राजनीति, प्रशासन, आर्थिक, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका समाचार
नेपालबहस संवाददाता
असोज १, २०७६ बुधबार १६:१८:३६
१ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले बुधबार, राजनीति, प्रशासन, आर्थिक, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका विविध समाचार प्रकाशित गरेका छन् । पत्रपत्रिकामा विभिन्न निकायमा भएका अनियमितता पनि प्राथमिकताका साथ प्रकाशित गरिएको छ ।
गोरखापत्र दैनिक : संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले सैनिक मञ्च टुंडिखेलमा असोज ३ गते आयोजना हुने बिशेष समारोह भव्य व्यवसिथत बनाउन २० बुँदे निर्देहशन दिएको छ ।समारोहमा उपस्थित हुने अति विशिष्ट, तथा आमन्त्रित पाहुनाको लागि त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सबै सुरक्षा निकार्यलाई सचेत गराइएका छ ।
कान्तिपुर दैनिक : भूमि सम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दी भन्दा बढी राख्न दिइएको हजारौ बिघा जग्गा मासिने जोखिम बढेको छ ।
विधेयकको दफा १२ मा उद्योग प्रतिष्ठान, कम्पनी, सस्था कुनै कारणले विघटन भएमा या लिक्विडेसनमा गएमा त्यस्ता उद्योग , प्रतिष्ठान, कम्पनी, संस्थाकमृ दायित्व फरफरक गर्ने प्रयोजनका लागि जग्गा बिक्रीबितरण गर्न बाधा परेको मानिने छैन ’ भन्ने व्यवस्था छ ।
नागरिक दैनिक : राजनीतिक पहुँच र कर्मचारीको मिलिमतोमा वर्षौदेखि काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँच दर्जनलाई मात्र राखिएको छ ।
कानुन अनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी तथा सप्लायर्सलाई कालो सूचीमा राख्ने राख्ने जिम्मेवारी सार्वजनिक खरिद तथा अनुगमन कार्यालयको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष काम नगर्ने १८४८ कम्पनी रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर अनुगमन कार्यालयले त्यस मध्ये ५८ कम्पनीलाई मात्रै कालो सूचीमा राखेको छ ।
राजधानी दैनिक : विकास र समृद्धिको मुख्य नारा बोकोको वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले करोडौं मूल्यका आधा दर्जनभन्दा बढी सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ ।
समाचारका स्रोतका अनुसार ती सरकारी गाडी श्रीमतीदेखि ज्वाइँ तथा नातेदारबाट दुरुपयोग हुँदै आएका छन् । मन्त्रीले हालै मात्रै विलासी गाडी झिकाएका छन् भने क्वार्टर र गृह जिल्ला जनकपुरका लागि छुट्टाछुट्टै गाडी स्ट्यान्डबाई अवस्थामा राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार