अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन नियुक्त

नेपालबहस संवाददाता
असोज २, २०७६ बिहिबार १७:३८:२४

२ असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर यसको जानकारी दिएका हुन् ।
विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउँदा आफूलाई खुसी लागेको ट्रम्पले बताएका छन् । ब्रायनसँग अघिल्ला राष्ट्रपतिहरु जर्ज डब्लु बुश र बराक ओबामासँग पनि काम गरेको अनुभव छ ।
यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गत हप्ता राजीनामा दिएका थिए । ट्रम्पले राजीनामा दिन भनेकाले नै उनले पद त्यागेको बताइएको छ । यद्यपि बोल्टनले भने यसबारे केही बताएका छैनन् ।
रोबर्ट ब्रायन राष्ट्रपति ट्रम्पको यो कार्यकालमा काम गर्ने चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् । ब्रायनअघि माइकल फ्लिन, एच आर म्याकमास्टर र जोन बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकार भएर ट्रम्पसँग काम गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार