नेकपाको साम्यवादी यात्रा : मुंगेरीलाल की हसिन सपने
इन्द्र रिजाल
असोज ८, २०७६ बिहिबार २:३:४०
समाचार टिप्पणी
८ असोज,काठमाडौं । नेपालले अबलम्बन गरेको राजनीतिक प्रणाली कुन हो ? यदि यस्तो प्रश्न गरियो भने स्वभाविक रुपले आउने जवाफ हो – वेस्ट मिनिस्टेरियल अर्थात संसदीय सर्वाेच्चता प्रणाली । संसद अर्थात जनताद्वारा निर्वाचित प्रतिनिधिले छानेको प्रधानमन्त्रीय प्रणाली नै हाम्रो शासकीय पद्धति हो । त्यही विधि अनुरुप हाल मुलुकमा खड्गप्रसाद ओली नेतृत्वको दुई तिहाई समर्थन प्राप्त सरकार छ ।
तर ओली सत्तामा आएपछि भने मुलुकको शासकीय प्रणालीमा परिर्वतन आउने स्पष्ट सन्देश सम्प्रेषण हुन थालेको छ ।मुलुक नजानिँदो ढंगले साम्यवादी शासन प्रणालीतर्पm उन्मुख भएको आभास हुन थालेको छ । यसको पुष्टी हिजो मात्रै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका उच्च पदाधिकारीबीच सम्पन्न समझदारीले गरिदिएको हो ।
यो सहमतिले प्रष्ट हुन्छ – नेकपा अब घोषित रुपमै एक दलीय तानाशाही शासन प्रणालीको मार्गमा अग्रसर भइसकेको छ । साथै चीन पनि अब नेपाल मामलामा हिजो जस्तो तथस्ठ रहेन । भारतको नांगो हस्तक्षेपकै शैलीमा चीन पनि उत्रने तयारीमा रहेको सन्देश दिन तयार देखिएको छ ।
दुबै मुलुकका कम्युनिष्ट पार्टी आ–आफ्ना मुलुकमा सरकारकै अंग हुन् । दुई पार्टीबीच भएको सम्झौता वा सहमति भनेको प्रकारान्तरले सरकारी तहबाटै भएको बुझ्न कठिन छैन । त्यसैले दुबै मुलुकबीच भएको राजनीतिक समझदारीले ठूलो अर्थ राख्छ । चीनले अपनाएको राजनीतिक प्रणालीलाई नेकपाले हाक्का हाक्की आफ्नो पार्टीको अंगका रुपमा भित्र्याउन लागेको बुझ्न कुनै द्विविधा छैन ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले हिजो नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग समझादारीपत्रमा हस्ताक्षर गर्दा प्रधानमन्त्री ओली र प्रचण्ड साक्षी बसेका थिए । यतिले नै सवै कुरा छर्लङ्ग पारिदिएको छ । साथै नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण नै दिएका थिए । अब दुबै पार्टीबीच सैद्धान्तिक रुपमा सहकार्य गर्ने समझदारी भएको पनि दुबै पक्षले स्वीकार गरेका छन् ।
यो सहमतिले प्रष्ट हुन्छ – नेकपा अब घोषित रुपमै एक दलीय तानाशाही शासन प्रणालीको मार्गमा अग्रसर भइसकेको छ । साथै चीन पनि अब नेपाल मामलामा हिजो जस्तो तथस्ठ रहेन । भारतको नांगो हस्तक्षेपकै शैलीमा चीन पनि उत्रने तयारीमा रहेको सन्देश दिन तयार देखिएको छ ।
साथै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण नै विवादित हुनसक्छ । किनभने नेकपाले सीको भ्रमण नेकपाको निजी पहलमा भएको सन्देश दिन खोजेको आभास मिलेको छ । उसले सीको भ्रमणलाई पार्टीकोे पेवाका रुपमा मात्र केन्द्रित ग¥यो भने ठूलो विवाद निम्तिने निश्चित छ । नेकपाको कार्यशैली हेर्दा लाग्छ सी नेपालका साझा पाहुना भन्दा नेकपाका मात्र पाहुना हुन् ।
चीन जस्तो महाशक्ति राष्ट्रले दुई तिहाई समर्थन प्राप्त नेपाल कम्युनिष्ट पार्टी भित्र आफ्नो राजनीतिक लाइन घुसाउन किन उत्सुक भयो ? आपैंmमा आश्चर्य छ । चिनियाँ पार्टीका महासचिव सी जीनपिङको विचारधारा नै अंगिकार गर्ने आशयले प्रशिक्षण दिनु र समझदारी गर्नुले विश्वलाई नै नयाँ संन्देश दिन खोजेको छ । अब चीन आफ्नो मोडेलको शासन प्रणालीको जग बलियो बनाउन विश्वमा नै अग्रसर हुन लागेको सन्देश पनि यसले प्रवाहित गरेको छ । जसले पश्चिमा र अमेरिकीहरुलाई झस्काउने काम गरेको छ । नेपालमै पनि गैर कम्युनिष्टहरु यसबाट सशंकित भएका छन् ।
नेकपाको यो कदमले अरु गैर कम्युनिष्ट दललाई पनि विदेशीको विचारधारा अंगाल्न बाटो खोली दिएको छ । हिजो मधेश केन्द्रीत दलले चाल्ने कदम भारतबाट सञ्चालित भन्नेहरुले भोलिका दिन घोषित रुपमा मोदीपथ अंगाले भने के गर्ने ? नेकपा नै अहिले टे«ण्ड सेटर वा रोल मोडेल बन्नु पर्ने भूमिकामा छ । उसले गरेको काम वा अंगालेको शैली अरुका लागि मार्गदर्शक हुन सक्छ । यसले नेपाल भित्रका राजनीतिक दलहरुको मौलिक चरित्र र पहिचान नै धरापमा पर्ने निश्चित छ । साथै नयाँ खाले राजनीतिक ध्रुवीकरण जन्माउन समेत यो कदम प्रेरक बन्ने देखिन्छ ।
विगतमा नेकपा एमालेको पार्टी कार्यालयमा तत्कालिन अमेरिकी राजदूत जाँदा विदेशी कम्युनिष्ट नेताका तस्वीर हटाएको प्रसंग पनि निकै चर्चित भएको थियो । त्यसैले नेपाली कम्युनिष्टलाई ताक परे तिवारी नत्र गोतामेका रुपमा चित्रण गर्न सकिन्छ । हिजोका दिनमा कांग्रेसलाई कमजोर बनाउन दरबारसँग साँठगाँठ गरेको धेरैलाई थाहा भएकै विषय हो ।
चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणकै मुखमा नेकपाले यस्तो प्रशिक्षण र समझदारी गर्दा मुलुक नयाँ खाले द्वन्द्वमा फस्ने वातावरण समेत तयार हुने खतरा बढाएको छ । साथै चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण नै विवादित हुनसक्छ । किनभने नेकपाले सीको भ्रमण नेकपाको निजी पहलमा भएको सन्देश दिन खोजेको आभास मिलेको छ । उसले सीको भ्रमणलाई पार्टीकोे पेवाका रुपमा मात्र केन्द्रित ग¥यो भने ठूलो विवाद निम्तिने निश्चित छ । नेकपाको कार्यशैली हेर्दा लाग्छ सी नेपालका साझा पाहुना भन्दा नेकपाका मात्र पाहुना हुन् ।
नेपाली कम्युनिष्टहरुले आफूलाई सधैं अन्तर्राष्ट्रियताको साँघुरो दायरामा खुम्च्याएका छन् । उनीहरु माक्र्स, एन्गल्स, लेनिन, माओ जस्ता विदेशी नेताको नाम र विचारमा आफूलाई सञ्चालन गर्न मन पराउँछन् । त्यसैको नयाँ कडीका रुपमा सी विचारधाराको अबलम्बन गर्न खोजिएको देखिन्छ । तर उनीहरु सधैं द्वैध चरित्रबाटै आफूलाई परिचित गराउने झुण्डका रुपमा समेत नेपाली माझ नांगिने गरेका छन् । विगतमा नेकपा एमालेको पार्टी कार्यालयमा तत्कालिन अमेरिकी राजदूत जाँदा विदेशी कम्युनिष्ट नेताका तस्वीर हटाएको प्रसंग पनि निकै चर्चित भएको थियो । त्यसैले नेपाली कम्युनिष्टलाई ताक परे तिवारी नत्र गोतामेका रुपमा चित्रण गर्न सकिन्छ । हिजोका दिनमा कांग्रेसलाई कमजोर बनाउन दरबारसँग साँठगाँठ गरेको धेरैलाई थाहा भएकै विषय हो ।
अहिले नेपाली जनताले यति धेरै विश्वास गरेका छन् की संसद्मा कम्युनिष्टको मात्रै झण्डै दुई तिहाईको प्रचण्ड मत छ । पार्टीको बलियो अवस्था आंकलन गरेर नै ओली – प्रचण्डको चाहना साम्यवादतर्फको यात्रा तय गर्नु रहेको देखिन्छ । तर यतिवेला विश्व ब्रम्हाण्ड नै लोकतान्त्रिक शासन प्रणालीको पक्षमा छ । चीन आफैं विस्तारै लोकतान्त्रिकरणको बाटोमा हिंड्न बाध्य हुँदै गरेको अवस्था छ । त्यसैले ओली – प्रचण्ड गठबन्धनले नेपालमा साम्यवादको सपना देख्नु भनेको मुंगेरीलाल की हसिन सपने मात्र हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार