फिफा नयाँ वरियतामा नेपालको ५ स्थान सुधार !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असोज २, २०७६ बिहिबार २०:३७:५२
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२ असोज, काठमाडौं । फिफा वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो ।
नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो ।
कतारमा सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले हालै समूह चरण अन्तर्गत कुवेत र चाईनिज ताइपेसँग खेलेको थियो । जसमा नेपालले कुवेतसँग ७-० को हार व्यहोर्दा ताइपेलाई २-० ले पराजित गरेको थियो ।
दक्षिण एसियाको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको माल्दिभ्स १ सय ५३ औ स्थानमा छ । भारत १ सय ४ औं स्थानमा छ । नेपालभन्दा तल रहेको भुटान १ सय ८५ औं, बंगलादेश १ सय ८७, पाकिस्तान २ सय ३ र श्रीलंका २ सय २ औं स्थानमा रहेका छन् ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौंथो र पोर्चुगल पाँचौं स्थानमा रहेका छन् । त्यस्तै छैटौं स्थानमा उरुग्वे, सातौं स्पेन, आठौंमा क्रोएसिया, नवौंमा कोलम्बिया र दशौंमा अर्जेन्टिना रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
आहा रारा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले चुम्यो
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार