एनआरएनए युरोप संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेद्बारी घोषणा

नेपालबहस संवाददाता
असोज ७, २०७६ मंगलबार १७:२७:४९

७ असोज,स्पेन । आगामी अक्टोबर १५–१७ मा काठमाडौंमा हुन गैरहेको एनआरएनए आइसीसीको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप संयोजक तथा समाजसेवी एवम् बेल्जियमका लागि पर्यटन बोर्डका मानार्थ पर्यटनदुत शिवकुमार बरुवालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेद्बारी दिने भएका छन ।
युरोप संयोजकको हैसियतले २ बर्ष कार्यकाल सफलतापुर्बक सम्पन्न गरी आगमी दिनमा एनआरएनएको अभियानलाई अझ समृद्ध र सुदृढ गरि सबै गैरआवासीय नेपालीहरुको अपनत्व हुने गरी नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो सहयात्रीको रुपमा स्थापित गर्न आफुले एनआरएनको सचिव पदमा उम्मेद्बारी दिन लागेको उनले नेपालबहसलाई बताए ।
एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै एनआरएनए संस्थाप्रति दत्तचित भई लागेका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं यो अभियानमा आएका थिए । २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७–२०१९ मा एनआरएनए युरोप संयोजकमा निर्बाचित भै हाल युरोप संयोजकको हैसियतले एनआरएनएका बिभिन्न गतिविधिमा प्रत्यक्ष संङ्लग हुदै आएका छन् ।
उनी युरोप संयोजकमा निर्बाचित भैसकेपछि युरोप क्षेत्रमा एनआरएनएको संजाल बिस्तार गर्ने क्रममा माल्टा , स्लोभाकिया जस्ता देशहरुमा एनआरएनको राष्ट्रिय समिति गठन गरी युरोप क्षेत्रमा २८ वटा देशमा एनआरएनए संजाल बिस्तार गर्न उनको महत्वपूर्ण भुमिका समेत रहेको थियो । त्यस्तै उनले आफ्नो कार्यकालमा २०१८ मा लक्जम्बर्गमा २०१९ मा इटलीमा दुई वटा सफल युरोपियन भेला सम्पन्न समेत गरेका थिए ।
एनआरएनएको उदेश्य अनुरुप २०१८ मा लक्जम्बर्गको प्रथम पटक नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी नेपालमा सीप तथा प्रबिधि र पुँजीलाई कसरी नेपाल लैजाने भन्ने बिषयमा छलफल भएको थियो भने यसबर्ष इटलीमा नेपाल सरकारका कानुन मन्त्री, युरोपभरिका राजदुत नेपाली राजदूतहरू, पर्यटन सचिव नेपाल भ्रमण बर्षका संयोजक सुरज बैद्य लगायत सम्पुर्ण एनआरएनएका अभियन्ताहरुको उपस्थितिमा सयौंको सङ्ख्यामा इटलीका नागरिकलाई उपस्थित गराई नेपाल भ्रमण बर्षको प्रचार प्रसार समेत गराउन सकारात्मक भुमिका निर्वाह गरेका थिए भने भोलिपल्ट नेपालका कानुनमन्त्रीको उपस्थितीमा एनआरएनएको गैरआवासीय नेपाली नागरिकता दिने कुरा कानुनमा के भै रहेको छ गैरआवासिय नेपालीले आर्जन गरेको सम्पत्ति अबको कानुनमा के हुने जस्ता बिषयमा छलफल र अन्तरक्रिया समेत गराउन सफल भएका थिए । अन्तरक्रिया पश्चात एनआरएनएको नगरिकता सम्बन्धी धेरै कुरा अन्यौलमा रहेको बेला कानुनमन्त्रीमार्फत प्रष्ट बनाउन सकारात्मक भुमिका निर्वाह समेत रहेका थिए ।
आफ्नो कार्यकालमा एनआरएन आईसीसीले सुरु गरेक हरेक कार्यक्रमदेखि एनआरएनएको विभिन्न क्षेत्रमा भएका क्षेत्रीय भेलामा पनि उनी प्रत्यक्ष रूपमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
सन २००० मा आफ्नो अध्ययनको क्रममा बेल्जियममा पुगेका बरुवाल बेल्जियम पुग्ना साथ बेल्जियममा विभिन्न संघसस्थाको संस्थापक हुँदै हाल बेल्जियमका सबै क्रियाशिल संघ–संस्थाहरुमा उनी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगी बन्दै नेपालीहरूको दुखमा मल्हम लगाउन हरेक क्षेत्रमा सक्रिय रहँदै समाजसेवा नै मानविय धर्म हो भन्दै अहोरात्र खटिदै आएका छन् । एनआरएन र विभिन्न सामजिक संस्था मार्फत उनले नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम गरी असल माननिय कार्यमा संलग्न हुँदै आएको बेल्जियमबासीहरू बताउँछन् ।

बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्टस्टोर , रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर सफलतापुर्वक सञ्चालन गरेका छन भने हाल बेल्जियमका ब्यबसायीहरुलाई एकताबद्ध बनाउदै सामुहिक रुपमा नेपाल हाइड्रो र कृषि क्षेत्रमा लगानी भित्र्याउन काम समेत अग्रसर हुँदै आएका छन ।
बरुवाल नेपाल पर्यटन बोर्डको बेल्जियमका लागि मानार्थ पर्यटन दुत समेत रहेका ब्यक्ति हुन भने बेल्जियम र युरोपभरी पर्यटन प्रबर्द्धनमा पनि विभिन्न कार्ययोजना बनाएर सक्रिय भुमिका निभाउदै आएका सामाजिक अभियन्ता समेत हुन् ।
एनआरएनका उदेश्य र क्षेत्रअन्तर्गत सबै ठाउँमा आफुलाई सामाजिक अभियान्ताका रूपमा अब्बल सावित गर्नका लागि बरुवालले आफ्नो जिम्मेवारीलाई माननिय सेवाको रूपमा दत्तचित्त भई लगनशीलताका साथ सम्पन्न गर्दै आएका सफल समाजसेवीको रूपमा स्थापित गर्न सफल भएका बरूवालको गतिविधिलाई नियाल्दै आएकी स्पेनबासी मनिषा लामिछाने बताउँछिन् । आगामी एनआरएनएको कार्यकालको लागि पनि सबैको प्रिय सक्षम र अब्बल उम्मेद्बारको रुपमा युरोप संयोजक शिवकुमार बरुवाललाई लिईएको युरोपबाट पत्रकारिता गर्दै आएका दीपेन्द्र गजुरेल बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्रिटिस कोलम्बियाको सरेमा मोबाइल कन्सुलर क्याम्प
फागुन ८, २०८१ बिहिबार
खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल
फागुन ७, २०८१ बुधबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
पाँच सय होइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन १२, २०८१ सोमबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन १२, २०८१ सोमबार
डिआइजी भट्टराई एआइजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने
फागुन ११, २०८१ आइतबार
राष्ट्रिय शहरी र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहका सरकारले समन्वय गर्ने
फागुन ११, २०८१ आइतबार
नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
फागुन ११, २०८१ आइतबार