सुयल हाउजिङको नाममा चन्द्रागिरीमा ९२ रोपनी सरकारी जग्गा कब्जा !
नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार ३:४:११
८ असोज, काठमाडौं । सुयल हाउजिङ कम्पनी प्रालिको नाममा काठमाडौं, चन्द्रागिरि नगरपालिकामा ९२ रोपनी सरकारी जग्गा कब्जा भएको पुष्टि भएको छ । चन्द्रागिरि नगरपालिका–२ मा रहेको सार्वजनिक वनको जग्गा कीर्ते गरी हाउजिङ र व्यक्तिका नाममा दर्ता गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।
कानून व्यवसायी र मालपोत कार्यालयका अधिकृतकै मिलेमतोमा जग्गा कीर्ते गरेको पाइएको सिआइबी स्रोतले जनाएको छ । त्यहाँको ९२ रोपनी सरकारी जग्गा कीर्ते सम्बन्धमा सिआइबीले गरेको अनुसन्धानमा सो रहस्य खुलेको हो । सिआइबीले उक्त अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रादेशानुसार अनुसन्धान गरेको सिआइबीले उक्त जग्गा सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरी व्यक्तिलाईसमेत बिक्री गरेको पाइएको छ । उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दासमेत चलाएको छ ।
मालपोत कार्यालय कलङ्कीका तत्कालीन अधिकृत शिवप्रसाद रिमाल, कानून व्यवसायी रामबहादुर शाहसमेत छ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट कीर्ते लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दामा म्याद थप गरी सिआइबीले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा कित्ता नं १०१ को उक्त ९२ रोपनी जग्गा अभियुक्त रामबहादुर शाहको योजनामा मिनाकुमारी थापाको नाममा नक्कली जग्गा धनी प्रमाण पूर्जा बनाई रामकुमार सुयल थापा सञ्चालक भएको सुयल हाउजिङ कम्पनीको नाममा बिक्रीको करार गरी कागजात तयार पारेको अनुसन्धानमा खुलेको छ ।
प्रतिवादी रामकुमार सुयल थापाले करारबमोजिम पास नगरेको भनी ललितपुर जिल्ला अदालतमा मिनाकुमारी थापाविरुद्ध फिरादपत्र दर्ता गरी उक्त जग्गा सुयल हाउजिङलाई दर्ता गराए हुन्छ भनी एक अर्काबीचमा मिलापत्र गरे हुन्छ भनी कागज बनाएर सुनियोजितरुपमा हाउजिङको नाममा स्रेस्ता कायम गराएका प्रहरीले जनाएको छ ।
उक्त जग्गा कित्ताकाट गरी दुई रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ । प्रतिवादी रामबहादुर शाहको ७५ प्रतिशत शेयर भएको सम्झौता भएको कागजात फेला परेको र उक्त जग्गाको हाल रु पाँच करोड ८९ लाख ६० हजार बिगो कायम भएको सिआइबीले जनाएको छ ।
कीर्ते मुद्दामा शाह र रिमालसहित धादिङ मूलपानी घर भई काठमाडौं बस्ने मिनाकुमारी थापा, धादिङको गङ्गाजमुना गाउँपालिका घर भई तारकेश्वर नगरपालिका बस्ने रामकुमार सुयाल थापा, गोरखा घर भई काठाडौंको कुलेश्वर बस्ने कानून व्यवसायी बाबुराम शर्मा रेग्मी र ओखलढुङ्गा घर भई काठमाडौं बूढानीलकण्ठ बस्ने कानून व्यवसायी योगेन्द्र पोखरेललाई पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
पुष १२, २०८१ शुक्रबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार