के तपाई बायाँ हातले लेख्नु हुन्छ ? यस्तो छ रहस्य [थाहा पाउनुस]
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार १५:५७:५७
९ असोज एजेन्सी । के तपाई बायाँ हातले लेख्नु हुन्छ ? वैज्ञानिकहरूले कुनै मानिस बायाँ हाते हुनुमा डीएनएमा हुने आनुवंशिक संरचनाको भूमिका भएको प्रमाण पहिलो चोटि फेला पारेका छन्।
मस्तिष्कको संरचना एवम् त्यसको काम गर्ने प्रणाली त्यसमा पनि विशेषतस् भाषिक सीपमा त्यो आनुवंशिक निर्देशक प्रणालीको प्रभावशाली संलग्नता देखिन्छ।
अक्सफर्ड विश्वविद्यालयक शोधकर्ताहरूका अनुसार परिमाणस्वरूप बायाँ हाते मानिसमा वाक्कौशल हुन सक्ने बताएका छन्। तर मस्तिष्कको विकास र दायाँ वा बायाँ हाते हुनुबीचको सम्बन्धबारे विविध रहस्य यथावत् नै छन्।
यस्तो भन्छ, अनुसन्धान
दशजना मानिसमध्ये औसत एकजना बायाँ हाते हुन्छन्। जुम्ल्याहा मानिसमा गरिएका शोधहरूले आमाबुवाबाट आएको वंशाणु डीएनएले त्यसमा भूमिका निर्वाह गरेको देखाइसकेको छ। तर त्यसको खास कुरा बल्ल पत्ता लाग्दैछ।
शोधकर्ताहरूको टोलीले चार लाख मानिसको डीएनए संरचनाको पूर्ण विवरण भएको यूके बायोब्याङ्कमा अध्ययनक गरेको थियो।
त्यहाँ विविररण राखिएका चार लाख मानिसमध्ये ३८ हजार मात्र बायाँ हाते छन्। वैज्ञानिकहरूले मानिसलाई बायाँ हाते बनाउन भूमिका भएका डीएनएका खण्डहरू पत्ता अथक प्रयास गरे। ब्रेन जर्नलमा प्रकाशित अध्ययनले त्यस्ता चारवटा विशेष खण्ड फेला परेको देखाएको छ।
यसले कसरी काम गर्छ ?
शरीरका कोशिकाभित्र हुने साइटोस्केलेटन भनिने जटिल संरचनामा म्युटेशन अर्थात् डीएनएमा हुने आनुवंशिक परिवर्तन भएको पाइयो।
त्यस्तै खालका आनुवंशिक परिवर्तनहरूले गर्दा चिप्लेकीराभित्र हुने साइटोस्केलेटनमा पनि परिवर्तन आएर त्यसको खपटा देब्रेतिर घुमेको हुन्छ। यूके बायोब्याङ्क परियोजनामा सहभागीहरूको परीक्षण गर्दा साइटोस्केलेटनले मस्तिष्कको ह्वाइट म्याटर भनिने विशेष क्षेत्रको संरचनामा परिवर्तन गरिरहेको देखिएको छ।
प्राध्यापक डउडका अनुसनर मानिसमा हातको चालसँग जोडिएको साइटोस्केलेटनसम्बन्धी विविधता मस्तिष्कमा स्पष्ट रूपमा देखिने कुरा हामीले पहिलो पटक प्रमाणित गरेका छौँ। बायाँ हाते मानिसहरूमा मस्तिष्कका दायाँ र बायाँ दुवै भाग भाषिक ज्ञानको अङ्गसँग सम्बन्धित भएका र बढी समन्वयमा रहेका हुन्छन्।
शोधकर्ताहरूले बायाँ हाते मानिसहरूमा राम्रो वाक्कौशल हुने अनुमान गरेका छन् तर उनीहरूसँग त्यसलाई पुष्टि गर्ने तथ्याङ्क छैन। अध्ययनले बायाँ हाते मानिसमा मस्तिष्कका कोशिकासँग सम्बन्धित पार्किन्सन्स रोगको न्यून र स्किट्सफ्रेनिअको उच्च जोखिम रहने देखाएको छ।
अनुसन्धानले कस्तो प्रभाव पार्ला ?
बायाँ हाते भएका व्यक्तिले प्रायस् अनुचित व्यवहारको सामना गर्नुपर्छ। हातका शल्यचिकित्सक तथा शोधका लेखक प्राध्यापक डोमिनिक फर्निसले कैयौँ संस्कृतिमा बायाँ हाते व्यक्तिलाई अशुभ वा दुष्टको रूपमा पनि लिइन्छ। अनि त्यो मानिसको बोलीचालीमा पनि झल्किन्छ भनेर बताए ।
फ्रेन्च भाषामा ‘गौश’ को अर्थ बायाँ र अपरिष्कृत दुवै हुन्छ। अङ्ग्रेजीमा राइटको अर्थ दायाँ र ठिक दुवै हुन्छ। प्राध्यापक फर्निसको भनाइ छ, ‘अध्ययनले बायाँ हाते हुनु केवल मस्तिष्कको जैविक विकाससँग सम्बन्धित रहेको देखाएको छ, भाग्यसँग केही सम्बन्ध छैन।’
के कुरा यत्ति मात्रै हो त ?
हैन। अझ धेरै कुरा बाँकी छ। दायाँ वा बायाँ हाते हुनुमा २५ प्रतिशत आनुवंशिक र ७५ प्रतिशत वंशाणुगत गुणबाहेक अन्य बाह्य कारणको भूमिका भएको अध्ययनको ठम्याइ छ।
अहिलेसम्म अध्ययनले आनुवंशिक अवयवको जम्मा एक प्रतिशत र त्यो पनि केवल ब्रिटिश जनसङ्ख्यमा पत्ता लगाएको छ।त्यसैले विश्वभरिका मानिसहरूको आनुवंशिक गुणबारे बुझ्न अझै धेरै काम गर्न बाँकी नै छ। बिबिसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार
राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार
झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही
असार १२, २०८१ बुधबार