तनहुँ, गोरखा र लमजुङमा मल आपूर्तिमा सहज
नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार १:३३:७
८ असोज, तनहुँ । तनहुँ, गोरखा र लमजुङमा अहिले मल आपूर्तिमा सहज भएको छ । यी तीन जिल्लामा मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखामा युरिया मल पर्याप्त मात्रामा आएपछि मल आपूर्तिमा सहज भएको हो ।
गत साउन महीनादेखि मलको लागि लामो समय प्रतिक्षामा बसेका किसानले पछिल्लो समयमा पर्याप्त मात्रामा मल लैजान पाएपछि हर्षित भएका छन् । “अब किसानलाई मलको अभाव हँुदैन”, कम्पनीका शाखा प्रबन्धक बलबहादुर पन्थले भने, “कार्यालयमा १९० टन मल भित्रिएकाले किसानले माग गरे अनुरुप लैजान सक्नेछन् ।”
कार्यालयले तीन जिल्लाका ११५ सहकारीमार्फत मल वितरण कार्य थालेको उनले बताए । उनका अनुसार कार्यालयले निर्धारण गरेका सबै सहकारीलाई समानुपातिक ढङ्गबाट मल वितरण गरेपछि सहकारीबाट किसानले मल पाउने छन् ।
समयमा मल नआउँदा किसानले चर्को सास्ती भोग्नुपरेको थियो । ब्यास नगरपालिका—३ स्थित नवीन उपभोक्ता सहकारी संस्थाका सञ्चालक अतिन्द्र केशरी न्यौपानेले मलको आपूर्तिमा सहज भएपछि मलको अभाव नभएको बताए । “किसानले चाहेअनुरुपको परिणाममा मल लैजान पाएका छन्”, उनले भने, “केही दिनअघि मलको अभाव हुँदा वितरणमासमेत समस्या भएको थियो ।”
धानबालीमा युरिया मल हाल्ने समयमा साउनदेखि मल बेच्न नपाएका कारण बिहानैदेखि पसलमा मानिसको भीड लाग्ने गरे पनि मल सहजरुपमा पाउन थालेपछि भीड हट्दै गएको उनले बताए ।
केही दिन युरिया मलको अभाव देखिए पनि पोटास र डिएपी मल भने कम्पनीमा मौज्दात रहेको शाखा प्रबन्धक पन्थले बताए । युरिया मलले धान र कोदोबाली पसाउने, बालीनाली सप्रने, गाँज ठूलो बनाउने, उत्पादनमा राम्रो हुने भएकाले किसानको रासायनिक मलप्रति आर्कषण बढ्दै गएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यालय तनहुँका प्रमुख कुलप्रसाद अधिकारीले अर्थ मन्त्रालयले प्रशस्त बजेट छुट्टाउन नसक्दा रासायनिक मलको समस्या वर्षेनी उस्तै रहने गरेको बताए । “नेपालमा सबै किसानको माग पूरा गर्नका लागि आठ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ”, उनले भने, “सरकारले साढे तीन लाख मेट्रिक टनको लागि अनुदान दिने हुँदा समस्या समाधान गर्न गाह्रो भएको हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
चिमखोलामा स्वास्थ्य: पूर्वाधार थपियो, सेवा थपिएन
मंसिर २६, २०८१ बुधबार
अटो दुर्घटनामा बालिकाको मृत्यु, चारजना घाइते
मंसिर २६, २०८१ बुधबार