मंगलबार
दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : आर्मीको दोस्रो जित, कोशी पराजित
माघ ८, २०८१ मंगलबार
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
माघ ८, २०८१ मंगलबार