भारतको केन्द्रिय सरकारको नयाँ योजना : विद्युतीय चुरोट प्रतिबन्ध
नेपालबहस संवाददाता
असोज १, २०७६ बिहिबार २:४२:४९
१ असोज, एजेन्सी । भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् ।
निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताए ।
“केन्द्रीय मन्त्रिपरिषद् बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ, यसको अर्थ विद्युतीय चुरोट उत्पादन, किनबेच, ओसारपसार, भण्डारण र विज्ञापन गर्न नपाउने पनि हो,” उनले भने ।
संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनलाई उद्धृत गर्दै अर्थमन्त्री सीतारमणले सन् २०११ र २०१५ देखि २०१६ सम्ममा विद्युतीय चुरोट प्रयोगकर्ताको सङ््ख्या ९०० प्रतिशतले वृद्धि भएको बताए ।
विद्युतीय चुरोट प्रतिबन्ध निर्देशिका २०१९ मा विद्युतीय चुरोट प्रयोग गरेमा के के कारबाही हुने भन्ने व्यवस्था गरिएको छ ।
विद्युतीय चुरोट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा अझ कडा कारबाहीको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।
सूचना तथा प्रसारणमन्त्री प्रकाश जाभादेकरले विद्युतीय चुरोट प्रतिबन्ध लगाउनुपर्ने बेला भएको बताए । उनले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पर्याप्त छलफलपछि मन्त्री परिषद्मा पेस भएको र पारित गरिएको पनि जानकारी दिए ।
“यो एकदमै स्वागत योग्य कदम भएको छ, यस्ता व्यवस्थाले जहिले पनि राम्रो गर्नेछन्,” उनले पत्रकारहरुसँग भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
माघ ८, २०८१ मंगलबार
तालिबान सरकारले दुई अमेरिकी रिहा गर्दै
माघ ८, २०८१ मंगलबार
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : आर्मीको दोस्रो जित, कोशी पराजित
माघ ८, २०८१ मंगलबार
बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
माघ ८, २०८१ मंगलबार
हत्या गरिएको अवस्थामा युवकको शव भेटियो
माघ ८, २०८१ मंगलबार
कार्यकारी आदेशको वर्षासँगै अमेरिकाको बागडोर सम्हाल्दै ट्रम्प
माघ ८, २०८१ मंगलबार
मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी
माघ ८, २०८१ मंगलबार
क्यानको अनुशासन कारबाहीमा परे सन्दीप लामिछाने, एक खेल खेल्न प्रतिबन्ध
माघ ८, २०८१ मंगलबार