हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ६, २०७६ सोमबार १४:४४:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/domestic-and-international-tourists_bT7o7Gu2f6.jpg)
६ असोज, रसुवा । शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रूपमा बढ्न थालेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता शिवलाल गैरेका अनुसार लाङटाङ तथा गोसाइकुण्ड क्षेत्रमा आउने विदेशी पर्यटकको भ्रमण गर्ने मौसम शुरु भइसकेको र दैनिक सरदर २५ जनाका दरले आगमन हुन थालेको छ ।
वर्षा ऋतुअन्तर्गत गत भाद्रमा ४८३ विदेशी पर्यटकको आगमन भएकामा शरद ऋतुको आगमनसँगै पर्यटकको सङ्ख्यामा दिनानु दिन वृद्धि हुन थालेको हो । लाङटाङ तथा गोसाइकुण्डका साथै तामाङ सम्पदा मार्गको घरवास गतलाङको पार्वतिकुण्ड, स्थानीय वेषभूषा, स्थानीय परिकारको खानपिन, गतलाङ गाउँको स्वागत सत्कारले पर्यटकको आत्मीयता गाँसेको गतलाङका पर्यटन व्यवसायी एवं पाल्दोरपिक युवा क्लबका अध्यक्ष फुर्पु तामाङले जानकारी दिए ।
विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएका पर्यटकीय संरचना पुनःनिर्माण गर्ने कार्य सम्पन्न भई खान र बस्न सहज भएपछि पर्यटकको आगमन वृद्धि भएको र लाङटाङको क्याङजेनमा एक रातमै ५०० जनासम्म बास बस्न सक्ने क्षमताका होटेल तथा लज निर्माण एवं सुधारका कार्यमा वृद्धि भइसकेको लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाले बताए ।
पर्यटक लाङटाङ पुग्ना साथ भूकम्पसँग आएको पहिरोका कारण पुरिएको लाङटाङ भित्रको लाङटाङ गाउँको भग्नावशेष क्षेत्रमा पहिलो अवलोकन गर्ने लामाले जानकारी दिए । विसं २०७२ को भूकम्पको धक्कासँगै समुन्द्री सतहदेखि छ हजार २०० मिटर उचाइको पेप्छे हिमताल फुटि आएको हिमपहिरोले पूरै गाउँ पुरिएर लाङटाङका १७५ बासिन्दा तथा केही पर्यटक एवं पथप्रवद्र्धकसमेतको मृत्यु भएको थियो ।
लाङटाङ, गोसाइकुण्ड र तामाङ सम्पदा मार्गका अलवा कालिका स्थान, ज्यालङ, लोकिलदेखि गोसाइकुण्डको पदमार्गमा पनि विकसित हुँदै गएको रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । रसुवा तथा नुवाकोटको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तब्यको खोजी छनोटको कार्यसमेत अगाडि बढिरहेको, पर्यटन बोर्डमार्फत सम्बन्धित स्थानीय तहमा रकम विनियोजन गराउने काम सम्पादन गर्दै आएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
यस्तै पर्यटन वर्ष २०२० सफल पार्न र बढीभन्दा बढी पर्यटक रसुवा भित्र्याउने उद्देश्यले गाउँपालिकास्तरीय पर्यटन भ्रमण वर्ष मनाउन शुरु गरिसकिएको सबै क्षेत्रबाट सहयोग मिल्नेमा आफू पूर्ण आशावादी भएकोे गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।
लाङटाङ तथा गोसाइकुण्ड क्षेत्रका पर्यटकीयस्थल आफ्नो कार्य क्षेत्रमा पर्ने भएका र भ्रमणमा आएकालाई खाने तथा बस्नेसमेतको व्यवस्थापन मिलाउन अग्रसर गराउने स्थानीय सरकारको समेत दायित्व भएकाले भ्रमण वर्ष सफल पार्न जागरण अभियानअन्तर्गत सन् २०१९ लाई गाउँपालिकास्तरीय भ्रमण वर्ष घोषणा गरी अतिथि सत्कारको व्यवस्थापनमा जागरण ल्याउने कार्य अगाडि बढिरहेको अध्यक्ष तामाङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली सरकारका सात महिनाः आयव्यय दुवै कमजोर
फागुन २, २०८१ शुक्रबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घट्यो
माघ २६, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार