सामाजिक सेवा दिवसमा नेपाल प्रहरीको सहभागिता
नेपालबहस संवाददाता
असोज ६, २०७६ मंगलबार ०:४०:४७
६ असोज, काठमाडौं । ४० औं सामाजिक सेवा दिवस समारोह २०७६ को अवसरमा “सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट” भन्ने नारा सहित सोमबार समाज कल्याण परिषद्द्वारा आयोजित प्रभातफेरीमा नेपाल प्रहरीले सहभागिता जनाएको छ ।
प्रभातफेरीमा समाज कल्याण परिषद्का अध्यक्ष एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, समाज कल्याण परिषद्का पदाधिकारीहरु, नेपाल प्रहरीको संगीत टोली, प्रहरी अधिकृत तथा जवानहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, परिषद्का अधिकृत तथा कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवं समाजसेवीहरुको सहभागिता रहेको थियो ।
सामाजिक सेवाभाव, सचेतना एवं सन्देशमुलक व्यानर तथा प्लेकार्ड सहित भृकुटीमण्डपबाट शुरु भएको उक्त प्रभातफेरी शहिदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा पुगेर समारोहमा परिणत भएको थियो ।
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० ठेगाना भएकी ४६ वर्षीय विमला थापालाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
थापालाई जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त व्यूरोले जनाएको छ ।
लुटपाट गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं टोखा नगरपालिका–१० बस्ने पाँचथर फिदिमका २९ वर्षीयको पुरुषलाई लुटपाट गरेको अभियोगमा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोगबुस्थित नमस्ते नेपालमा काम गरी बस्ने कैलाली धनगढीका प्रेम श्रेष्ठ र काठमाडौं मित्रनगर बस्ने बाँके घर भएका १८ वर्षीय रेवन गिरी रहेका छन् ।
अभियुक्तले पुरुषलाई ढुङगा प्रहार गरी उनको साथमा रहेको नगद ४७ हजार रुपैयाँ र मोबाईल १ थान लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । ढुंगा प्रहारबाट घाइते भएका पुरुषलाई उपचारका लागि अल नेपाल अस्पताल सामाखुसी पठाइएको छ ।
जुवातास खेल्ने पक्राउ
बझाङ जयपृथ्वी नगरपालिका–१० दौलीचौर टोल बस्ने मानबहादुर बोहरा लगायत ५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख १९ हजार ५ सय ७२ रुपैयाँ र ३ बुक तास सहित आइतबार राति प्रहरी पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
करेन्ट लागेर मृत्यु
सिराहा, लहान नगरपालिका–१८ अमही बस्ने ४० वर्षीय सियाराम महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाउको छ ।
पहिरोमा परी एक जनाको मृत्यु तथा धनमाल नष्ट
पर्वत, कुश्मा नगरपालिका–७ खरियास्थित पोखरा बाग्लुङ सडकमा पहिरो जाँदा मोरङ घर भएका २४ वर्षीय कमल राईको पहिरोमा पुरिएर सोमबार बिहान मृत्यु भएको छ ।
संखुवासभा, चैनपुर नगरपालिका–७ भण्डारी मोड बस्ने भगवती भण्डारीको घर सोमबार राति पहिरोले पुरिँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार