पूर्वप्रधानमन्त्री हाेइन, खेतालाको पहिचान बनाउन उद्दत डा.भट्टराई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ४, २०७६ शनिबार २२:३४:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/baburam_7knRDXCBK5.jpg)
४ असोज, काठमाडौं । प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुगीसकेका डा. बाबुराम भट्टराईका पछिल्ला अभिव्यक्तिले उनको असली हैसियत र पहिचान खुलाउने काम गरेको छ । साथै उनी कस्का लागि काम गर्ने मानिस हुन् भन्ने पुष्टी पनि आफैँले गर्दै हिँडेका छन् ।
मुलुकमा जातीय, धार्मिक द्वन्द्व र बिग्रह फैलाएर अस्थिर बनाउने उनको मनसाय छर्लङ्ग हुन थालेको छ । कुनै बेला नेपाली जनताले साह्रै पत्याएको र भर गरेको राजनीतिज्ञको छवि बनाएका डा. बाबुराम अहिले खिइएर बामपुड्के देखिन थालेका छन् भन्दा फरक नपर्ला ।
हिजो संविधान दिवसको उपलक्ष्यमा आयोजित एउटा अन्तक्र्रिया कार्यक्रममा डा.भट्टराईले गरेको टिप्पणीले उनको छुद्रता र आपराधिक सोच उजागर भएको छ । वर्तमान संविधान अपूरो छ भन्ने सन्दर्भमा उनले भने नेपालको विकास गर्ने हो भने जातीय पहिचान झल्कने गरी प्रदेशहरु निर्माण गरिनु पर्छ । यदि जातीय पहिचान झल्कने प्रदेश बनाउने हो भने यो मुलुकमा कतिवटा प्रदेश बन्लान् ? पहिलो प्रश्न ।
उता, जातीय पहिचनानको प्रदेश बनाउनुपर्छ भन्ने डा. बाबुरामले धार्मिक पहिचानको मुद्धा चाहिँ देखेनन् । हिन्दू धर्म मान्ने नेपालीको भावना बमोजिमको पहिचान चाहिँ नचाहिने ? डा. भट्टराईले भारत र अमेरिकामा जातीय आधारमा प्रदेश निर्माण भएको उदाहरण त दिए तर नेपालको अवस्था भने उनले प्रष्ट्याउन आवश्यक ठानेनन् । यदि संविधानमा सुधार गर्न पर्ने यो विषय प्रारम्भदेखि नै थियो भने यतिखेर मात्रै किन उठाइरहेका छन् ? उनले भने जस्तै कांग्रेस र एमालेलाई लतारेर संविधान ल्याउन वाध्य पारेको सही हो भने उनले यो विषय चाहिँ किन त्यसै थाँती राखेका हुन् ? संविाधान जारी हुनेबेला डा. बाबुराम आफैं संवैधानिक समितिका सभापति थिए । अहिले जातीय राज्य चाहिन्छ भन्नले हिजो किन बोलेनन् ?
जातीय संघ बनाउने तिर जाने हो भने हामी स्थायी द्वन्द्वमा प्रवेश गर्ने छौं । नेवार, बाहुन, क्षेत्री , मगर, शेर्पा, भोटे , गुरुङ, राई , चेपाङ, मधेस ….. लगायत सयौं राज्य निर्माण गर्ने उनको तर्क कतिको जायज होला ? हिजो संविधानको ड्राफ्ट तयार गर्दा उनले यो विषयलाई किन उठाएनन् र अहिले बेफ्वाँकमा यी कुरा आइरहेका छन् भन्ने कुराले नै धेरै प्रश्नको जवाफ दिइसकेको छ ।
सबैलाई थाहा छ डा. बाबुराम भट्टराई कुन गिलासको पानी पिउँछन् भन्ने । झण्डै ९० प्रतिशत नेपालीको आस्था र विश्वास हिन्दू धर्मप्रति छ । त्यसो भए नेपाललाई हिन्दू गणराज्य घोषित गर्न किन नहुने ? यस विषयमा डा. भट्टराई चुइँक्क बोल्दैनन् । किनभने उनका मालिकले यो बोल्ने अनुमती डा. बाबुरामलाई दिएको छैन । सधैं अर्काको बुख्याँचा बनेर बस्ने उनको स्वभावले नै आज यस्ता बेतुकका कुरा उठाउन उनी वाध्य पारिएका छन् । प्रधानमन्त्री जस्तो प्रतिष्ठित पदमा पुगिसकेका मानिसले यस्ता गैर जिम्मेवार कुरा किन गर्छ ? किनभने आदेश नै त्यही प्राप्त छ ।
पछिल्लो चरणमा उनी उपेन्द्र यादवको हली बनेका छन् । सधैं अस्थिर स्वभाव देखाउने उनको यो प्रवृत्तिले आज उनी जातीय राज्य बनाउनु पर्ने पितुर्के कुरा गर्न विवश छन् । नेपालमा जातीय द्वन्द्व चर्काउने र अस्थिरता निम्त्याउन चाहनेको जमात बलियो छ । त्यसैको नेपाली एजेण्टका रुपमा अहिले उपेन्द्र यादवको पार्टीलाई आर्थिक लगायत आवश्यक सबै खाले सहयोग प्राप्त भइरहेको छ । यदि साँच्चै बाबुरामले भने जस्तै विभिन्न जातजातीको नाममा प्रदेशको नामाङ्कन र सिमाङ्कन गर्ने हो भने नेपालमा कतिवटा राज्य बन्लान् ?
मधेसमा पनि उपल्लो जातीले अवसर एकलौटी पाएका छन् । झा, मिश्र, यादव, देव, त्रिपाठीहरु नै सबैभन्दा बढी अवसर पाउने मधेसी हुन् । चमार, डुम वा लोहारले कुनै अवसर पाएको छ भने खोज्दा हु्न्छ । त्यसैले बाबुरामको हावादारी कुरा पानीको फोको मात्रै हो । आज एउटा कुरा गर्ने भोलि अर्कै गर्ने उनको पहिचान नै बनिसकेको छ । त्यसैले आफ्नो भन्दा अर्काको एजेण्डा बोक्ने भरिया मात्रै भएकाले बाबुरामको राजनीतिक हैसियत आगामी दिन अझै खुम्चिने पक्का छ । भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न
पूर्वप्रधानमन्त्री रहेका बाबुरामलाई यसको ख्याल नभएको त पक्कै होइन । अब नेपाल विस्तारै स्थिरतातिर जान लागेको हो की भन्ने बुझाई केही पश्चिमालाई लागेको हुन सक्छ । त्यसलाई चिर्न नै अहिले बाबुरामलाई उपेन्द्रको खेताला बनाइएको छ । बाबुरामको यही शैली र चरित्रले आज उनको उँचाई बामपुड्के भइसकेको छ ।
मुलुकको विकास नहुनुमा जातीय संघीयता नहुनु नै मुख्य कारण भएको उनको ठहर नै लंगडो र बेतुकको छ । जातीय संघ बनाउने तिर जाने हो भने हामी स्थायी द्वन्द्वमा प्रवेश गर्ने छौं । नेवार, बाहुन, क्षेत्री , मगर, शेर्पा, भोटे , गुरुङ, राई , चेपाङ, मधेस ….. लगायत सयौं राज्य निर्माण गर्ने उनको तर्क कतिको जायज होला ? हिजो संविधानको ड्राफ्ट तयार गर्दा उनले यो विषयलाई किन उठाएनन् र अहिले बेफ्वाँकमा यी कुरा आइरहेका छन् भन्ने कुराले नै धेरै प्रश्नको जवाफ दिइसकेको छ ।
पहिचान सहितको संघीयताले के कस्तो फाइदा हु्न्छ भनेर अन्यत्रको उदाहरण दिन सकेको भए एउटा तर्क हुन सक्थ्यो । तर उनी यस्ता कुरा बिना आधार बोलीरहेका छन् । भारत र अमेरिकाको उदाहरण दिएर नेपालको विकासको सपना देखाउन खोज्छन्् । पहिचान मात्रैले विकास हुनेथ्यो भने आज बंगलादेश विश्वकै सबैभन्दा समृद्धशाली मुलुक हुनुपर्ने हो ।
जातीय राज्य बन्दा अवसर प्राप्त हुने र आर्थिक समृद्धि हासिल हुने उनको तर्कलाई एकैछिन मान्ने हो भने मधेशकै उदाहरण पर्याप्त छ । मधेसीले पाउने आरक्षण कस्ले बढी उपभोग गरको छन् त ? मधेसमा हुनेखाने र पढेलेखेकाले मात्रै सबै अवसर कुम्ल्याएका छन् । मधेसमा पनि उपल्लो जातीले अवसर एकलौटी पाएका छन् । झा, मिश्र, यादव, देव, त्रिपाठीहरु नै सबैभन्दा बढी अवसर पाउने मधेसी हुन् । चमार, डुम वा लोहारले कुनै अवसर पाएको छ भने खोज्दा हु्न्छ । त्यसैले बाबुरामको हावादारी कुरा पानीको फोको मात्रै हो । आज एउटा कुरा गर्ने भोलि अर्कै गर्ने उनको पहिचान नै बनिसकेको छ । त्यसैले आफ्नो भन्दा अर्काको एजेण्डा बोक्ने भरिया मात्रै भएकाले बाबुरामको राजनीतिक हैसियत आगामी दिन अझै खुम्चिने पक्का छ । भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न । नेपाली जनताले पनि बाबुरामको सन्दर्भमा यस्तै भन्नुपर्ने वाध्यता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बन, आचारसंहिता उल्लंघन गरेको आरोप
असार २१, २०८१ शुक्रबार
अशोक राई नेतृत्वको जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
असार २१, २०८१ शुक्रबार
महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
असार २१, २०८१ शुक्रबार
सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता
असार २१, २०८१ शुक्रबार
सहकारी ठगीः ११ अर्ब ६६ करोड रकम दाबिसहित ५५ हजार ४ सय पीडितले दिए उजुरी, ९८ मुद्दा कारवाहीमा
असार २१, २०८१ शुक्रबार
असार २८ गते विश्वासको मत लिन प्रधानमन्त्रीले संसद सचिवालयमा पठाए पत्र
असार २१, २०८१ शुक्रबार