देशका अधिकांश क्षेत्रमा बदली
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार १३:४९:२१
३१ भदौ, काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव देशभर अझै पनि रहेकाले मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही कारण हाल देशका अधिकांश क्षेत्रमा बदली भएको छ ।
पूर्व तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।
मौसम विश्लेषण (Meteorological Analysis):
हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ | बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल पुर्वि तराइ, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भु-भागमा पनि आँसिक देखि सामान्य बादलिको अबस्था छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
भाद्र ३१ गते (मंगलबार)
दिउँसो: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०१ गते (बुधबार)
दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राती: देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ०२ गते (बिहिबार)
दिउँसो: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।
राती: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पश्चिमि भु-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने अनि नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ|
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार