पर्यटकहरुको सुरक्षामा कुनै पनि किसिमको कमी नहोस् : आईजीपी खनाल

नेपालबहस संवाददाता
असोज ८, २०७६ बिहिबार ३:४१:२८

८ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले भिजिट नेपाल वर्ष २०२० लाई लक्षित गर्दै नेपाल भ्रमणमा आएका पर्यटकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटी र कमजोरी प्रस्तुत नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले यस कार्यमा पर्यटक प्रहरी कर्मचारीहरु थप क्रियाशील र चनाखो हुनुपर्ने बताएका छन् ।
पर्यटक प्रहरी इकाई भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकोले पर्यटक प्रहरीको व्यवहार, बोली, वचन, पोशाक लगायत नमूनायोग्य हुनुपर्ने बताए ।
पर्यटक प्रहरीले पर्यटनसँग सम्बन्धित निकायहरु पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘पर्यटक प्रहरीले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो बन्छ ।’
समुदाय–प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग पनि समन्वय गरेर पर्यटक प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी आ(आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
सो अवसरमा पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले उक्त इकाईले संचालन गर्दै आएका कार्यहरु र कार्ययोजना लगायतका विषयमा जानकारी दिए।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार