सप्तकोशीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार १७:१५:३०
३१ भदौ, काठमाडौं । सुनसरी र सप्तरीमा सप्तकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
चतरामा सप्तकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने संभावना रहेकाले सुनसरी र सप्तरीमा सप्तकोशीको तटीय क्षेत्रमा मंगलबार बेलुकासम्म नै उच्च सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
लगातार रुपमा परेको पानीका कारण संखुवासभा जिल्लाका ,अरूण नदी तुर्केघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ । बाढी मापन केनद्का अनुसार नदीमा पानीको बहाव बढ्दो रहेको छ, भने उपल्लो तटिय क्षेत्रमा बर्षा हुने क्रम जारी छ,अरूण नदीको तल्लो तटिय क्षेत्रमा भोली विहान सम्म सामान्य सतर्कता अपनाई राख्न केन्द्रले आग्रह गरेको छ ।
यस्तै आज र भोली कोसी,बागमती,नारायणी,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपुर बारा,पर्सा,चितवन,नवलपरासी,रूपन्देही,कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
यता चितवन जिल्ला माडी क्षेत्रको बनकट्टा,कल्याणपुर र आसपास पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ,रिउखोलामा जलसतह सतर्कता तह आसपास पुगेको छ र खतरा तह पार गर्ने सम्भावना रहेकोले बेलुका सम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।
हाल नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको छ र थप बर्षा हुने संभावना रहेकाले डण्डा,कावाशोती र आसपासको गिरिउवारी लगायत अन्य स-साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउने सम्भावना रहेकाले बेलुका सम्मै सतर्क अपनाउन केन्द्रले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने
मंसिर १५, २०८१ शनिबार
उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने, पर्वतारोहणमा जानेहरुलाई सतर्कता अपनाउन आग्रह
मंसिर १५, २०८१ शनिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार