चिता पनि पैसाकै बनाउने हो साहुजी ?
नेपालबहस संवाददाता
असोज ७, २०७६ बुधबार २:३:३४
♦ प्रकाश परिष्कार
७ असोज,रामेछाप । जिल्ला प्रशासन कार्यालय, रामेछापको पटकपटकको बजार अनुगमनको नतिजाले रामेछापका केही व्यापारीहरूको पर्यावाची शब्द ‘ठग’ को रूपमा चित्रण हुने गरेको छ । सर्वसाधारण नागरिकहरूलाई बेचिने उपभोग्य सामाग्रीहरू मिति गुज्रेको अवस्थामा बेचिरहेका केही व्यापारीहरूका त्यस्ता सामान प्रशासनले जफत गरेसँगै आम जनमानसमा यस्तो धारणा बन्दै गएको हो ।
देवकोटा चोकमा रहेको लक्की हार्डवेयर र जिल्ला प्रशासन कार्यालय जाने बाटो सँगै रहेको बि.एस. हार्डवेयरबाट मिति नाघेका सामानहरू बरामद भएको हो । जसमा लक्की हार्डवेयर एण्ड सप्लायर्सबाट एपोलो इनामेल ३२ लिटर, क्लिनर ३८ लिटर, र बि.एस. हार्डवेयरबाट डाँफे इनामेल ३० लिटर म्याद नाघेको अवस्थामा बरामद भएको छ ।
विगत केही समय पहिला मात्रै जिल्ला प्रशासनले गरेको बजार अनुगमनको बेला भेटिएका यस्तै म्याद गुज्रेका सामाग्रीहरू बेचबिखन गरेको प्रमाण बाहिर आएसँगै फेरि अर्को त्यस्तै प्रकृतिको घटना बाहिर आएको छ । गत बुधबार जिल्ला प्रशासन कार्यालयले मन्थलीमा रहेका केही हार्डवेयर पसल र भाँडा पसलहरूमा छापा मार्दा यस्ता मिति गुज्रेका र भनेजति परिमाण नभएका तौलने बस्तुहरूको प्रयोग भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले गरेको अनुगमनका सदस्य लक्ष्मण भुजेलले जानकारी दिए अनुसार देवकोटा चोकमा रहेको लक्की हार्डवेयर र जिल्ला प्रशासन कार्यालय जाने बाटो सँगै रहेको बि.एस. हार्डवेयरबाट मिति नाघेका सामानहरू बरामद भएको हो । जसमा लक्की हार्डवेयर एण्ड सप्लायर्सबाट एपोलो इनामेल ३२ लिटर, क्लिनर ३८ लिटर, र बि.एस. हार्डवेयरबाट डाँफे इनामेल ३० लिटर म्याद नाघेको अवस्थामा बरामद भएको छ ।
त्यस्तै सोही अनुगमनका क्रममा मन्थलीमै रहेको रेजिना भाँडा पसलबाट पनि एउटा पाथी बरामद गरिएको छ । कम परिणाम भएको सो सिल्भर पाथी पनि अनुगमनको क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसरी पटकपटकको अनुगमनको क्रममा देखिएका व्यापारीहरूका कालाकर्तुतले उपभोक्ता वर्गमा बजारका सम्पूर्ण व्यापारीप्रति नै नकारात्मक धारणा बन्न थालेको छ । व्यापारीहरूका लागि वाणिज्य शास्त्रले तोकेको अधिकतम नाफा अधिकार र सही मूल्य तिरेपछि सही सामान पाउनु पर्छ भन्ने उपभोक्ताको अधिकार माथि कुठाराघात गर्दै अकुत नाफा आर्जन गर्न पल्केका व्यापारीहरूका कारण आज यो दिन आएको मन्थलीका केही उपभोक्ताहरूको धारणा रहेको छ ।
‘पटक पटक गरिने अनुगमनको नतिजा यस्तै आउने गरेको छ । यस्ता काला व्यापारीहरूलाई अब के कारवाही हुन्छ त ?’ भन्ने नेपालबहसको जिज्ञासामा बजार अनुगमन समितिका सदस्य, जिल्ला प्रशासन कार्यालयका सुब्बा लक्ष्मण भुजेल भन्छन्, ‘तपाईंले सोध्नुभएको प्रश्न राम्रो हो । तर हामीले के बुझ्नुपर्छ भने विगतका दिनमा भएका बजार अनुगमनको क्रममा गलत गर्ने व्यापारी र यो अनुगमनको क्रममा गलत गर्ने व्यापारी फरक हुन् । व्यापारको प्रकृति भलै एउटै होला, तर गलत गर्ने व्यापारी फरक भएपछि त्यो उनीहरूको लागि पहिलो हो । पहिलो गल्ती गर्नेलाई सुरूमा हुने भनेको अब आइन्दा यस्तो नगर्न भन्दै कडा चेतावनी दिने हो । अर्कोपटक पनि यस्तै गल्ती दोहोरिएको भेटिएमा उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारवाही हुन्छ । तर जहाँसम्म लाग्छ, अर्को पटकको अनुगमनमा उही व्यापारीले गल्ती गर्ने हिम्मत नगर्लान् ।’
‘धेरै कमाउने लोभका कारण यस्तो भएको हो कि ?’ साँच्चै खत्रीको यो भनाईले व्यापारीहरूलाई बढी कमाउने लालसाले यस्तो गराएको प्रतित हुन्छ । जति पैसा कमाएपनि मर्नु त परिहाल्छ । मर्दा चिता नै पैसाको बनाउने हो र ? खत्रीले प्रष्ट्याए ।
केही समय पहिला मन्थली बजारमै रहेका कस्मिेटिक पसलहरूमा अनुगमन गर्दा पनि म्याद गुज्रेका सामाग्रीहरू बरामद गरिएका थिए । उनीहरूलाई पनि अब आइन्दा यस्तो गल्ती नगर्न चेतावनी दिएर ती सामाग्रीहरू नियन्त्रणमा लिइएको पनि भुजेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको बजार अनुगमनले ल्याएको परिणाम पछि मन्थलीमा भेटिएका एक उपभोक्ता क्षेत्रबहादुर खत्रीसँग नेपालबहसले ‘उपभोक्तामाथि यस्तो खेलवाड किन भइरहेको होला ?’ भन्ने जिज्ञासा राख्दा उनी भन्छन्, ‘धेरै कमाउने लोभका कारण यस्तो भएको हो कि ?’ साँच्चै खत्रीको यो भनाईले व्यापारीहरूलाई बढी कमाउने लालसाले यस्तो गराएको प्रतित हुन्छ । जति पैसा कमाएपनि मर्नु त परिहाल्छ । मर्दा चिता नै पैसाको बनाउने हो र ? खत्रीले प्रष्ट्याए ।
‘व्यापारीहरू किन यसरी म्याद नाघेका सामाग्रीहरू पनि बेचबिखन गरिरहन्छन् ?’ भन्ने सवालमा लक्ष्मण भुजेल भन्छन्, ‘व्यापारीहरू धेरैलाई आफ्नो सामान म्याद नाघेको छ कि छैन भनेर हेर्ने फुर्सद नभएर पनि यस्तो भएको हुनसक्छ । किनभने धेरै व्यापारीहरूलाई आफ्नो सामान कहिले खरिद गरेको हो ? र यो सामानको मिति कहिले सम्म छ ? भन्ने सम्मको पनि ख्याल नहुँदो रहेछ । त्यसो हुनु भनेको उनीहरूको समय व्यस्तता हो कि भन्ने मेरो व्यक्तिगत धारणा हो ।
अनि अर्को कुरा, सबै उपभोक्ताहरू सचेत छैनन् । सोझा सिधा उपभोक्ता आएपछि म्यादै नाघेको भएपनि साविक मूल्यमा नै बेचेपछि नाफा बढी हुने र यसैपनि म्याद नाघेको सामग्री फाल्नु नै त पर्ने हो भन्ने कालो मनासिकता बोकेर पनि केही व्यापारीहरूले जानाजान यस्तो कर्म गरिरहेका छन् । यो समास्याबाट मुक्ति पाउन उपभोक्ता नै सचेत हुनुपर्ने हुन्छ । हामीले एकदिन बजार अनुगमन गरेर र गलत गर्ने व्यापारीलाई कारवाही गरेकै भरमा पूर्णरूपमा यो समस्या निदान हुन्छ भन्ने मलाई लाग्दैन ।’
भुजेलको यो भनाइले फेरि औंला उपभोक्तातर्फ नै सोझिएको छ । उपभोक्ताहरू आफ्नो खल्तीको रूपैयाँ तिरेर सामान खरिद गर्दा म्याद नाघेको सामान छ कि भनेर नियाल्नु पर्ने अवाश्यकता यो र यस्ता घटनाहरूले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार