मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्दै
नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार १:५२:२६
८ असोज, विदुर । नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमण बढेको हो ।
नुवाकोटको त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले जनाएको छ । केही सातायता पहिलेको तुलनामा अहिले बिरामी सङ्ख्यामा वृद्धि भएको त्रिशूली अस्पतालले जनाएको छ ।
अस्पतालको बहिरङ सेवामा दैनिक आउने दुई सयभन्दा बढी बिरामीमध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका भएको चिकित्सकहरूले बताए । भाइरलबाट सबैभन्दा बढी बालबालिका र वृद्ध प्रभावित छन् ।
अस्पतालमा बिरामी ५० जनासम्म दैनिकरुपमा आउने गरे पनि अहिले दुई सयसम्म पुग्न थालेको जिल्ला अस्पतालका त्रिशूलीका डा जयराम पाण्डेले बताए । त्रिशूली अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरो र टाइफाइडको सङ्क्रमण देखापरेको डा पाण्डेले बताए ।
“अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ”, उनले भने, “हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ ।”
घर वरिपरी सफा राख्ने, पानी जम्ने खाल्टा पुर्ने र सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार