के योगेशको कदम ठीक थियो त ?
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ मंगलबार २:४७:८
हरेक हप्ता एक न एक विषयमा चर्चा हुने नेपालको सामाजिक सञ्जालमा यो पटक ज्ञानेन्द्र शाहीले नेपालका मन्त्री योगेश भट्टराईलाई झाँको झारेको विषयले प्रश्रय पायो । भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही लगायतका जनताले मन्त्री योगेश भट्टराईका कारण एक घण्टा प्लेन ढिला भएकोबारे प्रश्न गर्दा भट्टराई नाजवाफ भै भिजेको मुसो झैं लुत्रुक्क परेर बसेको र पछि काठमाडौं पुगेपछि सामाजिक सञ्जालमार्फत त्यो घटनालाई आफुबाट गल्ती स्वीकार गर्नुको सट्टा अतिरिञ्जत पाराले विज्ञप्ती जारी मात्रै गरेरनन् कि ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा पार्टीका अरिंगाल (त्रिचन्द्र क्याम्पसका अनेरास्ववियुका अभ्यक्ष गोविन्द थपलिया) का जत्थालाई पत्रकारको भेषमा पठाएर ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोल्ने, उनीमाथि हातपात गर्ने, पक्राउ गर्ने र मन्त्रीकै आदेशमा रिहा गर्ने जस्ता कार्य भए ।
यसरी मन्त्रीकै आदेशमा जनता कुटिने, थुनिने र रिहा हुने भएपनि किन चाहियो अदालत ? किन चाहियो कानुन र किन चाहियो न्याय प्रणाली ? सबै विघटन गरे भैगो नि । हैनभने पत्रकार सम्मेलनमा भाडाका टट्टु भिजिलान्तेबाट ज्ञानेन्द्र शाही र स्वयं सक्कली पत्रकारमाथि हातपात हुँदा समेत पत्रकार महासंघ, प्रेस काउन्सिल र पार्टीका झोले पत्रकार संघ संगठन किन बोल्दैनन् ? यस घटनाले नेपालमा वाक् स्वतन्त्रताको धज्जी उडेको देखिन्छ ।
के यसैका लागि १७ हजार नेपालीको हत्या गरिएको हो ? के यसैका लागि ०६२।०६३ को आन्दोलन भएको हो ? हैनभने यो १४ वर्षे शासनकालमा जनताले के पाए ? वैचारिक बहस गर्न नसक्नेहरु यस्ता खाले आवाज उठाउनेलाई सजिलै राजावादी, प्रतिगामी र मण्डलेको बिल्ला भिराउन पुग्छन् ।
नेकाका सभापति शेरबहादुर देउवाले भने जस्तै कतै कम्युनिष्टको शासनमा जनताले बोल्न समेत नपाउने भन्ने कुराको सुरुवात भएको त हैन ? हैन भने कहिले राष्टपतिलाई कालो झण्डा देखाएको भरमा जनता किन थुनिन्छन् ? किन मन्त्रीको अत्याचार बिरुद्ध आवाज उठाउँदा जनता कुटिन्छन् थुनिन्छन् ? किन भष्टचारीहरुको निदहराम पारिदा जनताहरु आपराधिक मुद्दामा फसाइन्छन् ?
के यही हो त नेपाली जनताले रोजेको–खोजको असली गणतन्त्र ? के यसैका लागि १७ हजार नेपालीको हत्या गरिएको हो ? के यसैका लागि ०६२।०६३ को आन्दोलन भएको हो ? हैनभने यो १४ वर्षे शासनकालमा जनताले के पाए ? वैचारिक बहस गर्न नसक्नेहरु यस्ता खाले आवाज उठाउनेलाई सजिलै राजावादी, प्रतिगामी र मण्डलेको बिल्ला भिराउन पुग्छन् । के मन्त्री योगेशले गरेको कदम ठीक थियो त ? सच्चा नेपालीले जवाफ दिउन् ।
नेताका तलुवा चाट्नेहरुले आज ठीक के हो बेठीक के हो छुट्याउन छाडिसके । नेताहरुले जे गरे पनि हो हो र ठीक ठीक भनेपछि राष्टियता संकटमा पर्छ कि पर्दैन ? सिक्किम यस्तैका कारण भारतमा विलय भएको हो । काजी लेण्डुप दोर्जेको जे जस्तो कदमलाई पनि हो मा हो गरेर विश्वास गर्दा सिक्किम सदाको लागि भारतमा विलय भएको इतिहास नेपालमा बसेका सच्चा नेपालीले पढ्नु पर्ने बेला भएको छ ।
तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियमविपरीत गृहमन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ । यसरी ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरी प्रशासन र तस्करहरूको नेर्टवर्कभित्र पार्टीलाई प्रवेश गर्राई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरे ।
हैन भने मन्त्रीले एक घण्टा बिमान कुराउँदा पनि ठीक, प्रधानमन्त्रीले २ घण्टा आकाशमार्ग बन्द गराउँदा पनि ठीक, एनसेलको ३९ अर्ब झ्वाम पार्दा पनि ठीक, मार्सी चामलको भात खाएवापत देशको चिकित्सा क्षेत्र माफियालाई बुझाउँदा पनि ठीक, निर्मला पन्तको बलात्कार पछि हत्या गरिदा पनि ठीक, रविहरुलाई झुट्टा मद्दामा फसाउन खोज्दा पनि ठीक, ४।५ वटा ठुला अस्पताल बनाउन पुग्ने पैसा औषधोपचारको नाममा सिंगापुरमा खर्च गर्दा पनि ठीक, बिदेशी कम्पनी लखेटेर आफ्नालाई ठेक्का दिंदा पनि ठीक, लडाकु शिविरको अर्बौ रकम झ्वाम पार्दा पनि ठीक, पार्टीका महासचिवबाट बालुवाटार नै किन्दा पनि ठीक, ४ जी का नाममा १२ अर्ब झ्वाम पार्दा पनि ठीक, न्यायाधीश नियुक्ति, राजदुत नियुक्ति लगायत अन्य पदहरु लिलामी बढाबढ गर्दा पनि ठीक, २ कठ्ठे जमिनदारहरुका सन्तानहरु दुवईमा बसेर करोडौं खर्च गर्दा पनि ठीक भनेपछि देश कसरी उँभो लाग्छ ? यो राष्टवादी जनता र नेताले गर्न सुहाउने कुरा हो त ? देशका कर्णधारहरु सबै झोले भएपछि कसरी राष्टियता बलियो हुन्छ ?
पछिल्लो समयमा योगेशले केही गर्छ कि भन्ने जनतामा विश्वास थियो । त्यो वास्तवमा योगेशको विगत नबुझ्नेहरुको रागअलाप थियो । योगेश त्यस्ता व्यक्ति हुन् जो ढाँट र छलीका राजा हुन् । पछिल्लो उदाहरण भोलिपल्ट १ बजे प्रतिनिधिसभाको बैठकमा जवाफ दिन आफुले प्लेन रोकेको भन्नेले भोलीपल्ट बिहान अर्को प्लेनमा पनि आउन सक्थे त्यहाँ पनि उनले झुट बोले । यसअघि अर्काको मार्कसिटलाई सन्देह छ भन्ने योगेशले आफुले प्रतिनिधिसभाबाट १८ हजार बढी रकम लिइरहँदा पनि थाहा नभएको जवाफ दिएका थिए । योगेश त्यही व्यक्ति हुन् जस्ले एमाले विभाजनका बेलामा एमालेका प्राय सबै नेतामाथि आरोप लगाएका थिए । यदि उनी झुट्टा हैनन् भने के एमाले फुटेको बेला उनले लगायका यी तलका आरोपहरु पुष्टि गर्न सक्छन् ?
योगेशले लगाएका प्रमुख २४ आरोपहरुः
१। २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा र घोषणापत्रमा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।
२। तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने लक्ष्यलाई माधव र केपी (माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली) गुटले छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’ समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमासमेत एमालेलाई राजावादी कम्युनिस्ट पार्टीमा परिणत गरायो ।
तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङ र अर्थमन्त्री भरतमोहन अधिकारीले मोहनगोपाल खेतानले विदेशी मुद्रा विनिमय नियमविपरीत काम गरी हङ्गकङ्गको इन्डोस्वेज बैंकमा जम्मा गरेको २५,०७,००० अमेरिकी डलरबाट ने.रु. १९ करोड ३९ लाख ७ हजार रकम अपचलन गरेकोमा कानुनतः ३ वर्ष कैद र सम्पूर्ण रकम राष्ट्रियकरण हुनेमा अर्थमन्त्री भरतमोहन अधिकारी र कानुनमन्त्री सुवास नेम्वाङ्गको सिफारिसमा प्रधानमन्त्री मनमोहन अधिकारीको क्याबिनेट बैठकद्वारा अदालतको मर्यादा र कानुनविपरीत मुद्दा फिर्ता गराउने काम गरी दुई करोड रुपैयाँ नजराना लिई जनता र राष्ट्रमारा काम गरे ।
३। प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानासाथ मोदनाथ प्रश्रितको शिक्षा मन्त्रित्वकालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ घूस खाइयो ।
४। तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियमविपरीत गृहमन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ । यसरी ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरी प्रशासन र तस्करहरूको नेर्टवर्कभित्र पार्टीलाई प्रवेश गर्राई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरे ।
५। छैटौं महाधिवेशनको भिडिओ क्यासेट कार्यकर्तालाई थाहै नदिई एमाले नेताहरूले अमेरिकी खुफिया एजेन्सी ‘सिआईए’लाई सुटुक्क दिई साम्राज्यवादी अमेरिकाको निर्देशन पालना गरे ।
६। छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु देखिन्छ । कार्यालय र आर्थिक फाँट हेर्ने जिम्मा लिएका माधव नेपाल, प्रदीप नेपाल, युवराज ज्ञवाली र इश्वर पोखरेलले उक्त रकम हिनामिना गरे ।
७। राज्यद्वारा जनताको जनस्वास्थ्यको ग्यारेन्टी गर्नुपर्नेमा जनताको सेवा गर्ने वीर अस्पतालका लागि जापानले दिएको १० करोड रुपैयाँ अनुदान रकम स्वास्थ्यमन्त्री भरत प्रधानले आफ्नो काठमाडौं मोडेल अस्पतालमा लगानी गरे ।
८। हालै चुनावी सरकारका नाममा कांग्रेसको पुच्छर समाएर वैतरणी तर्न बिनार्सत सरकारमा सामेल भएको एमालेका बन्दुके मन्त्री भीम रावलले चुनावी खर्च जुटाउन बिना टेन्डर चाइना साउथ एयरलाइन्ससँग प्रति उडान घण्टा २ हजार ५ सय ५० डलरमा प्राप्त हुने हवाइजहाजलाई ३ हजार १ सय ५० डलरमा एक वर्षका लागि सम्झौता गरी १४ करोड रुपैयाँ कमिसन खाए । उक्त कुराको विरोध गर्ने पाइलटहरूलाई हडतालमा उत्रिन बाध्य पारेर मुलुकको ५० औं करोड रुपैयाँ नोक्सान पारे । स्वाभिमानी पाइलटहरूलाई पञ्चायती कानुन प्रयोग गरी कार्बाही गरे ।
९। मदन र आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे ।
१०। मनमोहन अधिकारी र माधव नेपालले पुँजीवादी राष्ट्रसामू अनुदान र भिक्षाको खातिर बारम्बार ‘हामी कम्युनिस्ट होइनौं’ भनेर पार्टी र कम्युनिस्टप्रेमी नेपाली जनताको बारम्बार उपहास गरे ।
११। निजीकरण र उदारीकरणलाई प्राथमिकता दिने एमालेले कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्न सुशील प्याकुरेलजस्ता अमेरिकी सीआईएका एजेन्टलाई काँधमा बोकेर पार्टीभित्र एनजीओ र आइएनजीओलाई चलखेल गर्न दिए । विश्वकै मुक्तिकामी जनताको मुख्य दुश्मन साम्राज्यवादीहरूको नाईके अमेरिकाद्वारा सञ्चालित इन्सेकले पार्टी नेतृत्वलाई सञ्चालन ग¥यो ।
१२। महाकली सन्धी दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरिद गर्छु भनी खड्ग ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ मा भारतीय राजदूतका शरणमा सांसद र केन्द्रीय सदस्यलाई केपी र माधवले भोज खुवाउन लगे ।
१३। सरकार टिकाउने खेलमा गुरु बराल र सुबोध प्याकुरेलमार्फत साढे सत्र केजी हजार र हजारका नोट माधव र केपीले उमेश गिरीलाई खुवाए ।
दुई सय किलो चरेशसहित अमेरिकामा गिरफ्तार भएका ससुराको कारोबारमा एमाले स्थायी समितिका सदस्य ईश्वर पोखरेल संलग्न भएको कुरा खुल्यो । इन्टरपोलले ईश्वरलाई गिरफ्तारी गर्न आदेश दिएपछि ओली र नेपालले प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलमार्फत ईश्वरलाई कार्यबाही हुनबाट बचाई अवैध लागुऔषध कारोबारलाई प्रश्रय दिए ।
१४। अनेरास्ववियु (अखिल)ले तस्करहरूको नाम सार्वजनिक गरेपछि तस्करमा नामांकित व्यापारीहरूले एमालेलाई आर्थिक सहयोग बन्द गर्ने धम्की दिए । त्यसपछि, ‘केटाहरूले त्यसो गरेछन, दुःख नमान्नु होला, आइन्दा यसो गर्दैनौ’ भनी तस्करहरूसँग माफी माग्ने काम भयो ।
१५। नौ महिने कालमा पर्यटनमन्त्री बनेका भीम रावलले जफ्फर अहमद र टासिपी लामालाई ऊन तथा गलैंचा विकास बोर्डमा ल्याउँदा अठहत्तर लाख रुपैयाँ नजराना लिए । निजहरूको कार्यकालमै भर्ना र राजनीतिक नियुक्तिमा समेत घूस लिने कामको सुरुआत गरेर भ्रष्टाचार गरी कम्युनिस्ट आचरण समाप्त पार्ने कार्य सुरु गरियो ।
१६। नौ महिने शासनकालमा सञ्चारमन्त्री बनेका प्रदीप नेपालले ताइवानी टेलिफोन सेट खरिद गरी सन्ताउन्न लाख रुपैयाँ कमिसन कुम्ल्याएर त्यही सेटमा जर्मनी स्टीकर टाँसी पुनः लाखौं रुपैयाँ भ्रष्टाचार गरे । यस सम्बन्धमा दूरसञ्चारबाट वितरित टेलिफोन सेटको पछाडिपट्टी टाँसेको स्टीकर हेरे थाहा हुन्छ ।
१७। कांग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जीएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो । पछि भीम रावल मन्त्री बनेपछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने पारी संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिव माधव नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे ।
१८। तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याधुनिक उपकरण जडान गरी साम्राज्यवादलाई चीनविरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चारलाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था (सीआईए) लाई स्वीकृति दिई साम्राज्यवाद र प्रभुत्ववादको निर्देशनमा चीनविरोधी क्रियाकलाप गर्ने वातावरण मिलाइदिए ।
१९। हुलासचन्द गोल्छाले विभिन्न प्रयोजनका लागि बैंकिंङ्ग कार्य गर्दा नेपाल सरकारलाई तिर्न बाँकी रहेको ब्याज रकम दस करोडमध्ये एक करोड घूस लिई अर्थमन्त्री भरतमोहन अधिकारीले तीन करोड मिनाहा गर्राई राष्ट्रको राजस्वमा घाटा पु¥याए ।
२०। उपप्रधानमन्त्री माधवकुमार नेपाल जापानको मैत्रीपूर्ण भ्रमणमा गएको बेला चालीस करोडको कुहिएको चामल स्वदेश (नेपाल) भित्र्याई ४ करोड कमिसन खाए । सोही भ्रमणमा जापानबाट प्राप्त ८० लाख रुपैयाँ पर्ने हीराको हार राष्ट्रको ढुकुटीमा जम्मा गर्नुपर्नेमा निजी बनाई बिक्री गर्न खर्च दिई विदेश पठाउने काम गरे ।
२१। नौ महिनेकालका प्रधानमन्त्री मनमोहनसमक्ष तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङ र अर्थमन्त्री भरतमोहन अधिकारीले मोहनगोपाल खेतानले विदेशी मुद्रा विनिमय नियमविपरीत काम गरी हङ्गकङ्गको इन्डोस्वेज बैंकमा जम्मा गरेको २५,०७,००० अमेरिकी डलरबाट ने.रु. १९ करोड ३९ लाख ७ हजार रकम अपचलन गरेकोमा कानुनतः ३ वर्ष कैद र सम्पूर्ण रकम राष्ट्रियकरण हुनेमा अर्थमन्त्री भरतमोहन अधिकारी र कानुनमन्त्री सुवास नेम्वाङ्गको सिफारिसमा प्रधानमन्त्री मनमोहन अधिकारीको क्याबिनेट बैठकद्वारा अदालतको मर्यादा र कानुनविपरीत मुद्दा फिर्ता गराउने काम गरी दुई करोड रुपैयाँ नजराना लिई जनता र राष्ट्रमारा काम गरे ।
२२। दुई सय किलो चरेशसहित अमेरिकामा गिरफ्तार भएका ससुराको कारोबारमा एमाले स्थायी समितिका सदस्य ईश्वर पोखरेल संलग्न भएको कुरा खुल्यो । इन्टरपोलले ईश्वरलाई गिरफ्तारी गर्न आदेश दिएपछि ओली र नेपालले प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलमार्फत ईश्वरलाई कार्यबाही हुनबाट बचाई अवैध लागुऔषध कारोबारलाई प्रश्रय दिए ।
२३। टनकपुरको राष्ट्रघातलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’को अवधारणा ल्याई राष्ट्रियताजस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन १ खरब २० अरव वर्षेनी आम्दानी हुने सेटेलाइटबाट विदेशीलाई बिजुली बेच्नेजस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्काउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो ।
२४। मदन आश्रतिको हत्याकाण्डमा संलग्न भएका भनी आशंका गरिएका राजेन्द्र खेतानसँग विद्या भण्डारीको सुमधुर सम्बन्ध कायम भयो । खेतानकी ‘माता’ बनेकी विद्याको औकातमा एक्कासी वृद्धि भयो र विद्याले माताजीको नामबाट राजेन्द्र खेतानसँग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन् ।
यी र यस्ता आरोप लगाउने नैतिकहिन संस्कृति नागरिक तथा पर्यटन उड्डयन मन्त्रीले एउटा कुरा बुभ्mनु जरुरी छ कि मेक्सिकोका वातावरण मन्त्रीले आप्mना कारण ३८ मिनेट प्लेन ढिला हुँदा राजीनामा दिएकी थिइन् । केही महिना अघि यात्रुसँग ४ मिनेट समय माग्दा वष्ष्ठि पाइलट विजय लामामाथि कार्वाही भएको थियो ।
मन्त्री भट्टराईमा पनि केही संस्कार र नैतिककता बाँकी छ भने उनले राजीनामा दिने हिम्मत गरुन् हैनभने आफु पनि विजय लामा जस्तै कार्वाहीको लागि तयार छु भनुन् । हैनभन् यस्ता अराजक मन्त्रीहरुका कारण नेपाल भ्रमण सफल होला भन्नेमा शंका छ । २० लाख पर्यटन भित्र्याउन दिनको ५ हजारभन्दा बढी पर्यटन भित्रयाउनु पर्नेमा प्रत्यक दिन १ मन्त्रीले १ घण्टा मात्रै प्लेन ढिला गर्दै गएमा के भिजिट नेपाल २०२० सफल होला त ? अस्तु ! (पत्रकार तथा लेखक खरेलकाे याे निजी विचार हाे, हाल उनी भर्जिनिया अमेरिकामा बस्छन् ।स.)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको भाग्य रेखा : गौतम बुद्ध विमानस्थल
माघ ८, २०८१ मंगलबार
दह्रो आर्थिक नीतिबिना बैंकहरूले कसरी लगानी गर्न सक्लान् ?
माघ ८, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार