बिद्यालय बाहिर कुनैपनि बालवालिका रहनु हुदैन : नगर प्रमुख सरावगी
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार १७:४८:७
३१, भदौ वीरगन्ज । शिक्षा पाउने अधिकार सबै बालवालिकाको भएकोले बिद्यालयको पहुच बाहिर कुनैपनि बालवालिका रहनु नपर्ने धारण वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले व्यक्त गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १मा रहेको पन्डित रामदेनी तिवारी आधारभुत बिद्यालयमा आयोजित पढाइ मेला कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
आजका बालवालिका नै भबिष्यको कर्णाधार भएकोले सबै बालवालिका विद्यालय जानु पर्ने बताउदै उनले प्रारम्भिक पढाइबाट नै बालवालिकाहरुको भबिष्य बलियो हुने भएकोले गुणस्तीयतामा ध्यान पुर्याउन शिक्षक शिक्षिकाहरुलाई अनुरोध गरे ।
कार्यक्रमका बिशिष्ट अतिथि उपप्रमुख सुश्री शान्ति कार्किले विद्यालयको भौतिक संरचना पुरानो भएकोले महानगरपालिकाबाट हुने सहयोग प्रदान गर्न नगर प्रमुखलाई आग्रह गरे ।
उनले शिक्षा र स्वास्थय क्षेत्रबाट महानगवासिलाई प्रदान गरिने सेवालाई महानगरपालिका आउने दिनमा अझ तदारुकताका साथ अगाडि बढने बताए।
कार्यक्रमका प्रमुख अतिथी तथा विशिष्ट अतिथि लगायतका पदाधिकारीहरुद्धारा कक्षा १ देखि ३का विभिन्न क्षेत्रमा उत्कृष्टता प्राप्त गर्ने ३०जना छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
साथै बिद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने चन्दादाता एवम शिक्षा प्रेमी राम सर्राफ, वडा अध्यक्ष मनोज कुमार गुप्ता, श्रीकृष्ण कुमार पाण्डे, इब्राहिम देवान, बिजय सहनी र प्रधानाध्यापक चन्देश कुमार चौहानलाई कार्यक्रममा सम्मान गरिएको थियो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण कुमार पान्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रधाना ध्यापक चन्देश कुमार चौहानले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार