लागुऔषधको ओसारपसारविरुद्ध ५५४ कारोवारी पक्राउ

नेपालबहस संवाददाता
असोज १, २०७६ बुधबार १५:३०:५५

१ असोज, भद्रपुर । विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३-७४ मा १६५, आव २०७४-७५ मा १८९ र आव २०७५-७६ मा २०० लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका ५५४ मध्ये २४ विदेशी नागरिक थिए । तीन वर्षमा लागुऔषधसम्बन्धी ३५४ मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएको जनाउँदै आव २०७५-७६ मा प्रहरीले १९ किलो चरेस, दुई किलो गाँजा र ७६८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिए ।
सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागुऔषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारी धमाधम पक्राउ पर्न थालेका प्रहरी उपरीक्षक मैनाली बताउछन् ।
प्रहरीले विद्यालयमा पुगी लागुऔषधबाट बच्न विद्यार्थीलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ । विभिन्न विद्यालयमा प्रदेश सरकारको अभियानअन्तर्गत सगरमाथा टिन्स क्लब गठन कार्यसमेत तीव्ररूपमा अघि बढाइएको छ ।
अभियानले पनि लागुऔषधलाई निरुत्साहित गर्ने बताइएको छ । “विगतमा सामान बरामद हुने तर अभियुक्त पक्राउ नपर्ने गरेको देखिएको छ”, प्रहरी उपरीक्षक मैनालीले भने, “यसपटक हामीले सामान बरामदसँगै अभियुक्तलाई फुत्किन नदिने अभियान चलाएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार