मौसम खराब भएपछि धान खेतमै हेलिकोप्टर अवतरण
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार २०:१३:५४
३१ भदौ, काठमाडौं । आज विहानैदेखि मुलुकको मौसम बदलिएको छ । यतिखेर देशका अधिकांश भूभागमा बर्षा भइरहेको मौसम तथा जलवायु विभागले जनाएको छ ।
वर्षाका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण हुन सकिरहेको छैन । तर यही प्रतिकूल मौसमका कारण काठमाडौंका लागि विभिन्न स्थानबाट उडेका हेलिकोप्टर भने नजिकैको काभ्रे र सिन्धुलीका खेतमा अवतरण गरिएका छन् ।
सिम्रिक, मनाङ र कैलाश एयरका सात वटा हेलिकोप्टर काभ्रे र सिन्धुलीका विभिन्न स्थानमा अवतरण गराइएका छन् ।
मौसममा एकाएक खरावी आएकाले काठमाडौंका लागि उडेका हेलिकोप्टर धान खेतमा अवतरण गरिएको बताइएको छ । हेलिकोप्टरमा यात्रा गरिरहेका सबै यात्रु सकुशल रहेको सम्वद्ध एयरले जनाएका छन् ।
ती हेलिकोप्टरमा अधिकांश विदेशी यात्रु रहेका छन् । मौसम सफा भएपछि ती हेलिकोप्टर पुन ः उडाइने एयरलाइन्सहरुले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी दिपक गिरीका अनुसार, सिम्रिक एयरको हेलिकप्टर पुन: काठमाडौंको लागि उडिसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार