प्रदेश २ मा जुवा अखडा, प्रहरीलाई लाग्यो दशैं

नेपालबहस संवाददाता
असोज ३, २०७६ शनिबार ४:१२:४१

३ असोज, काठमाडौं । हिन्दूहरुको महान् चाड दशैंको पूर्वसन्ध्यामा तराईका जिल्लाहरुमा खुद्रे तस्करी र जुवा खेलले फेरि एकपटक टाउको उठाउने मौका पाएको छ । भारतसँग सीमाना जोडिएका २ नम्बर प्रदेशका आठै जिल्लामा खुद्रे तस्करी र जुवा खेलले उदाउने मौका पाएको बताइएको छ ।
यतिबेला धनुषाको सपही ईलाकामा यतिबेला ठूलो जुवाखाल संचालन भइरहेको समाचार छ । सो जुवाखाल धनुषाका किशोरी साहले संचालन गर्ने गरेको बताइएको छ । उनी विगत दुई दशकदेखि २ नम्बर प्रदेशमा घुम्ती जुवा अखडा संचालन गर्ने नाइके हुन् । उनले प्रदेश २ प्रहरी कार्यालयका घुमुवा, ईन्चार्ज महेन्द्र साहलाई मासिक पाँच लाख दिएर सो जुवा अखडा संचालन गर्ने गरेको समाचार स्रोतले दावी गरेको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयका घुमुवा सन्तोष झालाई मासिक तीन लाख र ईलाका प्रहरीलाई मासिक एक लाख भाग लगाएर साहले साे स्थानमा निर्वाध रुपमा ठूलो जुवा अखडा संचालन गर्ने गरेको बताईएको छ । त्यहाँ दैनिक ५० लाखसम्मको कौडा खेलमा हारजित हुने गरेको स्रोतको दावी छ ।
विगतमा संघीय प्रहरी एकाई कार्यालयका प्रमुख शेखर कोइरालाका प्रिय पात्र रहेका घुमुवा सई महेन्द्र साहले महोत्तरीको रामगोपालपुरमा पनि अवैध रक्सी भट्टीहरु संचालन गर्न दिएवापत प्रति भट्टी १० हजारदेखि एक लाखसम्म लिने गरेको बताइएको छ । रामगोपालपुर र आसपासका क्षेत्रमा संचालित अवैध रक्सी भट्टीहरु यसअघिका एसपी ईश्वर कार्कीले छापामारेर बन्द गराएका थिए ।
प्रदेश घुमुवा साहले आफ्नै भाईपर्ने सुरेश साहलाई औरी र बाडरिया नाका जिम्मा लगाएको बताइएको छ । तस्कर सुरेश साहले सो नाकाबाट खुद्रे तस्करी गर्दै आएका छन् । तस्कर सुरेश विगत लामो समयदेखि धनुषामा २ नम्बरी व्यापारीका रुपमा परिचित छन् । उनले ती नाकाबाट नुनदेखि सुनसम्म चोरी पैठारी गर्दै आएका छन् ।
अप्रेशन जनकपुर
जनकपुरबाट यतिबेला जिल्ला तथा प्रदेश प्रहरीका घुमुवासँग समन्वय गरी जनकपुरका नामुद तस्करहरु सोहन जलान, रहमान मियाँ, प्रल्हाद चौलागाईं, उमेश साह र जयकुमार यादव लगायतले खुद्रे तस्करी गरीररहेको बताइएको छ । विगतमा यि तस्करले प्रहरी प्रशासनको सेटिङमा ठूलो मात्रामा तस्करी गर्ने गरेपनि पछिल्लो समय सबैको ध्यान २ नम्बर प्रदेशमा भएका कारण तस्करीको शैली बदलेका छन् ।
विगतमा ट्रक र ट्याक्टर मार्फत सेटिङमा तस्करी गर्ने यो समुहले यतिबेला भने मोटरसाईकल, ट्याक्टर, बयलगाडा र साईकल मार्फत छोटी नाकाहरुबाट तस्करी गर्ने गरेको स्रोतले बतायो । तस्कर जलानले विगतमा भन्सार सेटिङ मार्फत कुर्ता सुरुवालदेखि सटिङ सुटिङको कारोबार गर्ने गर्छन् ।
त्यस्तै राममान मियाँले जटही नाकाबाट कपडा, चौलागाईंले खजुरी नाकाबाट कपडा भन्सार छलेर नेपाल भित्र्याउने गरेका छन् भने उमेश साहले मरिच र छोकडा नेपालबाट ठूलो मात्रामा भारत निकासी गर्ने गरेको समाचार स्रोतले नेपालबहसलाई जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार