नेप्से परिसूचक आज पनि पुनःओरालो
नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार २:०:४१
८ असोज, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि पुनःओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुगेको छ ।
यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.७१ अङ्कले घटेर २४७.७० मा पुगेको थामिएको छ । परिसूचक घटेसँगै कारोवार रकममा पनि भारी गिरावट आएको छ । आज कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भयो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई समूहको मात्र शेयर उकालो लागेको छ । दश उपसमूहको शेयर भने ओरालो लागेको छ । लघुवित्त ०.८ र अन्य उपसमूहको शेयर ३.१९ अङ्कले बढेको छ ।
यसैगरी बैंकिङ ४.८३, व्यापार २.३७, होटल २.२९, विकास बैंक ३.२९, जलविद्युत् १.४५, वित्त ३.४८, निर्जीवन बीमा २२.४४, उत्पादन ३.२७, जीवन बीमा ३.०८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले घटेको छ ।
आज कुनै पनि कम्पनीको शेयर एक करोडमाथि कारोवार हुन सकेनन् । कारोवार रकमका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु ८६ लाख ५६ हजार २२९ मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो ।
यस्तै नेपाल बैंकको रु ८३ लाख २४ हजार ५११, प्रभु बैंकको रु ६८ लाख १८ हजार १९१, नेपाल लाइफ इन्स्योरेन्सको रु ५९ लाख ६३ हजार ७४० र एनआइसी एशिया बैंकको शेयर रु ५८ लाख चार हजार २०९ मा खरीद बिक्री भयो ।
परिसूचक घटे पनि खानीखोला हाइड्रोपावरका शेयरधनीले ९.४३ प्रतिशतले कमाए । यस्तै कर्णाली डेभलपमेन्ट बैंक ३.०३, माउन्टेन हाइड्रो नेपाल २.५६, देव विकास बैंक २.३८, अरुण कावेली पावर २.३१ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दुई प्रतिशतले कमाए ।
यसैगरी तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.९६ प्रतिशतले गुमाउँदा प्रोग्रेसिभ फाइनान्स ५.७६, गुराँस लघुवित्त वित्तीय संस्था ४.०४, सिर्जना फाइनान्स ३.०३, हिमालयन जनरल इन्स्योरेन्स २.९३ र सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले २.८९ प्रशितले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
आजको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ घट्यो
भदौ १४, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार
पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा
कात्तिक २, २०८१ शुक्रबार
रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो
कात्तिक २, २०८१ शुक्रबार
लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कास्की प्रहरीले पठाएको पत्र
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालित, पक्राउपछि आजै पोखरा लगिने
कात्तिक २, २०८१ शुक्रबार