स्पेनका समाजसेवी गुरुङद्वारा एनआरएनए युरोप उपसंयोजक उमेदवारी घोषणा
नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार ३:३३:३७
८ असोज,स्पेन । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ युरोप क्षेत्रीय उप–संयोजक पदमा स्पेनका समाजसेवी तथा सामाजिक अभियान्ता मुक्तबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । आफ्नो जन्मदिन पारेर उम्मेदवारी घोषणा गरेका गुरुङले एनआरएनए स्पेनको नेतृत्व सफलतापुर्वक सम्हालिसकेका छन् । नेपालबहससँग कुरा गर्दै गुरुङले संघको नवौ अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप क्षेत्रको लागि उप–संयोजक पदमा स्पेनबासीको माग र चाहना अनुसार उम्मेदवारी दिएको बताए ।
गुरुङले २०१७-२०१९ कार्यकालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य भई एनआरएनएको हरेक गतिविधिमा सहभागी हुँदै आएका छन् । उनी डेढ दशक भन्दा लामो समयदेखि विभिन्न सामाजिक संघसंस्था हुदै एकदशक देखि एनआरएन अभियानमा निरन्तर रूपमा प्रत्यक्ष संलग्न हुदै आएको स्पेनबासी नेपालीहरू बताउँछन् ।
स्पेनबासी नेपाली समुदायहरूको सार्वजनिक रूपमा भेला छलफल बैठक बस्ने स्थान नभएको अवस्थामा एनआरएनए स्पेन अध्यक्ष पदमा गुरुङको आगमनसंगै एनआरएनए स्पेनले आफ्नो कार्यकाल स्थापना गर्न अहोरात्र मेहनत पश्चात सफल भएको बार्सिलोनामा लामो समयदेखि बस्दै आएका लोकप्रिय समाजसेवी युवराज खनाल बताउँछन् । अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य भईसकेका गुरुङले युरोप क्षेत्रका लागि आफ्नो उमेदवारी स्वभाविक समेत रहेको एनआरएनए अभियान्ताहरू बताउँछन् । युरोपभर रहेका एनआरएनए संस्थाहरू भन्दा अग्रस्थानमा एनआरएनए स्पेन अति सक्रिय एनसीसी समेत रहेको चर्चा समेत बेलाबेलामा चल्ने गरेको छ ।
आइसीसी सदस्य समेत रहेका मुक्त गुरुङले झोलामा रहेको एनआरएनए स्पेनलाई सबैलाई भेटघाट तथा चाडपर्व मनाउन सजिलो होस् , भैइपरी आउने समस्यालाई निराकरण गर्ने उद्देश्यका साथ छिटो छरितो भेटघाट होस् भन्ने उद्देश्यका साथ बार्सिलोनामा स्थापना भएको कार्यालय बिगत ४ बर्षदेखि निरन्तर रूपमा संचालनमा आएको छ।
सन् २००७ देखि नै एनआरएनए अभियानमा सक्रिय उनी २००९ मा सम्पन्न एनआरएनए स्पेनको पहिलो अधिबेशनबाट नै निर्विरोध उपाध्यक्ष पदमा रही काम गरेका थिए । सन् २०११-२०१३ को कार्यकालमा संघको सल्लाहकारको भूमिका निर्वाह गरिसकेका गुरुङलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को बिभिन्न कार्यदलमा रही सफलतापुर्वक काम गरेको राम्रो अनुभव समेत रहेको छ ।
विभिन्न सामाजिक संघ संस्थामा रहँदा स्पेनमा दुतावास स्थापनार्थ सरकारलाई झक्झक्याउने कामदेखि भारतले नाकाबन्दी गर्दा समेत स्पेनस्थित भारतिय दुताबासमा धर्ना दिने नेतृत्व समेत गरेको एउटा राष्ट्रप्रेमी सामाजिक अभियान्ता गुरुङ रहेको स्पेनबासी नेपालीहरू कफी गफमा बताउने गर्छन् । सन् २०१५-२०१७ एनआरएनए स्पेनको नेतृत्व सफलतापुर्वक समालेका थिए भने सन् २०१७-२०१९ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य समेत छन ।
आइसीसी सदस्य समेत रहेका मुक्त गुरुङले झोलामा रहेको एनआरएनए स्पेनलाई सबैलाई भेटघाट तथा चाडपर्व मनाउन सजिलो होस् , भैइपरी आउने समस्यालाई निराकरण गर्ने उद्देश्यका साथ छिटो छरितो भेटघाट होस् भन्ने उद्देश्यका साथ बार्सिलोनामा स्थापना भएको कार्यालय बिगत ४ बर्षदेखि निरन्तर रूपमा संचालनमा आएको छ।
नेपाली दुतावास स्पेनमा स्थापनार्थ गुरुङले एनआरएन लगायत विभिन्न राजनीतिक दलका भातृ संगठनहरूलाई साथमा लिएर पटक पटक नेपाल सरकारको ध्यानाकर्षण समेत गराएकै अवस्थामा गुरुङले नेतृत्व सम्हालेकै समयमा नेपाल सरकारले स्पेनमा नेपाली दूताबास स्थापना गरेपछि गुरुङ खुशीले गदगद भएका थिए । स्पेनमा नेपालीहरूको दिनानुदिन समस्या बढ्दै गएपछि स्पेनबासी नेपालीहरूले हारगुहार गर्दै दुतावास स्थापना गराउनमा गुरुङको ठूलो योगदान समेत रहेको खनाल बताउँछन् ।
स्पेन पर्यटनको बढी सम्भावना भएकोले नेपाली दुतावाससँगको सहकार्यमा नेपालमा पर्यटन भित्र्याउन सरकारको योजनासँगै सबैलाई जोडेर अघि बढ्नुपर्ने अवस्थाले आफ्नो उम्मेदवारी रहेको दावी समेत गुरुङले गरेका छन् । सामाजिक अभियान्ता गुरुङ भन्छन् नेपाल सरकारले देशमा आर्थिक विकाससँगै समृद्ध नेपाल सुखी नेपाली नारासहित भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न र नेपालका लागि हातेमालो गर्न युरोप क्षेत्रको नेतृत्वमा रही काम गर्ने मेरो साथीभाईहरूको आग्रहलाई स्वीकार्दै उमेदबारी दिएको उनले नेपालबहसलाई बताए ।
एनआरएन स्पेनको नवनिर्वाचित नयाँ कार्यसमितिलाई एनआरएनए स्पेनको कार्यालयमा मंगलबार नेतृत्व हस्तान्तरणको क्रममा बोल्दै गुरुङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा समेत गरेका छन् । अन्तमा गुरुङले थपे- “संयोगले आज मेरो जन्मदिन अनि नवनिर्वाचित अध्यक्ष लगायत नयाँ कार्यसमितिका साथीहरुलाई मेरो जीवनको नयाँ अध्यायमा एउटा सङ्कल्प गर्दै भन्न चाहन्छु प्रवासमा बसेर पनि हामी हाम्रो क्षेत्रबाट समृद्ध नेपाल बनाउन सकारात्मक र रचनात्मक भुमिका सहित सहयोग गर्न हात्तेमालो विना अर्को विकल्प नभएको” बताए ।
स्पेनबासी लगायत प्रवासी नेपालीहरूको समर्थन र सहयोगको खाँचो रहेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार