चाडपर्वका बेला सुदूरपश्चिममा खाद्यान्न सङ्कट नहुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ८, २०७६ बुधबार १४:०:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/khadya-e1569378606517_SV1nGD3YKn.jpg)
८ असोज, भीमदत्तनगर । नजिकिँदै गरेको चाडपर्वका बेला सुदूरपश्चिमको पहाडी जिल्लामा यस वर्ष खाद्यान्नको समस्या नहुने देखिएको छ ।
केही दिनयता बैतडीको पुलाउ डिपोमा चामलको अभाव देखिए पनि त्यहाँ दुई चरणमा गरेर ११० क्विन्टल चामल पठाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले जनाएको छ ।
“यहाँ धेरै ठाउँमा खाद्यान्न पठाउने प्रक्रिया चलिरहेको छ”, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुख अनिलकुमार श्रेष्ठले भने, “खाद्यान्न ढुवानीका लागि बोलपत्र आह्वान प्रक्रिया अन्तिमतिर पुगेको छ ।”
उनले सुदूरपश्चिममा बढी खाद्यान्न समस्या हुने बाजुरा जिल्लामा शाखा र डिपोहरूमा गरी करीब पाँच हजार क्विन्टल चामल मौज्दात रहेको बताए ।
सरकारी ढुवानी अनुदानमा यहाँका पहाडी जिल्लामा विगत लामो समयदेखि खाद्यान्न ढुवानी हुँदै आएको छ । बाजुराको शाखा कार्यालयमा दुई हजार ४५२ क्विन्टल चामल र कोल्टी डिपोमा दुई हजार ५७४ क्विन्टल चामल उपलब्ध रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
“अहिले खाद्यान्न समस्या बाजुराको विकट ग्रामीण भेगमा हो”, उनले भने, “अहिले धेरै ठाउँमा यातायातको सहज पहुँच भएकाले हामीबाट चामल खरिद गर्नेको सङ्ख्यामा कमी हुँदै आएको छ ।”
त्यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढी कार्यालयमा तीन हजार ३०० क्विन्टल खाद्यान्न मौज्दात रहेको छ । पहाडी जिल्ला अछाममा भने अछाममा ३६७ क्वीन्टल खाद्यान्न मौज्दान रहेको लिमिटेडले जनाएको छ ।
“बझाङमा त लिमिटेडको खाद्यान्न खरिद दर नै घटिसकेको छ”, उनले भने, “सडक र यातायात नपुगेको ठाउँमा मात्रै ढुवानी अनुदानको खाद्यान्न बढी बिक्री हुँदैछ ।” त्यसैगरी नजिकिँदै गरेको विजया दशमीदेखि छठ पर्वसम्मका लागि धनगढी र डडेल्धुरामा सुपथ मूल्य पसल सञ्चालन गरिएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
“चाडपर्वका बेला दुई जिल्लाका लागि पाँच÷पाँच सय क्विन्टल जिरा मसिनो र सोना चामल आएको छ”, उनले भने, “अन्यत्रभन्दा सुपथ मूल्य पसलमा चामल प्रतिकिलो रु पाँचले सस्तो हुन्छ ।”
चालू आर्थिक वर्षमा खाद्यान्न खरिदका लागि लिमिडेटका लागि बजेट छुट्याइएको भए पनि आइनपुगेको श्रेष्ठले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न पैठारी गर्दै आएको लिमिटेडले गत वर्ष ३७ हजार ८५ क्विन्टल खाद्यान्न खपत भएको जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भीमदत्तनगर शाखाले गत वर्ष मूल्य निर्धारण ढिलो गरी हुँदा थोरै मात्रै धान खरिद गर्न पाइएको जनाएको छ ।
भीमदत्तनगर शाखाका प्रमुख जयराज जोशीले ढिलो गरी मूल्य निर्धारण हुँदा गत वर्ष ५०९ क्विन्टल मात्रै धान खरिद गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
युरोकप नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड भिड्दै
असार १५, २०८१ शनिबार
बागलुङमा श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार